क.प्रचण्डले सम्माननीय
रास्ट्रपतिज्यु लाइ भनेछन फेरी म्याद थपीदिनुस ! मलाइ यो शब्द सुन्दा यस्तो लाग्यो
जस्तै कुनै मानिसले कुनै अपराध गर्यो भने प्रहरीले पक्राउ गर्छ र अभियुक्त लाइ
समेत लिएर मुद्धा हेर्ने अधिकारि काहा गएर लिखत मा भन्छ जाँचबुझ तथा अनुसन्धान
गर्नु पर्ने भएकोले ७ दिनको म्याद पाउ ! ७ दिन म्याद मा पनि काम तामेली गर्न सकिएन
भने फेरी अभियुक्त लाइ लिएर गएर लिखतमा भन्छ काम आधा भो पुरा गर्न लाइ फेरी ७ दिन
म्याद पाउ ! मुद्धा हेर्ने अधिकारीले मुद्धाको प्रकृती हेरेर म्याद थप्दै जान्छन ७
दिन ५ दिन ३ दिन यस्तै ! तर म्याद भित्रमा पनि काम तामेली गर्न सकिएन भने त्यो
अनुसन्धान गर्ने अधिकारि नालायक ठहरिन्छन र उसले भबिस्यमा कुनै पनि मुद्धा
मामिलाको काम गर्न पाउदैनन् अझ उस्तै परे भविष्यमा सरकारी नोकरीको लागि अयोग्य
समेत ठहरिने गरि बर्खास्त हुन सक्छन ! अहिले नेपालको राजनीतिक रंगमंचमा पनि यस्तै
देखिएको छ ! म्याद माथि माथ लिएका छन र बिना उपलब्धि म्याद गुजार्दै बसेका छन ! सरकारी
कर्मचारी नालायक ठहरिएर बर्खास्त हुन्छन भने यी राजनेताहरुलाई बर्खास्त गर्ने
कस्ले ? जसले म्याद थपी दिन्छन तिनका हातमा कुनै अधिकार नै छैन ! जब अधिकारनै
नभएको व्यक्तिले म्याद माथि म्याद थप्नुको औचित्य के हो ? त्यसैले सम्माननीय
रास्ट्रपती ज्यु यो नाटकको पर्दा कहिले खस्छ ?
Home »
» यो नाटकको पर्दा कहिले खस्छ ?
यो नाटकको पर्दा कहिले खस्छ ?
Written By खांट्टी कुरा on Wednesday, December 12, 2012 | December 12, 2012
Subscribe to:
Post Comments (Atom)
0 Comments:
Post a Comment