Friday, March 07, 2014

अपराधी पक्राउ गर्न किन नपाइने ?

(INTERPOL तथा नेपाल प्रहरी)
-जनक मान डंगोल,janakdangol@gmail.com
अपराधी पक्राउ गर्न भनेर सबै देसमा प्रहरीको संगठन खडा गरिएको हुन्च्च ! अपराधीले अपराध गरेसी देस छोडेर आर्को देसमा भाग्ने गर्दछन  ! यसरि भगुवा अपराधीलाइ समातेर बुझाउन सजिलो होस भनेर सबै देसको साझा संगठन 'अन्तर्राष्ट्रिय प्रहरी संगठन' को गठन गरिएको छ जसलाई INTERPOL को नामले पुकारिन्छ र नेपालको प्रहरी संगठन पनि अन्तर्राष्ट्रिय प्रहरी संगठन अर्थात INTERPOL को सक्रिय सदस्य हो !
गोर्खा फुजेलको १७ बर्षिय कृष्ण प्रसाद अधिकारि घटनामा संलग्न अभियुक्त मध्येको १ जना 'रुद्र आचार्य' अपराध बाट बच्न हाल बेलायत पुगेको भन्ने जानकारी प्राप्त भएर होला नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन INTERPOL लाइ जानकारी गराएको रैछ ! INTERPOL लाइ जानकारी गरायपछी उसले अनिवार्यरुपमा रेडकर्नर नोटिस जारि गर्नु पर्छ !
यसै घटनालाई लिएर अहिले एनेकपा माओबादीले हाम्रो पार्टीको सदस्यलाइ पक्राउ गर्न किन INTERPOL गुहारिस ? त्यो गर्ना साथ बिदेसी हस्तक्षेप बढ्छ भनेर कुतर्क दिएको देखियो ! 

(श्रोत http://nagariknews.com/main-story/story/14638)
धेरैलाई थाहा छैन होला नेपालमा भारतीय प्रहरी आएर मात्र अपराधी समातेर लगेको देख्छन तर नेपालको प्रहरीले अहिले मात्र हैन बिगत पंचायती सासनकाल देखि नै भारतमा गएर अपराधी पक्राउ गरेर ल्याउने गरेको छ ! यसैलाई भन्छ आपसी सद्भाव ! यस्तो पक्राउ कार्यमा भारतीय प्रहरीले नेपाल प्रहरीलाई आँखा चिम्लेर सहयोग गर्ने गरेको छ !
अपराधी जो सुकै भए पनि अपराध गरे पछी त्यस्तालाइ पक्रेर प्रहरीको जिम्मा लगाउनु सबै नागरिक समुदायको कर्तब्य हुन आउछ किनभने नेपालको प्रहरी भनेको नेपाल आमाकै सन्तान हुन !
अपराध गरेसी अपराधी पक्राउ गर्न पाइदैन भने जनताको करको पैसाले पुलिस प्रसासन किन पाल्ने ? हाम्रो पार्टीको मान्छे पक्राउ गर्न पाइदैन भन्छन भने त्यस्तो भन्ने ब्यक्ति र त्यस्तो पार्टीलाई देसमा तुरुन्त प्रतिबन्ध लगाउनु पर्छ किनभने नियम र कानूनको अगाडी सबै बराबरी हुन्छ ! 
प्राणि हत्या गर्नु हुन्न, प्राणि मध्येको सर्व श्रेष्ठ प्राणी मानव जातिको बिनाकारण खुलेआम हत्या गर्ने अनि यो हाम्रो पार्टीको मान्छे भन्ना साथ सात खत माफ गर्ने चलन संसारमा कहिँ कतै उल्लेख छैन भने कृष्ण प्रसाद अधिकारिको  हत्यारा र हत्यारा लाई बचाउन खोज्ने समेतलाइ नेपालको प्रचलित ऐन कानून अनुसार कडा भन्दा कडा कारबाही हुनु पर्दछ ! नेपालको मुलुकी ऐनमा अपराधी बचाउने र त्यस्तो अपराधको ढाकछोप गर्नेलाइ पनि अभियुक्त सरहकै संजाय हुन्छ  भनेर स्पस्टरुपमा उल्लेख छ !

  • पुनश्च:INTERPOLको पूर्ण जानकारीको लागी http://en.wikipedia.org/wiki/Interpol लाइ क्लिक गर्नुहोस !

No comments: