Home » » नाताबाद र कृपाबादको भरमा चुनाव जितिन्न !

नाताबाद र कृपाबादको भरमा चुनाव जितिन्न !

Written By खांट्टी कुरा on Sunday, May 12, 2013 | May 12, 2013



भए भरको टिकट जति पहिला आफ्नो परिवार, नातागोता, हुक्के बैठके ढोके र चम्चे अनि अलिअलि बचेको चैँ पार्टी कार्यकर्तालाई बाडेको परिणाम (?) सत्तानसिन पाकिस्तान पिपुल्स पार्टी अर्थात स्व.जुल्फिकार अलि भुट्टोको छोरी तथा पाकिस्तानको पहिला प्र.म.स्व.बेनजिर भुट्टोको पार्टी अहिले भएको  नयाँ आम निर्वाचनमा नराम्ररी पराजित भयो  ! राज्य स्तरमा पनि उसको गृह  राज्य सिन्ध प्रान्त बाहेक अरु राज्यमा पनि नरामररि  हार ब्यहोर्नु परेको छ ! (स्मरण रहोस तत्कालिन सैनिक सरकारले स्व.जुल्फिकर अलि भुट्टो लाइ फाँसी दिएको बिषयलाई आधार बनाएर नेपालका बामपन्थीहरुले २०३६ सालमा आन्दोलन गरेका थिए र सोहि आन्दोलनको कारणले गर्दा जनमत संग्रह भएको थियो)

..
अब हुने नेपालको निर्वाचनमा पनि यस्तै घटना दोहरिन्छ  ! कुनै संका छैन ! नाताबाद र कृपावादको हल्का ट्रेलर क्यास माओबादीको अस्तिको हेटौडा अधिबेसनले देखाएको छ ! त्यसतै ट्रेलर कांग्रेस, एमाले ले पहिला पनि पटक पटक देखाई सकेको छ !
..
पाकिस्तानको आम निर्वाचन बाट पाठ सिक नेताहो पाठ ! सत्तामा बस्दैमा चुनाव जितिदैन ! चुनाव जित्नलाई बिकास निर्माण, रोजगार तथा स्वास्थ्य शिक्षा र जनताको मन जित्न सक्नु पर्छ ! तर सत्तामा बसेर चुनाव कसरि जित्नु पर्छ भनेर मलेसियाको अस्ति भाको निर्वाचन लाइ केश्रा केश्रा गरि केलाउनु ! कन्ठै हुन्छ ! थाहा छ मलेसिया भनेको ? 
..
तस्बिर बि.बि.सी.हिन्दि सेवा बाट साभार !
Share this article :

1 comment:

  1. ठिक भन्नु भो, अहिले इमरान खानका पक्षमा देखिएको युवाहरूहो जमातले पनि पाकिस्तानी राजनैतिक परिदृष्यबाट नेपाली युवाहरूले केही सिक्नै पर्छ ।
    दल भन्दा पनि व्यक्ति हेरेर अनि विकास गर्न सक्ने दक्षतालाइ निर्क्योल नगर्ने हो भने हाम्रा युवाहरूको काम मात्रै रत्नपार्कको बार भाँच्नु र अान्दोलन गर्नु मै सिमित हुन्छ ।
    चेतना भया ।

    ReplyDelete

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger