Sunday, September 15, 2013

क.प्रकास दाहाल रास्ट्रबादी भएछन !

खांट्टी कुरा     September 15, 2013    


क.प्रकास दाहाल अर्थात एनेकपा माओबादी पार्टीको अध्यक्ष पुष्पकमल दाहालको एक्लो छोरा ! सोहि पार्टीको राज्य समितिको सदस्य ! परिचय यति मात्र ! अर्काको निजि जीवनमा के के भो के के गरे त्यो कोट्याउनु जरुरि छैन र ठानिन पनि !
बिगत केहि दिन देखि क.प्रकास दाहालले सामाजिक संजाल फेसबुकको भित्तामा अत्यन्त सारगर्भित रास्ट्रिय भावनाले ओतप्रोत भएको स्टाटसहरु प्रेषित गर्ने गरेको देखेको छु ! सोहि मध्येको केहिलाइ मैले मेरो ब्लगमा राख्ने जमर्को गरेको छु !
भारतीय बिस्तारबाद - मुर्दाबाद ! २०५२ सालमा जनयुद्द सुरु गर्ने बेलामा त्यतिखेरको माओबादी पार्टीको पहिलो नारा ! यहि नारा बोकेर माओबादी पार्टी जन युद्धमा होमिएको थियो !
जनयुद्द सफल भो, असफल भो त्यसको निर्क्योल अहिले सम्म कसैले पनि गर्न सकेको छैन ! आफ्नाले आफ्ना लाइनै रेटे, चुटे, कुटे, मारे, घाइते र अपांग बनाए जसको फेहरिस्त लामै हुन्छ !
माओबादी पार्टीको जन्म भारतमै भएको हो ! त्यहि जन्म्यो, हुर्क्यो बढ्यो अथवा सिधा र सरल भाषामा भन्नु पर्दा भारतले जन्माएको ठिमाहा छोरा जस्तै हो माओबादी पार्टी !
आफ्नो स्वार्थपूर्तिको लागि जन्माएको उक्त पार्टीले न त अहिले सम्म देशको बिकास गर्न सकेको छ न त जनताको जीवनस्तर उकास्न नै सकेको छ ! अर्काको इसारामा चल्ने पार्टीले देसमा अघोषित गणतन्त्र, धर्म निरपेक्षको घोषणा भन्दा अरु केहि गर्न सकेको छैन !
क.प्रकास दाहाल स्वयम भारतमै खाइ खेली हुर्की पढेका  व्यक्ति हुन ! भारतकै सहयोगमा निजको पिता देसको प्रधानमन्त्रि बन्न सफल भए र आज नेपाली जनताले चिनेको क.प्रचण्ड नेपाली ब्यक्ति नभएर भारतले जन्माईदेको क.प्रचण्ड मात्र हुन ! नेपाल आमाले जन्माईदेको नेपाली छोरा त हिजोको मास्टर छबिलाल दाहाल भनेर कास्की देखि चितवन सम्मका जनताले मात्र चिन्दथे ! किन भने छबिलाल दाहाल पहिला कस्केली र तिनका  पिता बसाइ सरेर चितवन गए पछी मात्र चित्तौने मात्र भाका हुन !
हिजो भारतको इसारामा तथा उसले दिएको हतियारको बलमा देस लाइ तहस नहस पार्दै हज्जारौ हज्जार नेपाली जनताको चिहान अनि नेपाली जनताको खुन र पसिनारुपी कर बाट बनाइएको खर्बौको भौतिक सम्पति नस्ट पार्ने माओबादी सुप्रिमोको छोराले आज आएर सामाजिक संजालको भित्तामा अहिले यतिखेर भारतको बिरुद्ध बिष बमन गर्दैमा के सच्चा नेपालीको छोरा अर्थात खाँटी रास्ट्रबादी भइन्छ र ?
(पुनश्च: सबै स्टाटस क.प्रकास दाहालको फेसबुक लाइक पेज बाट साभार गरिएको हो )


© जनक मान डंगोल,www.janakdangol@gmail.com

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .