Home » » केहि मदेसबादी नेताज्युहरु लाइ मेरो प्रश्न !

केहि मदेसबादी नेताज्युहरु लाइ मेरो प्रश्न !

Written By खांट्टी कुरा on Monday, January 27, 2014 | January 27, 2014

तपाइँहरु केहि मदेस्बादी नेताज्यूहरु मदेसको मान्छे भएकोले मैथिली/भोजपुरी/अबधि/ताजपुरिया/थारु तपाइहरुको मातृ भाषा हो तर तपाइँहरु हिन्दिमा लेख्न र बोल्न मन पराउनु हुँदो रैछ ! हिन्दि भाषा नेपालको सहरी भेगकाले बाहेक अरुले बोल्दैनन भने तपाइहरुको हिन्दि भाषा प्रतिको लगाव देख्दा तपाईहरु पनि सद्भावना पार्टीको नेता स्व.गज्जु बाबु जस्तै लाग्यो !
हिन्दि नेपालको मात्र हैन कि भारतको पनि भाषा हैन ! उत्तर भारतीयले भन्दा अरुले हिन्दि बोल्न जान्दैनन पनि बोल्दैनन पनि ! मैथिली, भोजपुरी,अबधि, थारु, ताजपुरिया आदि मदेस्का मातृ भाषा हुन भने हिन्दि नेपालको रास्ट्र भाषा/मातृ भाषा केहि पनि हैन ! यदि हिन्दि भारतको रास्ट्रिय भाषा हुन्थ्यो भने भारतको संबिधान र संसदमा अंग्रेजी लेखिदैन्थ्यो र बोलिदैन्थ्यो !
भारतको २८+१ थप २९ प्रदेश मध्ये मध्य प्रदेस, दिल्ली, बिहार, पश्चिम बङ्गाल, उत्तर प्रदेस र उत्तराखण्डको पनि सिमित व्यक्तिले मात्र हिन्दि भाषा प्रयोग गर्दछन, लेख्छन ! प्रायले आफ्नै मातृ भाषा प्रयोग गर्न रुचाउछन भने तपाइहरु हिन्दि भाषा किन र के को लागी प्रयोग गर्दै हुनुहुन्छ ?
आफ्नो मातृ भाषाको सम्मान गर्न नजान्ने अनि बिदेसी भाषा अंगाल्नेहरु कसरि सच्चा मदेसबादी नेता हुन्छ ? तपाइँहरु पनि उही नेपाली उखान "नया जोगीले बढ्ता खरानी घस्छ" भन्ने खालको हुनुहुँदो रैछ ! लेखाइ तितो छ मेरो ! सच्चा नेपाली मदेसी हो भने आ-आफ्नो मातृ भाषा प्रयोग गर्नुस !
 
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger