Home » » के गरे देस र जनताको लागी ?

के गरे देस र जनताको लागी ?

Written By खांट्टी कुरा on Saturday, June 21, 2014 | June 21, 2014

गरिब जनताको पार्टी भनिने ने.क.पा एमालेको अधिबेसनलाइ लिएर मेरो एकजना मित्रले मलाइ प्रश्न गरे ! मित्र तपाईलाई हाम्रा आदरणीय नेता तथा पुर्व प्र.म क.माकुनेज्यु मन पर्छ ?
मैले सिधै भने अहँ मलाई क.माकुनेज्यु मन पर्दैन !
किन मन पर्दैन तपाईलाई उहाँ जस्तो त्यागि नेता ? मित्रको प्रश्न !
मैले भने उहाँ पनि बिरामी नेताहरु मध्येका एक हुनुहुन्छ भने उहाँको बोलीको कुनै टुंगो छैन ! बोलीको टुंगो नभाको भएर त्यस्तो नेता मलाईचैँ मन पर्दैन !
अनि त्यसो भए तपाईलाई पक्कै माननीय क.ओली मन पर्छ होला ! तपाई उहाँको खुब प्रसंसा गर्नु हुन्छ नि हैन र ?
मैले भने अहं उहाँ पनि मन पर्दैन ! राम्रो काम गर्नु भाको बेलामा राम्रो भनेर प्रसंसा गर्नु पर्छ तर प्रसंसा गर्दैमा उहाँ नै ठिक नेता भनेर भन्नु त्यो चैं गलत हुन्छ !
अनि किन माननीय क.ओली मन पर्दैन त तपाईलाई ?
मैले भने उहाँलाई देस, पार्टी र जनताको खाँचो भएर क्यार्नु ! बिरामी मान्छेले सल्लाह दिन सक्छन तर देस र पार्टी हाक्न सक्दैनन भने रोगि मान्छेलाई जानाजानी नेतृत्वमा राखीयो भने देसको सर्वस्व डुब्छ ! त्यो भनेको देस र जनताको लागी दुर्भाग्य हुन्छ ! उदाहरणको लाग्गी नजिकैको दक्षिणी छिमेकी भारत काफी छ !
अंग्रेजले देस छोड्ने बेला क्षेयरोगको दीर्घरोगी मुहम्मद अलि जिन्ना लाई देस टुक्र्याएर छुट्टै इस्लामिक देसको रास्ट्रपति बन्ने लोभले गर्दा भारत सुरुमा २ पछी ३ रास्ट्र भाको हाम्ले बिर्सेका छैनौ भने त्यसरी देस टुक्रिदा जन र धनको खतिको के हिसाव गराई भो र !
पुन: मित्रले भने त्यसो भए वर्तमान अध्यक्ष पुर्व प्र.म क. झलनाथ खनालज्यु लाइ नै निरन्तरता दिए कसो होला नि ? उहाँ त सिस्ट, भद्र र विद्वान तथा साहित्यकार पनि हुनुहुन्छ नि हैन र ?
मैले भने तपाई नरिसाउनुस मित्र अहिलेका एमालेका पहिलो पुस्ताका अधिकांस नेताज्युहरु दिर्घ रोगि हुनुहुन्छ ! उहाँहरु भनेको मिति सकिएको ओखती जस्तै हो ! मिति सकिएको ओखती खानु र माटो चपाउनुमा केहि फरक देख्दिन म ! जसरि मिति अकिएको ओखतिले कुनै फाइदा गर्दैन उल्टो बिसन्चो बनाउछ भने उहाँहरु पनि त्यस्तै हो ! बुढो गोरुले कोरेली गाई ओगट्दैमा बाच्छा बाच्छी जन्माउच भनेर कोरा कल्पना गर्न सकिएला तर बिपनामा त्यो सम्भव हुन्न !
एमाले मात्रै हैन नेपालको अधिकांस ठुला देखि साना पार्टीहरुमा अहिले सम्म दिर्घरोगि बुढा नेताहरुको हालीमुहाली छ ! जब सम्म युवाहौ भनेर उर्लिने देखि कुर्लिनेका जमातेहरु अघि बढ्दैनन तब सम्म देसले मुहार फेर्न सक्दैन !
तर,
