Home » » नबुझिने वाद र धर्मको के काम ?

नबुझिने वाद र धर्मको के काम ?

Written By खांट्टी कुरा on Monday, January 12, 2015 | January 12, 2015

तस्विर साभार: गुगल बाट
सामाजिक संजाल फेसबुकमा मेरो हज्जारौ मित्रहरु हुनुहुन्छ । सबै मित्रहरुको सोचाई, बिचार एकै नासको छैन र हुन्न पनि । जब सोचाई र बिचार एकै नभए पछी, धर्म, दर्शन र राजनीतिक बिचारधारा पनि फरक फरक हुनेनै भयो ।

मध्यपश्चिम तिरको एकजना मित्र हुनुहुन्छ । उमेरले म भन्दा धेरै कनिस्ट । उहाँ धर्म मान्नु हुन्न किनभने उहाँ कम्युनिस्ट बिचारधारामा बिस्वास राख्नु हुन्छ । कम्युनिस्टहरु धर्म मान्दैनन र धर्म मान्नेहरु खाँटी कम्युनिस्ट हैनन भनेर कम्युनिस्टहरु भन्ने गर्दछन ।
मित्रको नाम खगेन्द्र र हाम्रो नेपाली समाजमा नामको पछाडी जाति समेत जोड्ने चलन छ त्यहि भएर उहाँको पछाडी बि.क अर्थात बिश्वकर्मालाई उहाँले छोटकरीमा बि.क भनेर लेख्नु हुन्छ । त्यति मात्र नभएर मित्रले आफ्नो कम्युनिस्ट परिचयलाई जीवन्त बनाउन नाम र थरको पछाडी ‘रक्तिम’ समेत जोड्नु भएको छ र यी सबैले गर्दा मित्रको नाम खगेन्द्र बि.क ‘रक्तिम’ भयो ।

मित्र खगेन्द्र रोजगारीको सिलसिलामा हाल भारतको गुजरातमा बस्नु हुन्छ र मित्र मात्र नभएर हज्जारौ हज्जार नेपालीहरु मित्र बसेको स्थानमा रोजगारी गर्दा रैछन भनेर मित्रले समय समयमा पोस्ट गर्नु भएको स्टाटसहरु बाट जान्ने मौका पाए यसको लागी फेसबुकको ठुलो देन हुन आउछ ।

कम्युनिस्टहरु धर्म मान्दैनन भनेर मैले हल्कारुपमा बर्णन गरे । मित्र खगेन्द्र सित बेला बेलामा म फेसबुकको प्रतिक्रिया बक्सबाट दोहोरो सम्बाद गर्छु । मित्रले धर्म मान्नु हुन्न । कुरा सहि र ठिक गर्नु भएको छ किनभने सक्कली कम्युनिस्टले जाती धर्म केहि पनि मान्दैनन तर केहि दिन अगाडी मित्रले नेपाली हिन्दुहरुको महान चाड पर्वको अबसरलाई चित्रित गरेर तिहारमा मनाईने देउसी भैलोको तस्बिर सामाजिक संजालमा पोस्ट गर्नु भएको थियो । (हेर्नुस तस्बिर)
तस्बिर साभार: खगेन्द्र बि.को को फेसबुक बाट

तस्विरमा मित्र नृत्यको मुद्रामा देखिनु हुन्थ्यो । उहाँले पहिरिनु भएको पोसाकले कम्युनिस्ट चरित्रको झाँकी राम्रै संग प्रस्तुत गरेको थियो भने धर्म नमान्ने कम्युनिस्टले तिहार पर्व किन मनाए ? अर्थात देउसी र भैलो सधै खेलिदैन र तिहारमा बाहेक अन्य बेलामा देउसी भैलो खेल्ने चलन पनि छैन भने देउसी र भैलो किन खेलिन्छ त्यसको छुट्टै हिन्दु मिथक कथा पनि छ ।

सानो उदाहरण मित्र खगेन्द्र बि.क ‘रक्तिम’ ज्यु को नाम जोडेर यो लेख लेखे यसलाई मित्र खगेन्द्रजीले अन्यथा लिनु हुने छैन भन्ने मलाई बिस्वास छ ।

जसरि मित्र रोजगारको सिलसिलामा भारतको गुजरातमा हुनुहुन्छ त्यस्तै यो पंतिकार पनि रोजगारीको सिलसिलामा दक्षिण पुर्बी एसियाको औधोगिक नगरी मलेसियामा छ । दक्षिणी पुर्बी एसियाको मलेसिया संग जोडिएको छिमेकी देस सिंगापुर, ब्रुनाई देखि ईन्डोनेसिया समेतमा चिनिया आप्रबासीहरुको बाक्लो उपस्थिति छ । चिनियाहरु सामान्य नागरिक देखि नाम कहलिएको उधोगपति देखि लिएर राजनीतिक हस्तीहरु समेत छन ।

पंक्तिकारलाई रोजगार दिने कम्पनि मालिकको पिता चिन बाट मलेसिया बसाई सरेका हुन । पिता, पुत्र र नाति समेत जोड्दा भर्खर तिनपुस्ता मलेसिया बसेको देखियो ।

आज २०१४ डिसेम्बर २६ तारिख चिनिया जनमुक्ति सेनाको सर्बोच्च कमान्डर तथा रास्ट्रपति क. माओत्से तुंगको जन्म जयन्ति पनि हो र क. माओको बिषयमा मैले बर्णन गर्नु कुनै जरुरि छैन ।

दक्षिणी पुर्बी एसियाको मैले माथि उल्लेख गरेको देसहरुमा बस्ने तेश्रो पुस्ताको बाल बालिका देखि युवाहरु समेतलाई क. माओको बिषयमा सोध्नु भयो भने सयमा ९९ ले उल्टो क. माओ भनेको को हो भनेर प्रस्न गर्नेलाई प्रस्न गरेर सोध्छन यो पंक्तिकारले देखेको कुरा हो ।

नेपालको कम्युनिस्ट राजनीतिमा क.लेनिन, माओ र मार्क्स यी तिन नेताहरु हाबी छन । नेपालको दोश्रो ठुलो पार्टी ने.क.पा एमालेले क. माओ विचारधारा मान्दैन र उसको पार्टीको आधिकारिक दस्ताबेजमा मार्क्सवादी र लेनिनबादी भनेर लेखिएको छ । एमाले मात्र नभएर मालेले पनि मार्क्सवादी र लेनिनबादी बिचारधारा मान्छन भने नेपालको कम्युनिस्ट आन्दोलनको मुख्य पार्टी पनि यिनै हुन ।

मार्क्सबादी र लेनिनबादी नमानेर केवल क. माओको विचारधारालाई केन्द्रबिन्दु बनाएर ने.क.पा माओबादी भन्ने पार्टी २०५१ सालमा जन्मेको हो र आज यहि पार्टीले क. माओको जयन्ति मनाउदैछन तर माओको विचारधारा अंगालेर माओको नक्कल गर्दै नेपालमा १२ बर्ष हतियारको राजनीति गर्ने पार्टी आज ५ टुक्रामा विभाजित भएको छ ।

नेपालमा यकिनको साथ कम्युनिस्ट पार्टी कति संख्यामा छन भनेर यो पंतिकारले भन्न सक्दैन किनभने जसरि भ्यागुताको धार्नी पुर्याउन सकिदैन त्यस्तै गरि नेपाली कम्युनिस्ट पार्टीहरुको संख्या पनि एकिनको साथ कसैले पनि भन्न र बताउन सक्दैन । छिनमै जुट्छन र छिनमै फुट्छन भने के कसरि एकिन संख्या भन्न सकिन्छ ?

धर्म मान्दैनौ भन्छन, कम्युनिस्ट भनेको साम्यवादी विचारधारा भनेर आफ्ना कार्यकर्ताहरुलाई घोकाउछ्न । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी भारतमा जन्मेता पनि पंक्तिकारले देखेको २०३६ साल देखिको कम्युनिस्ट आन्दोलन भनेको हात्तिको दांत जस्तै हो किनभने हात्तिको दांत दुई थरिको हुन्छ । बाहिरि दांत देखावटी तर ज्यानमारा हुन्छ भने भित्रि दांत खानेकुरा चपाउनको लागि प्रयोग हुन्छ । नेपालको कम्युनिस्टहरु पनि हात्तीको दाँत जस्तै बाहिरि दांत घातक र भित्रि दांत झन महा घातक देखिएको छ । बोलि र वाद अनि सिधान्तको कुनै टुंगो नभएको पार्टीहरु हो नेपालको कम्युनिस्ट पार्टी ।

धर्म मान्दैनौ भन्नेले दसैँ तिहार जस्ता पर्ब किन मान्छन ? धर्म मान्दैनौ भन्नेले आफ्ना पिता मातालाई तिर्थ घुमाउन किन लैजान्छ्न ? धर्म मान्दैनौ भन्नेले हिन्दु धर्मको पुजा आजामा प्रयोग हुने धुप, दिप, नैबेध, फुल प्रसादी किन प्रयोग गर्छन ?

जसरि मेरा मित्र खगेन्द्र बि.क ‘रक्तिम’ ले कम्युनिस्ट विचारधारा अंगाल्नु भयो तर उहाँलाई कम्युनिस्ट भनेको सक्कली अर्थ नै थाहा छैन । उहाँले कम्युनिस्ट बिचार र वाद मात्र घोक्नु भयो । जे जस्तो घोकाईयो उहाँले त्यसैलाई अंगाल्नु भयो तर सक्कली कम्युनिस्ट विचारधारा उहाँले बुझ्नु भएको भए कम्युनिस्ट बिचारधारा र वाद अनुसार चल्नु हुन्थ्यो होला तर अझै पनि उहाँ त्यसरी चल्नु भएको छैन यो कुरा पंक्तिकारले त्यस्तै बुझेको छ र मित्र खगेन्द्र जस्तै लाखौ कम्युनिस्ट पार्टीहरुमा लाग्नेहरु सबैको तौर तरिका पनि सत प्रतिसत यहि नै हो अर्थात घोकन्ति विधा ।

जसरि कम्युनिस्ट पार्टीमा लाग्नेहरुलाई कम्युनिस्ट दर्सन, विचारधारा र वादलाई घोकन्ति विधाको तरिकाले पढाईन्छ र बुझाइन्छ ठ्याक्कै सतप्रतिसत ईसाई धर्मालम्बीहरुले पनि धर्म परिवर्तन गर्ने र गराउनेहरुलाई त्यस्तै गर्ने गर्छन । जसरि आजकलका युवाहरुले कम्युनिस्ट दर्शन बुझेका छैनन त्यस्तै ईसाई धर्म अंगाल्नेहरुले पनि ईसाई धर्म बुझेका छैनन तर यो पंक्तिकारले के चैँ बुझेको छ भने हाम्रो जस्तो अविकसित गरिव देसमा ‘घोकन्ति विधा र धाबन्ति खेति’ को कुनै अर्थ छैन । जब अर्थ नै नहुने विधा र खेति गरेर के फाईदा ?
janakdangol@gmail.com
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger