Thursday, October 30, 2014

भाई फुटे गँवार लुटे !

-जनक मान डंगोल
रत्नपार्कमा हिन्दु सन्त महन्त साधु पण्डितहरु सान्तिपूर्ण बिरोधमा बसे सरकारले त्यो आन्दोलन विफल गराई दियो १/२ पार्टीले बिरोध गरेको जस्तो गरे अन्तिममा 'रातभरी करायो दक्षिणा हरायो' !

'रास्ट्रबादी' को बिल्ला भिर्ने तथाकथित हुन कि सांच्चिक्कै रास्ट्रबादीहरु हुन सामाजिक संजाल फेसबुकमा च्याउ उम्रे जस्तरी लाईक र ग्रुप पेज देखिन्छ ! यी सबैको उद्देस्य नराम्रा छन भन्न मिल्दैन !
त्यस्तै हिन्दु धर्म बचाउ भन्दै रास्ट्रबादीकै सक्कल बमोजिम नक्कल गर्दै थुप्रै पेजहरु खुलेको देखिन्छ त्यसरी पेज खोल्नेहरुको नियत पनि राम्रै होला ! आफ्नो देसको धर्म र संस्कृति बचाऔं भन्दै गरेको काम कार्य कदापि नराम्रो हुन सक्दैन !

नेपाल भन्ने देस पहिला छरिएर रहेको थियो ! गोर्खाका राजा पृथ्बी नारायण शाहले सुरु गरेको एकीकरणलाई तिनका सन्तानले कायमै राख्दै पुर्बको टिस्टा देखि पश्चिमको कांगडा सम्म पुर्याएको ईतिहास सबै नेपालीहरुले पढेको र सुनेको नै हुनु पर्दछ !

आफ्नै घर झगडाको कारणले गर्दा पुर्बको टिस्टा देखि पश्चिमको काँगडा सम्म भाको सिमाना पुर्बको मेचि देखि पश्चिमको माहाकाली सम्म खुम्चेको ईतिहास पनि सबैलाई थाहा भएकै हो र त्यसै बिचमा राणा सासनको जग बसाल्ने जंग बहादुर राणाले अंग्रेजलाई खुसि पारेर गुमेको भूभाग बाट केहि जिल्लाहरु पुन: नेपालमा गाभिएको भन्ने ईतिहास पनि सबैलाई ज्ञात भएकै हुनु पर्दछ !

पंचायती ब्यबस्था एकदलीय त्यहि माथि राजाको प्रत्यक्ष सासन भन्ने अत्तो थापेर बिदेसी गुहारेर २०४६ सालमा नेपालमा बहुदल अर्थात प्रजातन्त्र हुलेकै हो र त्यतिले पनि नपुगेर राजतन्त्रलाइ निलम्बनमा पारेर कथित लोकतन्त्र त्यो पनि जनता मस्त निदाको समय पारेर चोर बाटो बाट रातारात लागु गराको पनि धेरै बर्ष भै सकेको छ !

पन्चेतले बोल्न दिएन भनेर प्रजातन्त्र देखि लोकतन्त्र बहाल गराको भनेर सिना तानेर भन्ने लोकतान्त्रिक नेताहरूले सान्तिपूर्ण धर्नामा बसेको समुह माथी उग्र दमन गर्छन भने त्यो कुन तन्त्र भयो त्यो बताउनु जरुरि भएन !

'भाई फुटे गवाँर लुटे' भन्ने उखान नेपाल अधिराज्यमा पटक पटक घटिसकेको नजिरलाई आँखा चिम्लेको कारणले गर्दा आज देसमा देखावटी रुपमा नेपाली तर भित्र भित्र रुपमा बिदेसीले सासन गरेको हैन र छैन भनेर कसैले भन्न सक्छ ?

बहुमतको कदर हुन्छ भनेर नीति शास्त्रमा लेखिएको तथ्यलाई लात हानेर अल्पमत लागु गरिन्छ भने त्यो देसको सासन ब्यबस्था भद्रगोल नभएर अरु कुन देसको हुन्छ ? अभिलेखमा ८३% हिन्दु भनेर कायम गर्ने तर ब्यबहारमा लागु गर्दैनन भने यो कस्तो लोकतन्त्र ?

हिजो आज देसमा सबै लाई 'मै खाउ, मै लाउँ, मै मात्र बाँचु र मै मात्र अगाडी बढु' भन्ने रोगले गाँजेको छ र यो रोग ब्यक्ति मात्र नभएर राजनीतिक दल तथा पार्टीमा समेत लागु भएको छ ! एक जना हठी ब्यक्ति र उसको पछी लाग्ने १५/२० जना भएसी पार्टी गठन हुन्छ ! त्यसैको सिको गर्दै संघ तथा संगठनहरु जन्मिन्छ भने त्यसरी जन्मेको पार्टी देखि संघ संगठनले देस र जनताको हित हुन्छ ? जब सम्म एक जुट भएर अगाडी बढ्दैनन भने देस र जनताको कसरि हित हुन्छ ?

सामाजिक संजालमा व्यक्ति पिच्छे, संस्था पिच्छे लाईक पेज र ग्रुप पेज खोल्दैमा कोहि कसैको भलो हुन्न यो कुरा ध्रुब सत्य हो ! नेपालमा अहिले जाति पिच्छे संस्था त्यो पनि सप्तरंगी, धर्म पिच्छे संस्था बहुरंगी भएसी रत्नपार्कमा केहि हुलले जस्तो सुकै जायज माग राखेर आन्दोलन वा अनसन बसे पनि त्यस्तो आन्दोलन वा अनसनले कुनै अर्थ राख्दैन ! त्यसैले देस र जनताको भलो चाहने हो भने सबै एकजुट हुन सिकौ ! फुटेर हैन जुटेर अगाडी बढौ !