सधै भरि हरेक कुरामा प्रथम
हुने बानि लागेका डा.मुस्ताङ यसपाली पनि प्रथम भएछन त्यो पनि भ्रस्टाचारमा ! ऐनाले
जे हो त्यो देखाउछ त्यस्तै ट्रान्सपरेन्सी इन्टरनेसनलले पनि जे भाको छ त्यही भनि दिन्छ
! जब ऐना के देखाको थिए अन्धाधुन्ध आदेस गिराइ हाले तर तिनको आदेसलाइ कसले टेर
पुच्छर लाउने ! पोइटिन्ग्रे भाको भे पो सबै डराउथे परे जोइटिन्ग्रे ! यता इनी
भ्रस्टाचारको सारेगम सुरु गर्छन उता जोइचैँ आफ्नो घरधन्दा सुरु गरि हाल्छिन ! नपत्याए
हुन्न, हुदैन, गर्नु हुन्न भनेको काम लाइ लत्याउदै सबै ठाउँमा जेठी सासु र ससुराली
अनि आफ्नै मात्र नातागोता भर्ना गर्नेले किन सामन्ती भनी कुर्लंदै हिड्छन !
सामन्ती को अर्थ थाहा भाको भे हिजो जेठी सासुलाइ के मा नियुक्ति गर्या डा.साप ?
अनि जति पनि ठुला ठुला भ्रस्टाचार त तपाइले नै सम्हालेको मन्त्रालयमा भाको छ नि !
(कार्टुन श्रोत:- राजेस
के.सी. नागरिक दैनिक बाट साभार)
0 Comments:
Post a Comment