..
'हाम्रो त तेन्जिंग शेर्पाले
चढ्यो है हिमाल चुचुरी'
ईस्वी सम्बत १९५३ मे २९ तारिखको दिन न्युजिल्याण्ड निवासी एडमण्ड हिलारी र निजको पथप्रदर्शक बनेर सोलुखुम्बु जिल्लाका तेन्जिंग नोर्गे शेर्पाले संसारको सबै भन्दा अग्लो हिम शिखरको सफलतापुर्वक आरोहरण गरेरे भन्ने खबर सुन्ना साथ देसको राजधानी काठमाण्डौमा हर्ष बढाई गर्दै तत्कालिन नेपाल सरकारले तेन्जिंग नोर्गे शेर्पालाई कार्यको कदरस्वरूप तक्मा पुरस्कारले समेत विभूषित गरिएको थियो !
शेर्पाले देखाएको अदम्य साहसलाई बयान गर्दै त्यो बेलाको चर्चित गीतकार तथा गायक स्व.धर्मराज थापाले माथि उल्लेखित 'हाम्रो त तेन्जिंग शेर्पाले' ... भन्ने गीत गाएर शेर्पा माथी सम्मान समेत प्रकट गरिएको थियो भन्ने गीतको लय र बोलबाट नै स्पष्ट हुन्छ !
विधिको बिडम्बना वा देसको माया कम भएर हो वा छिमेकीले दिएको लोभलालचमा परेर शेर्पाले भारतीय नागरिकता तथा पासपोर्ट स्वीकारी भारत पस्चिम बंगालको दार्जिलिंगमा गएर बसोबास गर्दै प्रबासी नेपाली बन्न रुचाय ! शेर्पा त्यसरी 'प्रबासी नेपाली' बन्न जान्छन भनेर थाहा पाएको भए स्व.गीतकार तथा गायक धर्मराज थापाले माथी उल्लेखित गीतको रचना पक्कै पनि गर्दैन थिए होलान ! शेर्पा पछि धेरै दक्ष प्रतिभावान नेपालीहरु शेर्पा जस्तै गरि देसबाट पलायन भएर बिदेसी भूमिमा बस्न रुचाय निकाल्ने हो जसको फेहरिस्त निकै लामो हुन्छ !
तस्विर साभार: गुगल सर्च |
तस्विर साभार: सेटोपाटी अनलाईन |
गोरखा पुर्ख्यौली घर भएका ५४ वर्षीय कुमुद पूर्वसचिव विष्णुप्रसाद धितालका छोरा हुन्। पञ्चायतकालमा कृषि मन्त्रालयको सचिव रहेका उनले सरकारी सेवापछि दश वर्ष एफएओमा काम गरे। त्यही क्रममा कुमुदको स्कुले पढाई घरी ललितपुरको सेन्टजेभियर्स घरी इटालीको रोममा भयो। उच्च माध्यमिक तहदेखि नै उनले बेलायत पढ्न थाले। (श्रोत:सेतोपाटी)
डाक्टर धितालको पुर्ख्यौली साईनो नेपालमा भएतापनि युवा अबस्था देखिनै बिदेसमा अध्ययन गरे र उतै बिदेसमा बस्छन ! तेन्जिंग नोर्गे शेर्पा देखि राउत जस्तै गरि तिनी पनि प्रबासी नेपाली भै सकेका छन ! धिताल उमेरले ५० काटी सकेका हुन भने आक्कल झुक्कल जन्मथलो नेपाल आउनु कुनै ठुलो कुरा भएन तर तिनीले आफुले जानेको शिप र विधा नेपालको कनिस्ट डाक्टरलाई देलान ? त्यो अहिलेको समयमा ठोकुवा गरेर कसैले पनि भन्न सक्दैनन ! धिताल स्वयमले पत्रपत्रिकालाई दिएको अन्तरवार्तालाई आधार मानेर हेर्ने हो भने निजले प्राप्त गरेको सफलताले देसको गरिब जनताको लागी प्रत्यक्ष कुनै फाईदा देखिदैन !
शेर्पाले प्रथम आरोही बनेर संसारलाई आश्चर्यमा पारे तर आफुले आर्जेको ज्ञान र शिप आफ्नो देसको युवालाई नदिएर बिदेसीलाई दिन किन गए ? त्यस्तै डाक्टर राउतले आफुले अथक परिश्रम गरेर सिकेको बैज्ञानिक उपलब्धि नेपाली युवाहरुलाई उपलब्ध गराउनुको साटो मदेसी युवाहरुलाई रास्ट्रघातको प्रशिक्षण दिंदै किन हिडे ? त्यस्तै जुन व्यक्तिले संसारलाई नै आश्चर्यमा पार्ने सरिर बिज्ञानको अद्भुत शिक्षा हासिल गरे तर ति ब्यक्ति नेपालमा नभएर बिदेसमा बसोबास गर्ने प्रबासी नेपाली भई सकेका छन भने त्यस्ता व्यक्तिहरुको मुक्त कण्ठले प्रसंसा किन गर्ने ?
नेपाली माटोमा जन्मेर जसलाई आफ्नो देस र आफ्नो देसको नागरिक प्रतिको कुनै चासोनै छैन भने त्यस्ता व्यक्तिहरुको काम कार्यको हर्षबढाई गर्नुको के औचित्य छ ? स्वदेसी बाट बिदेसी बनेर देसै माया मारेर हिड्नेले जुन देसमा गएर बसोबास गर्छन त्यहि देसको लागी पसिना बगाउछन र फाईदा पनि त्यहि देसले नै लिन्छन भने त्यस्ता प्रबासी नेपालीहरुले गरेको काम र उपलब्धि भनेको 'काग लाई बेल पाक्यो हर्ष न बढाई' भने जस्तै हो कि हैन ? नेपालमा जन्मेर मात्र नेपाली भईदैन किनभने नेपाली भन्ने सक्कली परिचय प्राप्त गर्न देस र जनताको लागी पनि केहि गरेर देखाउनु पर्छ !