अहिलेका सबै पार्टीमा भएका युवा नेताहरुले पनि बिद्रोह गर्न सक्दैनन ! बिद्रोह गर्नलाई आफ्नै बल बुताले नेतृत्वको भर्यांगको खुड्किलो उक्लिदै आउनु पर्नेमा अहिलेका सबै पार्टीका युवा नेताहरुहौ भन्नेहरुमा अधिकांस हिजोका टिके प्रणालीबाट आएका हुन !
टिके प्रणाली भनेको मालिकको दासत्व स्विकार्नु सरह हो भने आफ्नै मालिकको बिरुद्धमा कोही कसैले बोल्न सक्लान र ?
बोल्न सकेको भए देस आज अनिर्णयको बन्दि कसरि भयो ?
पन्चेतकालमा हिजो पन्चेत्को बिरुद्धमा जे जति सब्द बाण प्रहार गर्थे आज त्यहि सैली अहिलेका सबै ठुला पार्टीका नेताहरुले अपनाएका छन ! जुन व्यबस्थाको बिरोध गरेर आज अहिलेका नेता देखि तिनका नजिकका मान्छे देखि भान्छे सम्मले अलकापुरी कान्तिपुरीको राज गरेका छन त्यो राजमा उनीहरुको भाखाको 'पन्चेती काल रात्रि' मा भन्दा पनि दोब्बर किसिमले देशलाई 'कालरात्रि' जस्तै बनाएका छन !
पन्चेती ब्यबस्था बिरुद्ध बर्षौ बर्ष जेल नेल सहेर युद्धको संखनाद गर्ने अहिले कांग्रेस देखि कम्युनिस्ट मात्र नभएर नक्कली महापन्च हौ भन्ने समेतले अनेक तिकडम गरेर सत्तामा पुगे पछि २०४६ साल पछिको आज २५ बर्षमा के दियो त देस र जनतालाई ? देशलाई स्विटजरल्यांड देखि सिंगापुर सम्म बनाउछौ, मेलम्चीको पानीले सडक पखाल्छ्म भनेर भनेको त २५ बर्ष नाघ्न लाग्यो नि हैन र ?
यो निरंकुस पंचायती ब्यबस्था फाल्यौ भने धनि गरिव सबैलाई बराबरी बनाउछौ भनेर समाजबाद देखि कम्युनिज्म सम्मको सपना देखाएको बिर्सिनु भयो ? मैले त बिर्सेको छैन ! पंचायत फ्याँकेर देसमा आज प्रजातन्त्र देखि लोकतन्त्र सम्म आएको हिसाव गर्दा २५ बर्ष हुन लाग्यो भने यो २५ बर्षमा गाँस, बास, कपास, ओखती र शिक्षा दिएका भने भने चालीसौ लाख नेपाली युवाहरु रोजी रोटीको लागी किन बिदेस पलायन भए ?  
अस्ति भर्खर मलेसियाको पुर्व प्रधानमन्त्रि डा.महाथिर मोहम्मदले भनेको कुरा बिर्सिनु भयो ? अंग्रेजले हरि कंगाल बनाएर छाडेको तिनको देस मलेसियालाई तिनै डा. महाथिर मोहम्मदले रोजगारीको लागी बिदेस गएको आफ्ना देसको नागरिकलाई स्वदेसमै फिर्ता बोलाएर आफ्ना देसको बिकास गरेको बिषयमा दिएको प्रबचन पनि त हाम्रा नेताहरुले ध्यान दिएर सुनेका हैनन र ? अहिलेका पार्टीका ठुला नेताहरुले त्यसो गर्न सक्लान ?
अहँ सक्दैनन ! किनभने मलेसियाको ति बहादुर पुर्व प्रधानमन्त्रीले कहिले पनि बिदेसिको कुरा सुनेनन ! आफ्नो बुद्धि र विवेकमा राजाको सल्लाहलाइ समेत घोलेर दत्तचित्त भएर २३ बर्षको आफ्नो प्रधानमंत्रित्वकालमा एसियाको सफल औधोगिक रास्ट्रको पंक्तिमा उभ्याउन सफल भए ! हाम्राहरुमा त्यसो गर्ने क्षमता र घैर्यतानै छैन ! देस र जनताको बिकास हैन आफ्नो मात्र बिकास सोचे पछी सिंगापुर हैन हैन देस आज झिंगापुरचैँ भाको छ !
-janakdangol@gmail.com
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger