Friday, March 07, 2014

सोध्न, बुझ्न अनि जिज्ञासा राख्न पाइन्न र ?

(स्निप सुट क्याप्सन:आनन्द राम पौडेलज्यु को फेसबुक वाल बाट)

फेस्बुके मित्र धर्मेन्द्र खड्काज्यु ले “मासिक झन्डै नेपाली पांच लाख तलब खाने हेल्प नेपाल भन्ने परोपकारी संस्थाका संस्थापक पत्रकार रबिन्द्र मिश्रले चाहिँ यो परोपकारी काममा कति दान गरेका रहेछन बुझ्न पाए हामि पनि एक दुइ सुका दान गर्नु हुन्थ्यो” र हेटौडा निवासी आनन्दराम पौडेलज्युले “एउटा लालीगुराँस बहुउद्देश्यीय सकारी संस्था रहेछ (सायद गोंगबु तिर ! ) त्यसले सुरेन्द्र भण्डारी नामका व्यक्तिलाई सचिव तथा कार्यकारी निर्देशक बनाएछ ! कर्मचारीलाई नै बोर्ड सचिव बनाएको अलि नसुहाउँदो होकी जस्तो लाग्यो ! तिनलाई दिएको मासिक रु. ४ लाख तलव तथा त्यसको अतिरिक्त गाडी, ड्राइभर, पेट्रोल, खाजा भत्ताहरूको अङ्क सुनेर पत्याउनै गार्हो पर्यो ! एउटा कर्मचारीलाई यत्रो सुबिधा दिनसक्ने सकारी संस्था कत्रो होला ? एकपल्ट हेर्ने पर्ने भएको छ” भनेर हिजो मिति २०७० फाल्गुन २१ गते उहाँहरुको फेसबुकमा पोस्ट गरिएको यी दुवै स्टाटस हरु पढ्ने मौका पाइयो !
(स्निप सुट क्याप्सन:धर्मेन्द्र खड्का ज्यु को फेसबुक वाल बाट)
यसैलाई आधार बनाएर मैले व्यंग्यात्मक सैलिमा फेसबुक तथा ट्वीटमा “कसले भन्छ नेपालीहरु गरिप छ भनेर” पोस्ट गरेको स्टाटसमा आनन्दराम पौडेलज्युको स्टाटस माथि कोहि कसैले क्रिया प्रतिक्रिया जनाउन चाहेनन तर धर्मेन्द्र खड्काजी ले पोस्ट गर्नु भएको स्टाटसले चैँ १० रेक्टरकै भैचालो गयो किनभने त्याहा बि.बि.सी नेपाली सेवाको पत्रकार रबिन्द्र मिश्र सम्मिलित हेल्प नेपाल नेटवर्कको चर्चा गरिएको थियो !
नेपालको लोकतन्त्रे अन्तरिम संबिधानमा सुचनाको हक भन्ने उल्लेख छ ! सुचना लिन र दिन निर्वाध पाइन्छ भने जिज्ञासा राख्नु कुनै ठुलो कुरा भएन ! मैले पोस्ट गरेको स्टाटसमा सकारात्मक भन्दा पनि नकारात्मक लेखिएको धेरै पाइयो ! नकरात्मक लेख्न पाइदैन भन्न खोजिएको हैन र किन लेखिस भन्ने कुरा पनि आउदैन ! सामाजिक संजाल हो सिस्ट भाषामा वाद विवाद गर्न र ज्ञान साटासाट गर्न पाइन्छ !
(स्निप सुट क्याप्सन:पंक्तिकार जनक मान डङ्गोलको फेसबुक वाल बाट)
कुरो हेल्प नेपालको मात्र नभएर त्याहा सहकारिको पनि छ ! सहकारीमा जम्मा हुने पैसा पनि नेपाली जनताकै हो भने हेल्प नेपालमा जम्मा हुने पैसा पनि नेपाली जनताकै हो ! फरक यत्ति छ सहकारीमा जम्मा हुने धन व्यक्तिको निजि हुन्छ भने हेल्प नेपालमा दिइएको धन चैँ समाज सेवाको लागी हो !
हाल नेपालमा सहकारी संस्थाले मच्चाएको बिकृती र विसंगति बारेमा धेर थोर नेपालीलाइ जानकारी नभएको होला भनेर भन्न सकिदैन ! सहकारीको बिकृतिको बारेमा कोहि कसैले चुंक्क बोलेको देखिएन तर हेल्प नेपालको बारेमा महाभारत नै मच्चाउनु पर्ने कारण चैँ किन ?
