Home » » भारत मात्रै होइन पश्चिमाहरू पनि फिर्ता जाउ

भारत मात्रै होइन पश्चिमाहरू पनि फिर्ता जाउ

Written By खांट्टी कुरा on Friday, September 25, 2015 | September 25, 2015

-जनकमान डङ्गोल 
साम्राज्यवादी अमेरिकाको बल मिचाई सहन नसकेर जुलाई १९७५ मा क्यानाडा लिबरेसन आन्दोलनले Yankee go home को नारा घन्काएको थियो । यो नारा यति प्रसिद्ध भयो कि अहिले साम्राज्यबादी अमेरिकाले जुन जुन देसमा प्रभुत्व जमाउन खोज्छ त्यो देसका नागरिकहरुले Yankee go home को नारा जोडदारको साथ घन्काउने गरेका छन ।
तस्बिर साभार: गुगल सर्च

नेपालमा पंचायती सासन भएको समयमा नेपालको सबै कम्युनिस्ट पार्टीहरुले अमेरिकी साम्राज्यबाद देखि भारतीय बिस्तारबादको बिरुद्धमा जोडदारढंगले प्रहार गर्ने गर्दथे । सोहि नारालाई २०५१ सालमा कम्युनिस्ट पार्टीको १ घटक तत्कालिन संयुक्त जनमोर्चा तथा पछी एकीकरण भएर बनेको माओबादीले समेत जोडदाररुपमा रुपमा उठाएर १२ बर्ष सम्म नेपालमा मच्चाएको हत्याहिंसालाई आज सम्म पनि करोडौ नेपाली जनताहरुले बिर्सेका छैनन । आफुलाई क्रान्तिकारी पार्टीको रुपमा उभ्याएको माओबादी पार्टीले आफ्नो कुकृत्यलाई 'महान जनयुद्द' को नाम दिन भने अझै पनि छोडेका छैनन ।

२०४५ सालको आन्दोलनमा भाग लिने हालको कम्युनिस्ट पार्टी माले, एमाले, मजदुर किसान पार्टी, जनमोर्चा नेपाल लगायत विभिन्न कम्युनिस्ट पार्टीहरुले 'अमेरिकी साम्राज्यबादी देखि भारतीय बिस्तारबादी' को नाराबिर्सी सकेका छन किनभने कम्युनिस्ट पार्टीहरुको त्यो नारा तत्कालिन पंचायती ब्यबस्था फाल्न मात्र प्रयोग भएको रहेछ भनेर नेपालि जनताहरुले बुझिसकेका छन  भनेर बुझ्नु पर्ने हैन र ?

तर कम्युनिस्ट पार्टीकै एक घटक माओबादीहरुले प्रजातन्त्र देखि राजतन्त्रको बिरुद्धमा त्यहि प्रख्यात नारा 'अमेरिकी साम्राज्यबाद देखि भारतीय बिस्तारबाद मुर्दाबाद' घन्काउँदै पटक पटक सत्तामा पुगे तर सत्तामा पुगेपछी साम्राज्यवादी देखि बिस्तारबादीको नारा चाहेर पनि लगाउन सक्दैनन किनभने कम्युनिस्ट पार्टीहरुको त्यो नारा ब्यबस्था बदल्ने हतियार मात्र रैछ भनेर जनताले बुझ्नु पर्ने बेला भएको छ ।

छिमेकी देस भारतमा जुन समयमा अंग्रेजको सासन थियो त्यो समयमा अंग्रेजहरुले धेरै भारतीयहरु लाई सित्तै देखि नाम मात्रको ज्यालामा श्रम गराउन बिदेसमा लैजाने गर्दथे भन्ने पुख्ता प्रमाण हेर्न अफ्रिका देखि पुर्बी एसियाको मलेसिया, सिंगापुर, ईन्डोनेसिया देखि भारतको सामुद्रिक सिमानाले छोएको देस श्रीलंकामा गएर हेरे पुग्छ जाहाँ लाखौ लाख भारतीयहरुको बसोबासले पुस्टि हुन्छ ।

आज धेरै बर्ष अगाडी श्रीलंकामा भारतीय अल्पसंख्यक तामिल समुदायका नागरिकहरुले छुट्टै राज्यको माग गर्दै आन्दोलन गरे । उक्त आन्दोलन पछी गएर शसस्त्र युद्धमा परिणत भयो । उक्त शसस्त्र आन्दोलनमा लाखौ मानिसहरु मृत्यु घाइते दखि अन्य देशहरुमा सरणार्थी बन्न बाध्य भए ।

आफ्नै देसको अल्पसंख्यक नागरिकहरुको आवाजलाई दबाउन भारतको राजिब गान्धी सरकारले श्रीलंकामा कमाण्डो फौज पनि उतारेकी थियो तर श्रीलंकाको सिनेमामा अभिनेताको रुपमा काम गर्ने सिहांली समुदायका नागरिक महिन्द्रा राजापाक्षेले रास्ट्रपति पदको निर्वाचन जिते पश्चात कठोर बन्दै अल्पसंख्यक तामिलहरुको ससस्त्र युद्धलाई पूर्णबिराम लगाईदिए ।

जुनबेला श्रीलंकामा जातीय युद्ध मच्चिएको थियो त्यो युद्धमा नर्बे देखि पश्चिमा रास्ट्रहरुले अप्रत्यक्षरुपमा सहयोग गरेको थियो भन्ने कुरा बुझेरनै श्रीलंका सरकारले नर्बेजियन दूतलाई देस छोडन बाध्य पारेको घटना पनि ईतिहास भई सकेको छ ।

सदियौ देखि विभिन्न छलकपट गरेर पनि अन्य देसहरुलाई जस्तरी आफ्नो मुट्ठीमा पार्न नसकेको पश्चिमाहरुले हाम्रो देस नेपालमा पनि आँखा गाडेको लामो समय भै सकेको छ । प्रत्यक्षरुपमा नसके पछी छिमेकी भारतलाई अगाडी पारेर २०४५ सालको पंचायत फ्याक्ने आन्दोलन देखि २०५१ सालको गणतन्त्र स्थापितको लागी मच्चाएको हत्या र हिँसा पनि त्यसैको कडी थियो ।

हिजो पंचायती सासनलाई जरै देखि उखेलेर फ्याक्नको लागी २०४५ सालमा नेपालको कांग्रेस देखि कम्युनिस्ट पार्टीका नेताहरुले भारतलाई गुहार्दै नाकाबन्दी गर्न लगाएर नेपाली जनताहरुलाई दिएको दुख: कस्ट देखि हैरानी समेत आज सम्म भुलेका छैनन ।

सोझा र सिधा नेपाली जनताहरुलाई उचालेर २०४६ सालमा पंचायत देखि २०६४ सालमा प्रजातन्त्रको हत्या गर्न सफल भएका बिदेसी शक्तिहरुले हाल आएर नेपालमा मधेस आन्दोलन गराउदै छन ।

बाहिर हेर्दाखेरि प्रत्यक्षरुपमा छिमेकी भारत नेपालका मधेसीहरुले गरेको कथित मधेस आन्दोलनको अगुवा देखिएता पनि भित्रीरुपमा मधेस आन्दोलनमा पश्चिमाहरू परिचालित छन । पहाडमा बस्ने राई, लिम्बु, गुरुङ, मगर, तामांग देखि नेवार हुँदै मधेसमा बस्ने मधेसी थारुहरु समेतलाई जातीय राज्यको सपनामा लगानी गर्ने पश्चिमाहरू हुन । विभिन्न गैर सरकारी संगठनको नाममा अर्बौ अर्ब रकम लगानी गर्ने यी पश्चिमाहरुले हाल भारतलाई उचालेर मधेसमा असान्ती फैलाएको देखिन्छ । पहाडीया जनजातिहरुको पार्टी लिम्बुवान देखि खुम्बुवान संग मधेसी मोर्चाको एकीकरण हुनु त्यसको पुख्ता प्रमाण हो ।

छिमेकी देस भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी सबै किसिमको सामाजिक संजालमा भिजेका छन अहिलेको युग भनेको विज्ञानको युग हो यिनै कुराहरुलाई मध्यनजर राखेर बिगत केहि दिन देखि सामाजिक संजालमा स्वाभिमानी रास्ट्रबादी नेपालीहरुले #BackOffIndia चलाए ।

भर्खरै नेपालमा जारि भएको संबिधानलाई हाल सम्म भारतले खूल्ला हृदयले स्वागत गरेको छैन किनभने भारत नेपाललाई सकेसम्म सिक्किम नसके भुटान जस्तै बनाउन चाहन्छन । मधेस आन्दोलनको हाउगुजी देखाउंदै नयाँ संबिधानमा भारतबाट नेपाल पसेका अल्पसंख्यक मधेसीहरुलाई बढी भन्दा बढी अधिकार दिनु पर्छ भन्दैछन ।

नयाँ संबिधानमा आफुले भनेजस्तो सतप्रतिसत मागहरु राखिएको नदेखेको हुनाले शान्तिसुरक्षाको कारण देखाउंदै सिमामा नाकाबन्दी गर्ने समेतको धम्की दिएको भारतले सामाजिक संजालमा आफ्नो देसको खिल्ली उडेको देख्नासाथ हाल आएर केहि मत्थर भएको देखिदैछ ।

अहिलेको समयमा हाम्रा बाजे देखि बाबुको पालामा आफ्नो ज्यानको बाजी राखेर सडकमा 'yankee go home' देखि 'India go home' भनेर ब्यानर बोकेर हिड्नु पर्दैन । यो विज्ञानको युगमा सामाजिक संजालमा ह्यासट्याग #BackOffIndia देखि #yankee go home नै काफी हुने भएकोले छिमेकी देखि पश्चिमा शक्तिहरुले नेपालमा गिद्धेदृष्टि राख्नु त्यो जायज काम हैन ।

छिमेकी भारतसंग हामी नेपालीहरुको सदियौ देखिको पारम्परिक पारिवारिक देखि सांस्कृतिक सम्बन्ध समेत कायम रहेको छ तर पश्चिमाको बहकाउमा लागेर छिमेकी भारतले प्रायजसो सबै छिमेकीहरु संग दुस्मनी मोलेर बसेको देखिन्छ । यस्तै गरि नेपाल संग पनि दुस्मनी मोल्दै जानेहो भने छिमेकी भारतको उन्नति र भलो कहिले पनि हुन्न भन्नेकुरा भारतीय राजनेतादेखी राजनयिकहरु समेतले समयमै बुझ्नु जरुरि छ किनभने पश्चिमाहरू 'आए आँप गए झटारो' भन्ने सिद्धान्तमा चल्ने खालका हुन ।
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger