भिखारी भन्नाले आफ्नो जीवन धान्न वा बाच्नको लागि
अर्कामा दैलो दैलोमा चाहर्दै याचनाको साथ भिख मागेर गुजारा चलाउने व्यक्तिलाई
भनिन्छ ! भिखारीको कुनै घर वा बासस्थान हुँदैन ! साथै भिखारीको कुनै पहिचान पनि
हुँदैन ! मोटामोटीरुपमा यिनै हुन भिखारीको परिभाषा !
हाम्रो नेपालमा बितेका केहि बर्षहरु देखि छुट्टै
किसिमको भिखारी देखिन थालेको छ ! बासस्थान छैन भनौ भने महलमा बस्छन ! महलमा
बस्नेले खाने भनेको चौरासी व्यंजन हो भने लगाउने पोसाकको त के कुरा गराई भो !
महलमा बसी सके पछी पाउ कस्ट गर्ने कुरा पनि भएन ! यस्ता आधुनिक विकासे भिखारीलाइ
नेपालको जनताले राजनीतिक पार्टीको नेता भनेर चिन्ने र जान्ने गरेका छन !
यी राजनीतिक भिखारी हरु पनि बडो अजिब अजिबका
हुन्छन ! यिनले माग्ने भिखको तौर तरिका छुट्टै हुन्छ ! पहिलो चरणमा प्रेमीले
प्रेमिकालाइ पठाउने प्रेम पत्र जस्तै गरि पार्टीको निला, राता, हरिया, पहेला आदि
इत्यादि रंगको कागजा कम्प्युटरे टाइप देखि हस्तलिखित चिट्ठी पत्र प्रदान गरिन्छ !
पेट बोलीमा लेखेका हुन्छन ‘देस र जनताको परिवर्तनको लागी यहाँको तर्फ बाट सानो सहयोगको
अपेक्षा गरेका छौ’ ! त्यो सानो भनिएको सहयोग रकम करोड देखि हजार सम्मका हुन्छन !
दोश्रो चरणमा आदेशको पालना किन भएन भनेर तर
ताकेता गरिन्छ ! ‘ज्यु रहेपो खान पाइन्छ घ्यु’ भन्दै पैसोवाल दाताले हजुरको
हुकुम सर आँखो पर माइबाप ! हजर श्रीमानको जो निगाहा ! गरिबको दैलामा सहयोग लिन
सवारी होस भनेर खबर पठाउछन ! साँच्चिकै भिखारी पाउकस्ट गर्छन भने राजनीतिक भिखारी
जापाना बन्या प्राडो देखि घटियाँ छिमेका बन्या बोलेरोको यात्रा गरेर भिख थाप्न
जान्छन !
यस्तै गरि भिख बटुलेर हिजोका ति भिखारीहरू घटीमा
पनि बायुपंखी घोडा चढ्ने भै सकेका छन भने कास्मिरी बासमती भन्दा अरु घाटी बाट छिर्न
छोडी सकेको छ ! हाच्छ्यु मात्र आयो भने पनि लौ स्वास्थ्य गडबडी भो भनेर ताल परेको
खण्डमा आकासे एम्बुलेन्स बोलाएर उपचारको नाउँमा हनुमाने फौज लिएर जान बेर लाम्दैनन
! यी भए हिजोको तौर तरिका !
चिनि धेरै खायो भने तितो हुन्छ ! एकैनासको कार्य
गर्दा बोरिंग फिल हुन्च्चरे भनेर आजकल भिख माग्ने नयाँ तरिकाको आविस्कार गरिएको छ
! जसरि सर्खारले ठेक्दारको वा उधोगपतिको काम र दामको आधारमा बिदेसिको भाखा भन्ने
क्याटेगरी नामको बर्गिकरण गरेको हुन्छ त्यस्तै गरि राजनीतिक भिखारीहरूले पनि क, ख,
ग, घ गरेर चन्दा नामको भिखको बर्गिकरण गरेका छन ! अब कुन कुन दाता कुन कुन
श्रेणीमा पर्छन त्यो भन्न परोइन !
बेपार ब्यबसाय गर्ने लाइ बेपारी भन्छन र यी
बेपारिको मना हरि हुन्न ! जाहा बाट जता बाट सुकर्म/कुकर्म गरेर भए पनि पैसो कमिनु
पर्यो ! हातमा कचौरा लिएर दैला आउने देखि लिएर प्राडो, पजेरो र बोलेरो लिएर आउने
सम्मलाइ यिनीहरुले असर्फी बर्साउने गर्छन
!
तर,
प्रजातन्त्र देखि गणतन्त्र सम्म आइपुग्दा बेपारी
हरु पनि धेरै परिवर्तन भै सकेका छन ! हिजो पन्चेको पालामा दैलो उभिने कचौरा
हल्लौनेलाई सुका मोहोर दिन्थे ! बेपार गरेर मनग्गे कमाउथे ! आफ्ना कामदारलाई कुस्त
बोनस दिन्थे र धार्मिक देखि सामाजिक कार्यमा समेत उत्तिकै दत्तचित्तले लाग्थे !
अहिले त्यसो छैन ! कर्मचारीलाई बाड्ने बोनस देखि लिएर धार्मीक तथा सामाजिक कार्यमा
खर्चिने ति पैसो राजनीतिक भिखारीहरूलाइ बाड्च्च्न ! सायद यसैलाई भनिन्च्च क्यार
‘गाइ मारेर गधा पोस्ने’ !
बिकास खबर पत्रिका दामन मकवानपुरको
बि.स.२०७० माघ २७ गतेको अंकमा प्रकाशित
0 Comments:
Post a Comment