(तस्विर साभार: बि.बि.सी.हिन्दि बाट) |
त्यो आई पी येले ज्वा खेला पारिका एक से एक हिरो हिराहरले लगानी हालेकाच्छन ! खेत जोतेर अन्ताणी टाउका नाम्लो लार चुईचुई भारि बोकेर कमा भे पो पैसोको मुल्य तिन्हरलाई थाहा हुन्थ्यो र पैसो चिनेर उद्धोग धन्दा लाम्थे ! लुटको धन फुपूको श्राद्द भनेझै कम्मर हल्लार 'ओह डार्लिंग लप मि... ओह माई स्विट हरट आई लप यु' भन्दै एक थान फिलिममै करोड लिनेहरलाइ त्यो आई पी येले ज्वा खेला गर्या लगानी पनि 'आए आँप गए झटारो' नै हो क्यारे !
सुपर स्टार भन्ने शाहरुख खान देखि नाउँ चल्या पिरती जिन्टा भन्ने स्टारनी सम्म त्यो आई पी येले ज्वा खेलको साहुबा र साहुनी आमै भाकाच्चन ! अस्ति भर्खर त्यो त्यो आई पी येले ज्वा खेला भो ! हिरा पिरती जिन्टा र उसको ब्वाई फिरेन भन्ने 'नेस वाडीया' बिच खै के भ र हो 'ट्याक्क टुक्क' परेच्च्च ! औरत ले मर्दालाई प्याच्च भनेको किन सहन सक्थे त्यो पनि भर्खरै सप्पैलाइ तोरीको फुल देखाम्दै चम्क्या 'कमल फुले' बापूको देसा !
कुटे कुटेनन, ठोके ठोकेनन, हात मर्काए कि ताने त्यो त त्यो त्यो आई पी येले ज्वा खेलाका देखिजान्नेहर लै नै था होला ! घटना घट्या २ हप्ता पुग्ने बेला भपछी अस्तिपो 'मेरो सिल भंग गर्यो त्यै भर त्यो 'नेस वाडिया' भन्ने अन्यायी, अत्याचारी पापी लोग्ने मुन्च्चिलाई पक्डेर कारबाही गरि पाम' भनेर हिरा पिरती जिन्टाले अस्ति राती १२ बजे मुम्बईको मरिनलाईन भन्ने पुलिस ठाना उजुर हाल्न गईच्चिन !
अस्ति सम्म ब्वाई फिरेन संग हात्ता हात देखि मुटुमा मुटु जोडेर 'एक ज्यान हे हम' भन्दै हिनेका ति चखेवा चखेवीको जोडीमा किन र कसरि चन्द्र ग्रहण लाग्यो ? भनेर अहिले तिन्का फिलिमे फिरेन सारुक खान देखि सलमान खान हुँदै सैप अलि खान सम्म चार छक्क परेका रैच्च्न ! सैप अलि खान त पिरती जिन्टाको ब्वाई फिरेन 'नेस वाडिया' को भुरा देखिको साथिरे अझ !
हन हाउ यो शिलभंग भनेको त डेन्जर चिज हैन र ? भनेर उतैका कानूनको किरो अनूप भट्नागर भन्नेलाइ एक जना मुम्बईया खबरेले सोधेका रैछन ! जवाफा ति कानूनचीले 'शिलभंग' भनेकोता औरतको हाता छुने देखि समाम्ने, गालि बेज्जती देखि कुटपिट गर्ने सम्ममा पर्छ र यस्तो गरेको हो भनेर परमाण लागेमा त्यस्ता अप्रादीलाइ न्यायमूर्तिको तज्बिजा ५ साल सम्म झ्यालखाना कोच्चिनु पर्छ भनेर अर्थ्यायेछ्न !
पिरिम गर्ने बेला पहिला बात गरिन्छ, अनि मयाले हाता समातिन्छ ! अनि दुवै जनाले जोसा ताला क देखि ज्ञ सम्म अर्छ्न देखि गर्छन ! तिनका गुरुबा आमा दिलिप कुमार+सायरा बानु देखि अमिताभ+ जया भादुड़ी, धर्मेन्द्र+हेमालिनी सम्म जसरि डुपर सुपर हिट भर 'बल्ले बल्ले' भाको छ आक्कल त्यस्तो हुन्न ! पिरिम सफल भाको नभाको नाप्ने जिनिस हिजाज यो कलि युगे जमनामा रैन्च्च क्यार ! भा भे किन उजुर बाब्जुर गर्थिन ! ति हिरा पिरती जिन्टा त फिलिमे हिरा परिन ! फिलिमा त त्यस्ता आइमे मुन्च्चिको हातलाई हिरो देखि हिरोको सत्तुर सम्मले समातेको समात्यै गर्छन भने ति सप्पैलाई अब 'शिल भंग' को कानून लाग्ने भो ! यो लेखा राख्या फूटा हेर्नुस त ति दुवैले हात समातेका छन कि छैनन ?
हाम्रा त जे पनि पारीको नक्कल गर्ने चलन छ भने अब यता पनि गोर्खाली कानूनको ढड्डा बेलैमा 'शिलभंग' को परिभाषालाई परिवर्तन गरे भो ! उसै त ३३% ले नपुगेर हाम्रा आमा देखि नाना सम्म, प्यारी देखि यारी सम्मले अब देखि 'आइमे' भन्न पाइदैन भनेर कुर्लेका छन भने 'के निम पाम कनिका केलाम' भनेर बस्ने बेगारिको फौजले यस्तै कुरालाई तिलको पाड बनार सहारा आन्दोलन नगर्ला भन्ने के ग्यारेन्टी छ र ! हिजो ऋतिक रोसन काण्ड पनि हावाकै ताला भाको हैन र ?