रबिन्द्र मिश्र बि.बि.सी नेपाली सेवा नामको बिदेसी संस्थाले चलाएको रेडियोको प्रमुख हुन भने नागरिक समाजको सदस्य पनि हुन ! त्यो संगै उनि हेल्प नेपाल नेटवर्क नामको परोपकारी संस्थाको मुख्य सदस्य पनि हुन ! पत्रकारिता रबिन्द्र मिश्रको पेसा हो भने अन्य काम समाज सेवा ! मेरा मित्र धर्मेन्द्र खड्काजी ले मात्र जिज्ञासा राख्दा लौ रबिन्द्र मिश्र जस्तो मनकारी देउता मान्छे माथि अम्लो ठड्याउने त्यो को हो भन्ने हिसाबले सोच्ने हो भने यो दास मानसिकता हो कि हैन ?
हेल्प नेपालले राम्रो काम गरेको होला त्यो आफ्नो ठाउँमा छ ! हेल्प नेपालको लागी रबिन्द्र मिश्र खटेका छन त्यो आफ्नो ठाउँमा छ ! हेल्प नेपालको रकमको आम्दानि खर्चको जानकारी कसरि लिने वा दिने भन्ने कुरा धेरैलाई थाहा नहुन पनि सक्छ र त्यसरी थाहा नभएर नै सोधिएको बिषयलाइ यस्तो र उस्तो भन्नु त्यो जायज काम हैन !
नेपालमा मान्छे लाइ तुरुन्तै महा मानव देखि देउता हुँदै अन्त्या दानव देउता बनाउने काममा पत्रकारहरु खप्पिस छन ! नपत्याय दिल सोभा प्रकरणलाई हेर्नुस ! हिजो आज समाजसेवा र रास्ट्रबाद धेरैको मागी खाने भाडो पनि भाको छ ! व्यक्तिगत चर्चाकै कुरा निकाल्ने हो भने हिजो २०६२/६३ को आन्दोलनमा नागरिक समाजको अभियन्ता बन्दै धर्म निरपेक्ष र गणतन्त्रको चर्को वकालत गर्नेमा पत्रकार रबिन्द्र मिश्र पनि थिए !
नेपालको नागरिक समाज भनेको विपक्षीहरुले ब्यबस्था बदल्नको लागी मात्र प्रयोग गर्ने अस्त्र हो भनेर बुझ्छु म चैँ ! यदि नागरिक समाज छ भने गोर्खाको अधिकारि दम्पतिले अनसन गरेको आज कति दिन भयो ? किन बोलेन र किन आवाज बुलन्द गरेनन ? नेपालमा नागरिक समाज छ भने टिचिंगको डाक्टर गोबिन्द के.सी प्रकरणमा किन बोलेनन ? काठमाडौंमा पानीको हाहाकार देखि लोडसेडिंग अनि महंगीको हाहाकार छ असुरक्षाको कुरा नगरौ यस्तोमा किन बोल्दैनन ? नागरिक समाजको बारेमा यस्ता धेरै प्रश्नहरु उठ्न सक्छन !
नेपालमा बिसुद्द र निस्वार्थ सेवा कोहि कसैले गर्दैनन भन्ने कुरा यो प्रजातन्त्र बहाली गरेको २४ बर्षमा स्पस्टरुपमा देखिएको छ ! समाजसेवाको भर्यांग चढेर ठुला पदमा पुग्नु नेपालमा कुनै नया र नौला कुरा भएन ! जो कोहिले पनि किन र के को हिसाबले समाज सेवा गरेको छन त्यो देखिएको पनि छ र नदेखिएको हकमा त्यो त पछी समयले बताउला देखाउला ! न म समाज सेवाको बिरोधि हु न बिरोध नै गर्छु, तर कसैले कुनै प्रश्नको जिज्ञासा राख्छन भने त्यसको जवाफ जो कोहिले पनि विनम्रतापुर्बक दिन सकिन्छ र दिनु पनि पर्दछ मेरो भन्नु चैँ यत्तिनै हो ! 
  • बि.स.२०७० फाल्गुण २३ गते शुक्रबार



No comments: