-जनकमान डंगोल
मलेसियामा कार्यरत रहनु भएका पत्रकार मित्र श्री अर्जुन काफ्लेज्युले
नेपालको ठुला घरानाका पत्रिकाहरुमा समाचार सम्प्रेषण गर्नु हुन्छ । मित्रले
सम्प्रेषण गर्नु भएको समाचारहरुमा प्राय जसो मलेसियाको फलाना स्थानमा
नेपाली श्रमिक कहिले नउठ्ने गरि सुतेको सुत्यै भए भनेर दिनहु जसो समाचार
सम्प्रेषण गरेको देख्छु, छापिएर आउने समाचार पनि प्राय त्यस्तै नै हुन्छ ।
समाचार त अरु बिषयमा पनि सम्प्रेशण गरिएको देखिन्छ तर यो पंक्तिकारले आज उठान गरेको बिषय चैँ के हो भने किन हुन्छन त मलेसियामा नेपालीहरुको मृत्यु र त्यसको निराकरणको उपाय चैँ के हो त ?
पंक्तिकार स्वयम आजको मिति सम्ममा मलेसियामा नै कार्यरत छ र मलेसिया बसाई पुगनपुग झन्डै दस बर्ष पुग्न लाग्यो । यो दस बर्षको दौरानमा पंक्तिकारले मलेसियाको हावापानी अर्थात मौषम देखि रहन सहन, भेषभुषा, संस्कृति आदिको नजिकबाट राम्रै संग नियाल्ने मौका पाएको छ ।
पंक्तिकार स्वयम धेरै पटक बिरामी भै सकेको छ र हरेक पटकको चेक जाँच तथा सर सल्लाहमा डाक्टर देखि फार्मेसीका बिज्ञ समेतले दैनिक बढी भन्दा बढी मात्रामा पानि पिउने सल्लाह दिएको देख्छु । मानौ पानी नै मलेसियाको पहिलो अचुक औषधि हो ।
हुन पनि हो पानि नै जीवनको पहिलो अचुक औषधि हो तर मलेसियामा कार्यरत रहेका हाम्रा नेपाली श्रमिकहरुले दैनिक कति लिटर पानि पीउछ्न त्यो सम्बन्धमा कसैले हेक्का राखेको छ ? हरेक स्थानमा प्रकृतिले मनुष्यहरुलाई अचुक प्राकृतिक औषधि पनि दिएको हुन्छ तर त्यसको उपयोग आज सम्म हाम्रा नेपाली श्रमिकहरुले गरेका छन कि छैनन ?
नरिवलको पानि मलेसिया जस्ता समुन्द्रीतटीय क्षेत्रको लागि पहिलो अचुक औषधि हो भन्ने हाम्रो गाउँघरमा पाइने लट्टेको साग दोश्रो । नरिवलको पानीले सरिरको तापक्रम नियन्त्रण गर्दो रैछ भने लट्टेको सागले पनि त्यस्तै काम गर्छ अर्थात गर्मि बाट सरिरलाई बचाउने काम । हाम्रो नेपालमा पाईने चरी अमिलो पनि त्यतिकै उपयोगी रहेछ जुन कुरा पंक्तिकारले लामो समय सम्म चाइनिजको संगत गरेसी जान्ने र बुझ्ने मौका पाएको हो भने दैनिक चिल्लो पिरो हालेर पकाईएको माछा मासु सेवन गर्नु त्यो ठिक हैन ।
मलेसियामा एकका दुक्का स्थानमा बाहेक अन्यत्र प्राय सजिलो काम पाईदैन । एक्का दुक्का भनेको वातानुकुलित कोठा भित्र बसेर सजिलो काम गर्नुलाई भनिन्छ तर वातानुकुलित कोठामा लगातार बसेर काम गर्दा त्यसले के कस्तो हानि नोक्सानी गर्छ त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । गर्मीको समयमा चिसो कोठामा बसेर आराम गर्नु वा काम गर्नु हेर्दा जति आनन्दायक देखिन्छ तर त्यो जत्तिको हानिकारक अन्य हुन सक्दैन भन्ने मेरो बुझाई हो ।
यताको मौसम अनुसार हामीले दैनिक कम्तिमा पनि ६ लिटर पानि पिउनु जरुरि छ भने हामीले ६ लिटर त के कुरा दुई लिटर पानि पिउन पनि अल्छी गर्छौ । हाम्रा कम्पनिहरुले दिएको आवास गृहको कुरा गरि साध्य छैन । एउटा कोठामा १० देखि १५ जना सम्म कोच्चिएर बस्नु पर्ने बाध्यता छ भने त्यहि कोठा वा कोठा संगै खाना पकाएर खानु पर्ने अर्को बाध्यता पनि छ । साधारण श्रमिकलाई वातानुकुलित बंगला देखि ब्यक्ति पिच्छे कोठा किन दिन्थे त्यो पनि चाइनिज जस्ता मालिकहरुले । कोठा, कोठा संगै भान्सा अनि जोडिएको सौचालय र त्यस बाट निस्किने दुर्गन्ध जब मिस्सिन्छ त्यो मानिस बिरामीको कारण हुन सक्छ कि सक्दैन ? बिचार गर्नु होस त ।
पंक्तिकारले काम गरेको कम्पनि संगै जोडिएको एउटा कम्पनि छ । त्यो कम्पनीमा हाम्रा नेपाली कामदार देखि भियतनामी कामदारहरु पनि काम गर्दछन । फलामको ४० फिटे कन्टेनरलाई काटेर वातानुकुलित कार्यालय बनाएका छन भने त्यहि कन्टेनर को पछाडी मेरो कम्पनीको पर्खालमा टेको लाएर टिनको जस्ता हालेर टहरा बनाएका छन । न त्यसमा झ्याल छ न भेन्टिलेसन । सडकको नाली संगै छ र गर्मीको समयमा त्यसबाट निस्किने दुर्गन्ध र ग्यासको के बयान गर्नु । आवासको अरु बयान माथि पनि उल्लेख गरेको छु भने यस्तै टहरामा हाम्रा नेपाली श्रमिकहरु बस्छन ।
मलेसियाको मौसमको कुनै भर र टुंगो हुन्न र याहा कतिखेर गर्मि हुन्छ र पानि पर्छ त्यसको कुनै भर छैन । कहिले हप्ता दुई हप्तासम्म बर्षा हुन्न त्यस्तो बेलामा गर्मीले सब खंग्रंग सुकेको हुन्छ र अकस्मात हुने बर्षाले सडक देखि अन्यत्र बाट निस्कने रापिलो बाफ जब हाम्रो नाक बाट पस्न थाल्छ त्यस पछी मान्छे भटाभट बिरामी हुन सुरु हुन्छन यो पंक्तिकारले पटक पटक भोगेको समस्या हो भने राति १२ देखि ३ बजेको बिचमा मौषम छिनमै तातो छिनमै चिसो हुने कुरा धेरैलाई थाहा नहुन सक्छ किनभने पंक्तिकारले मलेसियामा रात्रि सेवा गरेर नै १० बर्ष कटाउन लागी सकेको छ ।
हाम्रा धेरै नेपालीहरुले मलेसियाको प्राय सबै साना ठुला सहरहरुमा रेस्टुरेन्ट खोलेका छन । सुद्ध नेपालि परिकारको साथमा तीनपाने कोदाको रक्सि देखि जांड, तोंग्वा समेतको सेवा भनेर प्रचार गरिएको देखिन्छ । नाम चैँ तीनपाने तर बिसुद्ध भेलिमा मर्चा घोलेर बनाइएको रक्सि अनि गर्मि हुने स्थानमा पिरो चट्ट परेको मासु चटनीको साथमा चुरोट, पराग, खैनीको सेवन समेत हुँदा त्यस बाट सरिरमा के कस्तो असर गर्छ त्यो दैनिकरुपमा भोग्ने हाम्रा नेपाली श्रमिक दाज्युभाईहरु लाई पक्कै पनि थाहा हुनु पर्दछ ।
गर्मीको ठाउँमा दैनिक मादक पदार्थ सेवन गर्नु हुन्न साथि भनेर तपाईले सम्झाउनु भयो भने ‘तेरो सम्पति खाई देको छु र ? बडो अर्ति दिने भाको’ भनेर उल्टै तपाईलाई झपार्न बेर लाउदैनन । मौसम देखि खानपानलाई जब सम्म नियन्त्रण गर्न सक्नु हुन्न भने तपाईको ज्यान कुनैपनि समयमा जान सक्छ भन्ने यो पंक्तिकारको ठम्याई हो ।
जब कुनै नेपाली श्रमिकहरु बिरामी भएर वा मृत्यु पस्चात सरकारी अस्पतालमा लगिन्छ त्यस पछी बिरामीको उपचार हुन्छ । बिरामीलाई त डाक्टरले बिरामीको कारण बताई देलान तर मृत्यु हुनेको हकमा पोस्टमार्टम अबस्य गर्लान र त्यो पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण के हो र के कसरि मृत्यु भयो त्यो पनि पक्कै खुलाईएको हुन्छ होला । जब मृत्युको कारण खुलाईन्छ भने त्यसको निराकरणको उपाय चैँ किन बताईन्न वा यो बताउने चेस्टा किन गरिदैन यो चैँ बडो रहस्यको बिषय बनेको छ ।
रेमिटान्स पठाउन मलेसिया देस प्रथम भनेर अस्ति पत्रिकामा छापिएको समाचारमा पढे तर रेमिटान्स पठाउने श्रमिकहरु के कसरि बाचेका छन त्यसको खोजीनिती गर्ने काम हाम्रो सरकारको हो कि हैन ? यदि हो भने मलेसियामा श्रम गर्न जानु भन्दा पहिला हाम्रा सरकारले श्रमिकहरुको हकहितमा सचेतनाको कार्यक्रम किन गर्दैनन ? मलेसियाको ३ बर्षे करार सम्झौताको बसाई अबधिभर मादक पदार्थ देखि धुम्रपान, गुट्खा, खैनी सेवन गर्नु स्वास्थ्यको लागि हानिकारक छ । सरिरलाई हानि हुने त्यस्ता चिजबस्तुहरुको सेवन गर्नु हुन्न अनि दैनिक बढी भन्दा पानी पिउनु पर्छ भनेर साधारण शिक्षा दिन समेत कन्जुस्याई गर्ने हाम्रा सरकारले देस र जनताको के भलो गर्लान र ।
२०७१ पौष २९ गते हेटौडा टुडेमा प्रकाशित |