२०७२ साल आश्विन ३ गते नेपालमा नयाँ संबिधान लागु
भयो । यो संबिधान लागु हुनु भन्दा अगाडी र पछाडी गरि धेरै पटक नेपालको लागी भारतीय
राजदुत रणजित रायले आफ्नै देसमा पुगेर नेपालको बारेमा बिस्तृत व्यहोराको जानकारी
गराए ।
छिमेकी भारत नेपालमा बन्न लागेको संबिधानमा आफ्नो फाईदाको लागी अन्तिम अबस्था सम्म हस्तक्षेप गर्दै थियो र नयाँ बनेको संबिधानमा नागरिकताको सवालमा धेरै व्यहोरा आफ्नो पोल्टामा राख्न सफल पनि भएको थियो ।
अंगिकृत भन्नाले तेस्रो दर्जाको नागरिकहरु भनेर बुझिन्छ । तेश्रो दर्जाको नागरिकहरुलाई कतिपय देसमा जग्गाजमिन खरिद बिक्रि देखि निर्वाचनमा मतदान गर्ने अधिकार समेत प्राप्त छैन तर आफ्नो फाईदाको लागी छिमेकी भारत आफ्नो देसबाट नेपालमा गइ बसेका अल्पसंख्यक नागरिकहरुले बंशज नागरिकताधारी सरहको अधिकार पाउनुपर्छ भनेर भंदैछ्न ।
छिमेकी देस भारतको बिहार प्रान्तमा यो समय बिधान सभाको निर्वाचन भई रहेको छ । निर्वाचनको समयमा अवान्छित तत्वहरुले चलखेल गर्न नपाउन भनेर केहि समयको लागी सिमा नाका बन्द गर्ने चलन छ । यहि मौका पारेर 'एक पन्थ दोकाज' को नीति अपनाउदै हाल केहि दिन देखि नेपाललाई अप्ठ्यारोमा पार्न समेत भारत सरकार पछी परेको छैन ।
नेपालमा मदेसिहरुको हक हितको लागी भन्दै २०६४ सालमा 'एक मधेस एक प्रदेश' को नारा उचाल्न लगाउने भारत मात्र नभएर पश्चिमा देशहरू समेत संलग्न छन भन्ने कुरा समय समयमा देखिएको गतिबिधिबाट घाम जस्तै छर्लंग हुन्छ । यति मात्र नभएर जनजातीको हकहित भन्दै जात जातिको बिचमा बिष घोल्दै जाति पिछेको राज्य हुनु पर्दछ भनेर गुरुमन्त्र दिने भनेका पनि पस्चिमाहरुनै हुन ।
बिहारको यो पटकको निर्वाचनमा यतिखेर राजनीतिक पार्टीहरु दुई खेमामा बाडिएको छन । भारतीय जनता पार्टीको अगुवाईमा एउटा खेमा NDA छन भने कांग्रेस लगायत अन्य क्षेत्रीय पार्टीको गठबन्धमा आर्को खेमा UPA छन जसलाई माहागठबन्धनको रुप दिइएको छ ।
बिहार निर्वाचनको प्रचार प्रशारमा लागेको कांग्रेसी उपाध्यक्ष राहुल गान्धी केहि दिन अगाडी अकस्मात हराय । यो पटकको लोकसभा निर्वाचनमा नेपालको माओबादीहरु जस्तै गरि नराम्रो संग पछारिएको कांग्रेसीहरुको लागी बिहार बिधान सभा चुनाव 'गर या मर' को स्थिति जस्तै भएको छ । यस्तो बेलामा आफ्नै पार्टी उपाध्यक्ष अकस्मात हराउनु भनेको बिहार कांग्रेसीहरुको लागि ठुलो चिन्ताको बिषय हो तर पार्टी केन्द्रिय कार्यालयले उपाध्यक्ष राहुल गान्धी अमेरिकामा भई रहेको बैठकमा भाग लिन गएका छन भनेर पार्टीका कार्यकर्ताहरुलाई थुम्थुम्याउने प्रयास गर्दैछन तर के कस्तो बैठकमा भाग लिन गएका हुन त्यसको व्यहोरा भने दिइएको छैन !
छिमेकी भारत पनि छिन् जस्तै गरि संयुक्त रास्ट्र संघको स्थाही सदस्य हुन चाहन्छ । त्यसै सिलसिलामा अहिले यतिखेर भारतका प्रधान मन्त्रि नरेन्द्र मोदी अमेरिका भ्रमणमा छन । नरेन्द्र मोदी प्रधान मन्त्रिको नाताले अमेरिकाको भ्रमणमा गए तर राहुल गान्धीको अमेरिका भ्रमण खास के को उद्देस्यको लागी हो भन्ने कुरा अझै पनि खुलेको छैन तर विश्लेषण गरेर हेर्ने हो भने राहुल गान्धीको यो पटकको अमेरिका भ्रमण भारतलाई संयुक्त रास्ट्र संघको स्थाही सदस्यताकोलागी रोक्न पनि हुन सक्छ ।
भारतमा कांग्रेसको पकड दिनानुदिन खस्किदै गई रहेको छ । भारतीय जनता पार्टीको नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीको प्रभाव दिनानुदिन बढ्दै गएको विभिन्न सर्वेक्षणहरुले देखाएको छ । यस्तै गरि भारतीय जनता पार्टीको लोकप्रियताले सगरमाथा छोयोभाने भातीय कांग्रेस आई ईतिहासमा मात्र सिमित हुन बेर लाउदैन ।
राजनीति भनेको घटिया खेल हो । राजनीतिले देस र जनता केहि पनि भन्दैन अझ भारतीय कांग्रेस आई पार्टी भनेको पार्टीको स्थापनाकाल देखि नै धर्म निरपेक्षको पक्षमा खुलेर लाग्ने पार्टी हो । उदाहरणको लागी कुनै समयको बिशाल भारत हाल तिन टुक्रामा बिभाजन भएको घटनालाई पनि लिन सकिन्छ ।
धर्मको कुरा गर्ने हो भने भारतलाई हिन्दुस्थान भनेर पनि भनिन्छ जसको अर्थ हो बहुसंख्यक हिन्दुहरुको बसोबास गर्ने देस । साथै हिजो अंग्रेजहरुले आफुले भारत छोड्ने बेलामा पनि हिन्दुहरुको लागी भारत र मुसलमानहरुको लागी पाकिस्तान भन्दै देसलाई दुई भागमा विभाजन गरेर कहिले नटुंगिने समस्याको बिउ रोपेर गएका थिए । त्यहि बिउ आज हुर्किदै गएर समय समयमा युद्ध देखि जातीय लडाईको रुपमा मौलाउदै गएको देख्न पाईन्छ ।
यिनै कुराहरुलाई सुक्ष्मरुपमा बिष्लेषण गरेर हेर्ने हो भने भारतीय जनता पार्टीको अगुवाईमा बनेको सरकारले भारत यो पटक संयुक्त रास्ट्र संघको सदस्य भयो भने कांग्रेस पार्टीको बचेखुसेको साख पनि माटोमा बिलिन हुने भएकोले त्यसलाई रोक्न राहुल गान्धी अमेरिका गएको हुन भनेर बुझ्न सकिन्छ ।
भारतका केहि पार्टीका सक्तिसाली नेताहरु पश्चिमाको ईसारामा काम गर्छन जसको उदाहरण हो नेपालमा २०४५ साल पछी भएको विभिन्न आन्दोलन तथा त्यो आन्दोलनको बलमा बदलिएको सर्खार । हाल नेपालमा भएको जातजाति देखि मधेस आन्दोलन पनि त्यसैको कडी हो । यस्तोमा भारतीय कांग्रेस आईको नाम अग्र पंक्तिमा देखिन्छ ।
पहिला आफ्नै देसको बिपक्षीहरुलाई साम दाम दण्ड र भेदको नीति लागू गरेर तह नलाउने हो र अहिलेको स्थिति जस्तै गरि चल्दै जाने हो भने हाम्रा छिमेकी भारत कुनै दिन बिश्व सामु नांगिन बेर लाउदैन भन्ने कुरा नेपालमा घटाएको विभिन्न घटनाले पुस्टि गरि सकेको छ ।
नेपाल अहिले सिक्किम हडपेको जस्तो पालाको समय छैन । एक स्वतन्त्र रास्ट्र माथि बारम्बार गिद्धे दृस्टी लाएर आफ्ना परम छिमेकी माथि अत्याचार गर्नु भनेको आफ्नै खुट्टामा जानाजानी बन्चरो प्रहार गर्नु हो भन्ने कुरा भारतका सबै पार्टीका नेताहरु देखि राज्नायिकहरु समेतले समयमै बुझ्नु जरुरि छ ।
प्रकाशित मिति: २०७२ आश्विन ७ गते बिहिबार

प्रधान मन्त्रि नरेन्द्र मोदीको सासनकालमा भारत
संयुक्त रास्ट्र संघको स्थाही सदस्य भयो भने भारतको प्राय सबै राज्यमा भारतीय जनता
पार्टीको प्रभुत्व बढ्ने सम्भावनालाई नकार्न पनि सकिदैन ।
राजनीति भनेको घटिया खेल हो । राजनीतिले देस र जनता केहि पनि भन्दैन अझ भारतीय कांग्रेस आई पार्टी भनेको पार्टीको स्थापनाकाल देखि नै धर्म निरपेक्षको पक्षमा खुलेर लाग्ने पार्टी हो । उदाहरणको लागी कुनै समयको बिशाल भारत हाल तिन टुक्रामा बिभाजन भएको घटनालाई पनि लिन सकिन्छ ।
धर्मको कुरा गर्ने हो भने भारतलाई हिन्दुस्थान भनेर पनि भनिन्छ जसको अर्थ हो बहुसंख्यक हिन्दुहरुको बसोबास गर्ने देस । साथै हिजो अंग्रेजहरुले आफुले भारत छोड्ने बेलामा पनि हिन्दुहरुको लागी भारत र मुसलमानहरुको लागी पाकिस्तान भन्दै देसलाई दुई भागमा विभाजन गरेर कहिले नटुंगिने समस्याको बिउ रोपेर गएका थिए । त्यहि बिउ आज हुर्किदै गएर समय समयमा युद्ध देखि जातीय लडाईको रुपमा मौलाउदै गएको देख्न पाईन्छ ।
यिनै कुराहरुलाई सुक्ष्मरुपमा बिष्लेषण गरेर हेर्ने हो भने भारतीय जनता पार्टीको अगुवाईमा बनेको सरकारले भारत यो पटक संयुक्त रास्ट्र संघको सदस्य भयो भने कांग्रेस पार्टीको बचेखुसेको साख पनि माटोमा बिलिन हुने भएकोले त्यसलाई रोक्न राहुल गान्धी अमेरिका गएको हुन भनेर बुझ्न सकिन्छ ।
भारतका केहि पार्टीका सक्तिसाली नेताहरु पश्चिमाको ईसारामा काम गर्छन जसको उदाहरण हो नेपालमा २०४५ साल पछी भएको विभिन्न आन्दोलन तथा त्यो आन्दोलनको बलमा बदलिएको सर्खार । हाल नेपालमा भएको जातजाति देखि मधेस आन्दोलन पनि त्यसैको कडी हो । यस्तोमा भारतीय कांग्रेस आईको नाम अग्र पंक्तिमा देखिन्छ ।
आफ्नै देसको साख गिराउन आफ्नै देसको कुनै समयको
सबै भन्दा ठुलो पार्टी हात धोएर पछी लागेका छन भन्ने कुरा प्रधानमन्त्री मोदीको
सरकारलाई पक्कै पनि थाहा भएको हुनु पर्दछ । बिदेसीको ईसारामा लागेर छिमेकी संग
दुस्मनी कमाउनु हुन्न भन्ने ज्ञान पनि मोदी सरकारलाई नभएको हैन तर भारतको
प्रशासनिक निकाय यति सम्म शक्तिसाली छ कि चाहेर पनि पार्टीबाट बनेको सरकार
प्रमुखले ठोस निर्णय गर्न सक्दैन भन्ने दरिलो उदाहरण नेपालको लागी भारतीय राजदुत
रणजित रायले समय समयमा नेपालका नेताहरु देखि सरकार प्रमुखसमेतलाई दिएको आदेश
निर्देसन बाट थाहा हुन्छ ।
पहिला आफ्नै देसको बिपक्षीहरुलाई साम दाम दण्ड र भेदको नीति लागू गरेर तह नलाउने हो र अहिलेको स्थिति जस्तै गरि चल्दै जाने हो भने हाम्रा छिमेकी भारत कुनै दिन बिश्व सामु नांगिन बेर लाउदैन भन्ने कुरा नेपालमा घटाएको विभिन्न घटनाले पुस्टि गरि सकेको छ ।
नेपाल अहिले सिक्किम हडपेको जस्तो पालाको समय छैन । एक स्वतन्त्र रास्ट्र माथि बारम्बार गिद्धे दृस्टी लाएर आफ्ना परम छिमेकी माथि अत्याचार गर्नु भनेको आफ्नै खुट्टामा जानाजानी बन्चरो प्रहार गर्नु हो भन्ने कुरा भारतका सबै पार्टीका नेताहरु देखि राज्नायिकहरु समेतले समयमै बुझ्नु जरुरि छ ।
प्रकाशित मिति: २०७२ आश्विन ७ गते बिहिबार
0 Comments:
Post a Comment