Monday, October 27, 2014

छिमेकी अनुसारको धर्म र राजनीति !

तस्विर साभार: गुगल
रमेस राज वास्तोला/जनक मान डंगोल

अंग्रेजबाट स्वतन्त्र भए पछिको भारतीय राजनीतिमा कास्मिरी पण्डित जवाहरलाल नेहरु (१८८९-१९६४) माहात्मा गान्धी पछिको दोश्रो ठुलो नेतामा पर्दछन ! अत्यन्त दुरदृस्टी  भएका यी राजनेताका सन्तानको नाउँमा इन्दिरा प्रियदर्शिनी गाँधी (जन्म उपनाम: नेहरू 19 नवंबर १९१७-31 मृत्यु अक्टूबर 1984) मात्र भएको र त्यो बेला भारतमा महात्मा गान्धी अत्यधिक चर्चाको सिखरमा भएकोले यिनले छोरी ईन्दिराको बिवाह 'गान्धी खानदान' मा गरिदिए तर ईन्दिराको पति फिरोज गान्धी र महात्मा गान्धीको बिचमा कुनै साईनो पर्दैन ! ईन्दिरा गान्धी प्रधान मन्त्रि पदमा हुँदा नै निजको हत्या आफ्नो अंगरक्षक बाट भयो ! उनको हत्या पस्चात उनको छोरा राजिब गान्धी भारतको प्रधान मन्त्रि बने ! 

तस्विर साभार: गुगल
ईटाली देसको 'वैनेतो, लूसियाना' भन्ने गाउँमा ९ दिसम्बर १९४६ मा जन्मेकी एन्टोनिया मैनो एक भूतपूर्व फासिस्ट सिपाही स्टेफ़िनो मायनो को छोरी हुन र तिनै एन्टोनिया मैनो सित १९६८ मा ईन्दिरा गान्धीको छोरा राजिब गान्धीको बिवाह भयो ! बिवाह पछी नाम बदलेर तिनले सोनिया गान्धी राखिन ! बिवाहको १५ बर्ष पछी मात्र सोनिया गान्धीले भारतीय नागरिकता स्वीकारेकि हुन ! पति राजिब गान्धीको १९९१ मा चुनावको प्रचार गर्न जाँदा दक्षिण भारतको तमिलनाडु ,श्रीपेरंबदूरमा हत्या भयो त्यस पश्चात भारतीय राजनीतिमा नेहरु-गान्धी परिवारको राजनीति ओझेलमा परी सकेको थियो !

सन २००४ को भारतीय चुनाव भन्दा केहि महिना अगाडी मात्र अप्रत्यासित तरिकाले भारतीय राजनीतिमा पुन गान्धी परिवारको उदय भयो ! भारतीय रास्ट्रिय कांग्रेसको अध्यक्ष पदमा निर्बिरोध चुनिय पछी आजको मिति सम्म भारतीय रास्ट्रिय कांग्रेसमा पुन: गान्धी परवारको बर्चस्व कायम छ !
सन २००४ को उत्तर प्रदेशको राय बरेली लोक सभा बाट निर्वाचित हुना साथ् धेरैले अबको प्रधान मन्त्रि सोनिया गान्धी भनेर लख काटेका थिए तर चतुर सोनिया गान्धीले आफु प्रधान मन्त्रि नबनेर लोक सभा चुनावमा भाग नलिएका मन मोहन शिंहलाई मिलिजुली सरकारको प्रधान मन्त्रि बनाईन !
पंजावमा जन्मिएर बेलायतमा उच्च सिक्षा हासिल गरेका मन मोहन शिंह सिख धर्म मान्छन ! सोझा र भलाद्मी तथा कम बोल्ने स्वभावको भनेर मन मोहन शिंह लाइ चिनिन्छ तर मन मोहन शिंह प्रधान मन्त्रि भए पनि पर्दा पछाडी बाट देस चलाउने सोनिया गान्धी थिईन !

२०५१ सालमा तत्कालिन स.ज.मो ले सेर बहादुर देउवा सरकारलाई ४० सुत्रिय माग पेस गरे पछी तथाकथित जनयुद्धको घोषणा गरेर झन्डै १२ बर्ष नेपालमा माओबादीले मच्चाएको उपद्रोको के बयान गराई भो ! जब भारतमा कांग्रेसले सासन सत्ता हातमा लिए त्यस पश्चात सान्ति सम्झौता भन्दै दिल्लीमा १२ बुंदे हस्ताक्षर गरे पछी नेपालमा माओबादीले पटक पटक सरकारमा सहभागिता जनाएकै हो !

सरकार मा हुँदा र रहंदा बस्दा सम्म हिन्दु धर्मलाई खासै वास्ता नगर्ने नेपालको माओबादीहरुले जब छिमेकी भारतमा पुन नेहरु-गान्धी परिवारको राजनीति ओरालो लागेर कट्टरपन्थी हिन्दु बादी बिचार धाराको भारतीया जनता पार्टीको कट्टर हिन्दुवादी नेता नरेन्द्र दामोदर दास मोदीले सरकारको बागडोर सम्हाले त्यस पस्चात आश्चर्यजनक तरिकाले नेपालको माओबादीहरु पुरानै सनातन धर्ममा कथित रुपले फर्किएको देखाउदैछ्न जसको परिणाम हो माओबादीको पहिलो नेता तथा पुर्ब प्रधानमन्त्रि प्रचण्ड भनिने पुष्पकमल दाहाल तथा दोश्रो ठुला नेता पुर्ब प्रधानमन्त्रि डाक्टर बाबुराम भटराईले सामाजिक संजालमा पोस्ट गर्ने गरेका धार्मिक क्रियाकलापमा भाग लिएका तस्बिरहरुलाई लिन सकिन्छ, तर नेपालको माओबादीका नेताहरु के भित्रि आत्मालेनै पुरानै सनातन हिनु धर्ममा फर्किएका हुन ?

तस्विर साभार: गुगल
अबस्य पनि हैन किनभने जसरि छिमेकी भारतको बंसबादको राजनीतिको स्थापना गर्ने स्व.जवाहर लाल नेहरु तथा तिनका छोरी ईन्दिरा गान्धीले राजनीतिक लाभको लागि हिन्दु धर्मलाई तिलान्जली दिएका थिए त्यस्तै हो नेपालका कम्युनिस्ट नेताहरु र अझ अग्रपंक्तिमा पर्ने माओबादी कम्युनिस्ट भन्न रुचाउने नेताहरु ! 

निधारमा रातो टिका र गलामा सयपत्रिको माला लाउदैमा त्यसलाई हिन्दु धर्म मान्छन भनेर विश्वास गर्नु कदापि हुन्न किनभने जसले सच्चा हृदयले परम्परा अनुसार पुजाआजा देखि बिधि बिधान गर्दैन मान्दैन त्यस्तालाई हिन्दु धर्म र संस्कृति मानेछ भनेर कोहि कसैले बिस्वास गर्छ भने त्यो मुर्खता मात्रै हुनेछ !

तस्विर साभार:फेसबुक बाट
नेपालका तथाकथित जनयुद्दको ढोल फुकेर नेता बनेका क.प्रचण्ड देखि सो भन्दा मुनिका सबै नेताहरु छद्म भेसी नेता हुन र आफ्नो फाईदा र अस्तित्व बचाउन पुन: हिन्दु धर्म मानेको स्वांग रच्दैछन ! हिन्दुको छोराले जन्मदाताको मृत्युमा परम्परा अनुसार काज क्रिया गर्ने गर्छन भने सुट प्यान्ट टाई र छालाको टल्किने जुत्तामा सजिएर मुखाग्नी दिन घाटमा पक्कै पनि जादैनन !
हिन्दुका छोराले परम्पराअनुसार मनाउदै आएको भाई टिकामा बिधि बिधान अनुसार मण्डप बनाएर सप्तरंगी टिका, फुल माला मिठाई प्रसादी ग्रहण गर्नु पर्नेमा लोक र छिमेकीलाई देखाउन चेली बोलाएर स्टिलको थालीमा सप्तरंगी टिका देखाएर निधारमा लाउदैमा भाई टिका सम्पन्न गरेको भन्न मिल्छ ? त्यसरी लाईएको टिकाको के अर्थ ? 

आफ्नो राजनीति फाईदाको लागी आफ्नो जात धर्म कुल संस्कृति र परम्परा माथि जसरि भारतमा नेहरु-इन्दिरा गान्धी परिवारले खेलवाड गर्थे अहिले ठ्याक्कै त्यसैको सिको नेपालको कांग्रेस देखि कम्युनिस्टको नेताहरुले लिएको छन ! यो सबै लोकलाई भ्रममा पार्ने खेल भन्दा अरु केहि पनि हैन ! 
सबै तस्विरहरु साभार तस्बिर हुन ! तस्विर हरु गुगल सर्चको माध्यम द्वारा प्राप्त गरिएको हो !