Monday, December 29, 2014

आफ्नै खुट्टामा बन्चरो हान्नेहरु अझै चेतेका छैनन ।

-जनकमान डंगोल,janakdangol@gmail.com
..
कहिले मानवाधिकारबादी त कहिले नागरिक समाजको अगुवा, कहिले बामपन्थी पार्टीको नेता त कहिले जनजातीहरुको हक हित र अधिकारको लागी 'पहिचान र संघियता' को नाउँमा आन्दोलनकारीको अगुवा । काठमाण्डौ खाल्डो जसलाई नेपालको राजधानी भनेर लोकले चिन्ने गरेका छन त्यहि काठमाण्डौ खाल्डोको बासिन्दा हुन् पद्म रत्न तुलाधर । जातिले नेवार, नेवार जातिका प्राय सबै हीन्दु छन भने केहि बौद्ध धर्मालम्बी अनि तुलाधरहरु जस्ताको कृपाले गर्दा कोहि कोहि त ईसाई पनि बनेका छन तर तुलाधर धर्म मान्दैनन ।

कम्युनिस्ट दर्शन मनपराउनेहरु धर्म मान्दैनन किनभने सक्कली खाँटी कम्युनिस्टहरु धर्मलाई 'अफिम' हो भन्छन । तुलाधर नास्तिक हुन जसको स-प्रमाण निज २०४६ सालको आन्दोलन पछी नेपालमा दोश्रो पटक स्थापित प्रजातन्त्र पछिको अन्तरिम सरकारमा मन्त्रि हुँदा निजले बारा कलैया दिएको अभिव्यक्ति । निजले उक्त समयमा नेपालमा अब 'गाई काटेर खान पाउनु पर्छ' भनेर अभिव्यक्ति दिंदा त्यो बेलामा ठुलै आलोचना खेप्नु परेको थियो । 

हिन्दु तथा ओमकार परिवार समेत जोड्दा नेपालमा ९० भन्दा माथिको आंकडाले छुन्छ भने नेपालको मुसलमानहरु समेत हिन्दु धर्मको समर्थक हुन र नेपालमा हिन्दु रास्ट्र स्थापना हुनु पर्छ भन्ने मान्यतामा बिस्वास राख्छन किनभने नेपालको एकीकरणमा भारतबाट झिकाईएको मुसलमानहरुको पनि ठुलो देन छ ।

भन्नलाई आफु बामपन्थी नेता भन्न पराउने र एमालेको सुर्य चुनाव चिन्ह समेत लिएर चुनाव लडेका तुलाधर सक्कली एमाले नेता हैनन । जब राजनीतिबाट तिनी असफल हुँदै गए त्यस पस्चात जातीय राजनीतिको अगुवा गर्न थाले तर काठमाण्डौको रैथानेले नबुझेका हुन या बुझेर पनि बुझ पचाएका हुन जुन ब्यक्ति हिन्दु तथा बौद्ध धर्मको कट्टर बिरोधि छन त्यहि व्यक्तिको अगुवाईमा पहिचानको लडाई किन लड्दैछन ?

नेपालको प्राय सबै अधिकारकर्मीहरु पस्चिमाको दान र सहयोगको कृपामा चलेका छन । पस्चिमाहरु नेपालमा ब्यापक धर्म परिवर्तन गराएर नेपालमा असान्ती मच्चाउन चाहन्छन किनभने हिजो नेपाल एकीकरणको बेलामा एकीकरणका नायक बडामहाराजधिराज पृथ्बी नारायण शाहले 'फिरिंगी भनेका देसका दुस्मन हुन' भन्दै उपत्यकाबाट खेदेका थिए र त्यहि बेलाको अपमानको बदला लिन चाहन्छन । 

तुलाधर जस्ता धेरै पात्रहरु जनजातिको कट्टर समर्थक बन्दै सोझा र सिधा जनजातीहरुलाई उचालेर पश्चिमाको अभिस्ट पुरा गर्न रातो दिन लागेर खटेको परिणाम हो ब्यापक धर्म परिवर्तन देखि पहिचान र संघियता नामको कथित आन्दोलन । यहि आन्दोलनको नाटक देखाएर नेपालमा जाति पिच्छेको राज्य गठन गर्ने सपना देखाउदैछ्न ।

तुलाधरलाई सहयोग र समर्थन दिन भनेर सामाजिक संजाल फेसबुकमा 'पहिचान र संघियता' को नाउँमा विभिन्न ग्रुप पेज हरु खोलिएका छन । तिनै ग्रुप पेज मध्य बाट 'ज्वज्वलापा साक्षीता' नामको पेज एडमिनले यो पंतिकारलाई 'जनक मान डंगोल नेवार हैन र नेवारको नाम गरेको अर्को कुनै जाति हुनु पर्छ । पहिचान र संघियताको घोर बिरोध गर्ने जनजाती हुन सक्दैन' यस्तै यस्तै आरोप लगाउँदै धारे हात लाएर सरापेको देखियो ।

'पहिचान र संघियता' को नाम बडो तार्किकढंगले निकाले तर १४० जातिहरु बस्ने नेपालमा १४ जातिको लागि मात्र राज्य बाडन सम्भव छैन भन्ने कुरा सोच्नु पर्छ कि पर्दैन ?
पहिचान र संघियताको कुरा गर्ने तर बाजे बराज्युले दुख: कस्ट गरेर जोडेको भुमि जुन भूमिले गर्दा सन्तान दर सन्तानले जीवन जिउने सहारा पाए तर त्यहि साहारालाई टुक्रा टुक्रा पारेर गैर जातिलाई बेचेका हुन कि हैनन ? त्यसको पुख्ता प्रमाण काठमाण्डौको धान फल्ने खेतमा कंक्रिटको जंगल फैलेको हैन भनेर कसैले भन्न सक्छ ?

तराईको छठ र सुदुर पश्चिमको गौरा पर्व देखि पूर्वका उधौली उभौली, धान नाच आदि पर्वहरु आज भन्दा २५ बर्ष अगाडी राजधानीबासीले देखेका थिएनन । पंक्तिकार कुनै पनि धर्मको बिरोधि हैन तर यहाँ उपत्यकाका केहि कट्टरपन्थी रैथानेले भाषिक पहिचान देखि धर्म र संस्कृतिको कुरा गरेको हुँदा यहाँ लेख्न बाध्य भएको हु ।

छिमेकी भारत प्रसासित कास्मिरमा बाहिरियालाई जग्गा जमिन बेच्न नपाइने नियम छ । कास्मिर र काठमान्डौको भूगोल देखि हावापानी एकैनासको छ । जसरि बाहिरियालाई भुमि बेच्न नदिएको कारणले गर्दा कास्मिरमा अन्य भाषा तथा धर्मालम्बीहरु फैलिन पाएको छैन त्यस्तै गरि उपत्यकाका नेवार जातिले समयमै कास्मिरी बुद्धि अपनाएको भए अहिले आएर भाषिक देखि जातीय आन्दोलन चलाउनु पर्थेन ।

को कसको कारणले गर्दा आज राजधानीमा गैर नेवारहरुको प्रबेस बढेको छ ? जोर जबर्जस्ति गरेर बसेका पक्कै पनि हैनन । अब्यबस्थित बसाईको कारणले गर्दा दैनिक भोग्नु परेको लोडसेडिङ देखि खानेपानीको समस्या र वाताबरण प्रदुषण बढाउने जिम्मेवार पनि काठमान्डौकै रैथानेहरु हुन कि हैनन ?

जनक डंगोल नेवार हैन, रास्ट्रिय प्रजातन्त्र पार्टी नेपालको अध्यक्ष कमल थापाको समर्थक हो । त्यसलाई नेवार भाषा आउदैन त्यहि भएर नेवारको बिरोधमा बोल्छ भन्ने जस्ता आरोप लाउनेहरु एक पटक राजधानीले छोएको जिल्ला मकवानपुर, नुवाकोट जिल्लाहरुको नेवारहरुले मातृभाषा नेवारी बोल्छन कि खस पर्वते भाषा बोल्छन हेरी जाच्नु अनि त्यस पछी आरोप लाउनुको अर्थ थाहा होला ।

आफ्नो खुट्टामा जानाजानी आफैले बन्चरो हानेर समस्या निम्त्याउने अनि पस्चिमा भरियाको लहलहैमा लागेर भाषिक पहिचानको लागि 'पहिचान र संघियता' भन्दै निर्थक बहस र आन्दोलन गर्नुको कुनै अर्थ छैन । आफ्ना सन्तानहरु समाजबाद देखि कम्युनिस्टको उग्रपन्थमा लागेर आफ्नै पुर्ख्याली धर्मको मान मर्यादा नगर्ने अनि तुलाधर जस्ताहरुको बकम्फुसे हावादारी कुराहरुमा विश्वास मानेर 'पहिचान र संघियता' भन्दै आन्दोलन गर्नेहरु भनेको 'कुहिरोमा हराएको काग' जस्तै हुन ।
स्व. मनमोहन अधिकारि देखि वर्तमान एमाओबादी नेता डा. बाबुराम भटराई, एमाले अध्यक्ष के.पी वली सम्मको श्रीमतीहरु कुन जाति र काहाँका निवासी हुन त्यो बताउनु पर्ला ? एक पटक आफ्नै आत्मालाई सोधी हेर्नु समाजबादी देखि कम्युनिस्ट बिचारधारा मान्ने बाहुन ज्वाईनारानहरुले ससुराली काठमाण्डौको के कत्ति बिकास गरे ? २५ बर्षमा एक तुर्की पानि ख्वाउन नसक्नेलाई ज्वाई बनाउने र हामि त राजधानीको रैथाने नेवार भनेर कुर्लिनेहरुले पंचायती ब्यबस्था हुन या राजतन्त्रको बिरोध गर्नुको कुनै तुक छैन !

No comments:

Post a Comment