Home » » कस्को इसारामा हटाइयो राजतन्त्र ?

कस्को इसारामा हटाइयो राजतन्त्र ?

Written By खांट्टी कुरा on Saturday, September 14, 2013 | September 14, 2013



उत्तरी छिमेकी मित्र चिनको दिन प्रतिदिन बढ्दै गएको आर्थिक तथा सामरिक शक्ति बाट अत्तालिएको पश्चिमा रास्ट्रहरुले जब सम्म नेपालमा राजतन्त्र हुन्छ तब सम्म नेपालको उत्तरी छिमेकी मित्र चिन माथि आधिपत्य जमाउन सकिदैन भन्ने कुरा पश्चिमा मुलुक अझ खास गरि अमेरिका तथा बेलायत लाइ राम्रै संग थाहा थियो ! कम्युनिस्टहरु राजतन्त्रको बिरोधि हुन तर आफ्नो देसको भलाइको लागी यो कुरा लाइ बुझेर नै क.माओले नेपालको राजतन्त्रलाइ पूर्ण समर्थन दिएका थिए !
नेपालमा माथि बेलायति गिद्धे दृस्टीत मल्ल काल देखिनै थियो भन्ने कुरा इतिहासमा समेत लेखिएको छ ! नेपाली साहबंसिय राजाको कारणले गर्दा सिक्किमलाइ जस्तै गरि नेपाललाई पनि हडप्न सकेका थिएनन ! राजा भए सम्म आफ्नो अभिलासा पूर्ण नहुने देखेर २००७ साल भन्दा अगाडी नेपाली कांग्रेस र त्यस पछी नेपालको कम्युनिस्ट नेताहरु लाई आफ्नो भूमिमा मलजल गरेर हुर्काइ अन्तत: २०६३ सालमा नेपाल बाट राजतन्त्र हटाउन सफल पनि भए !
भारतले नेपालको राजतन्त्र फालेको भनेर कसैले भन्छ भने त्यो सोरै आना गलत ठहरिन्छ ! नेपालमा राजतन्त्र हटाउनमा भारत नभएर अमेरिका तथा बेलायतको इसारामा भारतीय नेता अझ खास गरि भारतीय कांग्रेसको ठुलो हात छ ! सोनिया गान्धी भारतीय हैनन ! इटालीमा जन्मेको सोनिया गान्धीलाइ भारतीय कांग्रेसको नेता इन्दिरा गान्धी पुत्र राजिब गान्धीले बिहे गरेका हुन ! आफ्नै अंगरक्षकको गोलि बाट इन्दिरा गान्धीको हत्या पश्चात राजिब गान्धी भारतिय राजनीति तथा सरकारमा छाए ! पछी उनको पनि आतंककारीको हात बाट हत्या भयो !
भारतीय कांग्रेसको नेताहरुको अनुरोधमा जुन दिन बाट भारतीय राजनीतिमा सोनिया गान्धी हावी हुन थालिन त्यस पछी नेपालको राजतन्त्रमा कालो बादल मडारिन सुरु भयो ! प्रत्यक्ष निर्वाचन नाजितिकन प्रधानमन्त्रि बनेका वर्तमान प्रधानमन्त्रि मनमोहन शिंह लाइ पटक पटक प्रधानमन्त्रि बनाएर पर्दा पछाडी बाट राजनीति गर्न माहिर सोनिया गान्धीले नेपालमा जन्मेका तर बिदेशीको गुलामी अनि देस र जनता माथि गद्दार गर्ने नेपाली कांग्रेस तथा कम्युनिस्टका भ्रस्ट, अबसरबादी तथा पद लोलुपता व्यक्तिहरुलाई आफ्नो मुट्ठीमा पारेर नेपाल बाट राजतन्त्रलाइ हटाउन सफल पनि भईन ! जसरि नेपालको नेताहरु भारतीय नेताको इसारामा नाच्छन त्यस्तै गरि भारतीय नेताहरु पनि अमेरिका तथा बेलायतको इसारामा नाच्छन यो कुरा भारतकै राजनेताहरु पनि निर्धक्क संग बताउछन र समय समयमा समाचारमा पनि पढ्न र सुन्न पाइएकै हो ! नेपालको राजतन्त्र भारतीय नेताहरुले हटाएको हो भन्नु त्यो जस्तो ठुलो भ्रम अरु के हुन सक्छ ? देखावटीरुपमा भारत अगाडी देखिएता पनि नेपालको राजतन्त्र हटाउनुमा अमेरिका,बेलायत लगायत अन्य पश्चिमा रास्ट्रहरु जिम्मेवार छन !
अहिले यतिखेर नेपालबाट राजतन्त्र मात्रै हटाइएको छ तर अहिलेका यस्तै देस र जनतालाई गद्दार गर्ने नेताहरु भयो भने बुद्धको जन्मभूमि नेपाल चाडैनै सिक्किम नहोला भन्न के बेर ? के हामि हरुले अझै पनि देस र जनता माथि गद्दार गर्ने यस्ता नेताहरुको पटक पटक बिस्वास गर्नु हुन्छ ? देस भन्दा ठुलो अरु केहि हुन सक्दैन ! आफ्नो माटो भनेको आफ्नै हुन्छ ! सबैलाई चेतना भया !

© जनक मान डंगोल,www.janakdangol@gmail.com
 




Share this article :

1 comment:

  1. Sun chore pani chor,nun chore pani chor nai ho.yasmaa Bharatko pani haat 6.Baaki kuraa 16 aanaa sahi ho.

    ReplyDelete

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger