न्याय हराय गोर्खा जानु'
..
तर आज तिनै राजाको राज्य त छ तर तिनका सन्तानलाई गद्धी बाट च्युत गराएर छाडे ! जुन दिन बाट गद्धीच्युत गर्ने योजनामा देसी देखि बिदेसी सम्म लागे त्यो दिन बाट मुलुकको रास्ट्रीयता धर्मराउन थालेको कुरा घाम झैँ छर्लंग छ !
जब मान्छेहरु धन र पदको लोभमा फस्छन तब त्यो मान्छेले सुरुमा बिक्रि गर्ने भनेको आफ्नो इमान र जमान हो ! बितेको २४ बर्ष भन्दा अगाडी देखिनै केहि मुट्ठीभरक नेपालीहरु धन र पदको लोभमा परेर पहिला देस र माटो सुहाउँदोको ब्यबस्था फाल्न कम्मर कसेर लागेर र फाले पनि ! दोश्रो पटकमा देस जोड्नेको सन्तानलाई गद्धिच्युत हुन बाध्य पारे !
किन र कसरि यस्तो कार्य हुदैछ भनेर गुन्ने हो भने माथिनै लेखि सके जब मान्छे धन र पदको लोभमा फस्छ तब उसले गर्ने नै कुकार्य हो ! सुकार्य गर्न उसले चाहेर पनि सक्दैनन ! २००७ साल देखि आजको मिति सम्मको बीच बिचमा चलेको यो खेल कहिले सम्म चल्छ भन्न कठिन छ ! कतै यो खेलले सिक्किम निम्त्याउने त हैन ? नतिजा त्यस्तै देखाउदै छ !
चिकित्सा क्षेत्रमा लागेका एक जना सन्त डाक्टरले चिकित्सा क्षेत्र भित्रको कुरीति, बिकृति, विसंगतिर भ्रष्टाचारको बिषयमा आवाज उठाएर आमरण अनसन बस्ने र माग पुरा गर्छु भन्दै अनसन तोडाउने यो मुसो र बिरालोको खेल चलेको पनि लामै भै सक्यो ! हिन्दि सिरियलको तरिकामा मन्चन भएको यो नाटकको पूर्ण पर्दा कहिले खस्ने हो भन्न गारो छ !
बितेकै हप्ता सारा जनताले सास्ती पाई सकेपछी ‘डाक्टर के.सी को सम्पूर्ण माग पुरा गर्छु’ भनेर बचन दीई सके पछी आजको यत्तिका दिन सम्म माग पुरा नगरेर अल्मल्याउनु को मतलब पनि त्यहि नै हो ! धनको लोभ र पदको लालच !
गल्ति ति पदाधिकारीको हैन ! गल्ति त हामि नेपाली जनताको हो ! पटक पटक बहुमत दिंदै ठुला पार्टी बनाये पछी ति पार्टीका ठालुहरुले देस र जनताको टाउकोमा गिर(भकुण्डो) नखेले कसको टाउकोमा खेल्छ त ? बाघ पल्किनु भन्दा नै पहिला खोर बलियो बनाको भए आज पटक पटक बाघ पल्केर बाख्राको सत्यानास पक्कै पनि हुन्थेन !
कतिन्जेल सम्म त्यो बुढो र क्षीण सरिर लिएर अनसन बस्नु हुन्छ डाक्टर गोबिन्द के.सी ? नेपालको राजधानी काठमाण्डौमा हिजो आज हृदय भाको मान्छे बस्दैनन ! ठुला पार्टीका नेताहरु धन र पदको लोभमा बिकेर २४ बर्षमा अनेक थरिको ताण्डब नृत्य देखाउदा पनि उल्टै तिनै नेताहरुको मन्दबिषरुपी बोलीमा सम्मोहन हुन्छन भने तपाइँले पटक पटक गर्नु भएको त्यो अनसनको के अर्थ ?
देसको राजधानीमा बस्ने भनेको चेतनसिल सामाजिक प्राणि हुन ! सामाजिक प्राणीमा मान्छेको बर्ग पनि पर्दछ तर नेपालको राजधानी काठमाण्डौमा चेतनसिल प्राणि बस्दैनन ! नेपालको राजधानी काठमाण्डौमा भेडाहरु बस्छन भनेर कुनै समयमा राजनीति गर्ने पार्टीको नेता जसलाई त्यागि देखि लौह पुरुष नामले समेत पुकारिएको देशकै जेठो पार्टी नेपाली कांग्रेसको बरिस्ठ नेता गणेस मान शिहले समेत स्विकार्नु परेको थियो !
जसले जिन्दगीभर प्रजातन्त्रको लागि लड्नु पर्यो र प्रजातन्त्र दिलाए पनि र प्रजातन्त्र दिलाएको २ बर्ष नपुग्दै त्यस्ता महान व्यक्ति समेत लाइ त झिंगा सम्झेर मिल्काइन्छ भने तपाइँको त के कुरा गराई भो डाक्टर साप ? भो बस्नु पर्दैन अनसन ? कसको लागि र किन बस्ने अनसन ? जब भेडा जस्ता जनताले तपाइको महान कार्यको समर्थन गरेर सडकमा तान्दाब नृत्य प्रस्तुत गर्दैनन तब सम्म यी आज्ञाको पालकहरु बाट तपाइको त्यागको कुनै अर्थ राख्दैनन ! जब न्याय मुर्तिनै सरकारको प्रमुख छन र न्याय मुर्ति बाट नै बचनको पालना हुन्न भने तपाइले बस्नु भएको अनसनको के अर्थ ?
'साझा कुरा दैनिक मकवानपुरको बि.स.२०७० माघ २७ गते सोमबारको अंकमा प्रकाशित'
0 Comments:
Post a Comment