चाइनिज भन्दैमा बुद्ध धर्म
मान्ने भनेर जो जो ले सोच्नु भाको छ त्यो गलत सोचाई हो ! चाइनिजको आफ्नै धर्म ताओ
छ ! र त्यो ताओ धर्म पनि मुर्ति पुजा नै हो ! धर्मको कुरा गर्ने हो भने ताओ धर्म मान्ने
चाइनिज जस्तो कट्टर अन्धबिस्वासी मैले आज सम्म यो संसारमा देखिन ! ८ बर्ष भो म
यौटै परिवार जस्तै भएर बसेको छु ! हाम्रो हिन्दु धर्म खासगरी काठमाण्डौ को नेवारले
जति चाड पर्व मनाउछन ताओ धर्म मान्ने चाइनिजले पनि त्यति नै मनाउछन ! फरक यत्ति हो
हामि सिन्दुर र केसरी संगै फुल अक्षेता प्रयोग गर्छौ तिनीहरुले त्यो चैँ गर्दैनन !
अरु सम्पूर्ण हुबहु मिल्छ !
साहुनी आमैले माइती खलकका सप्पै लाइ बटुलेर अस्ति ३ दिन टुर लेर गाकी आज आइन ! आज साहुबालेनै पुजा गरे ! मैले मन्दिर धोई पखाली गरि दिए ! मलाइ पनि मन्दिर साफ सफाई गर्ने, बत्तीमा तेल थपी दिने जस्ता कार्य गर्न पाउँदा आनन्द लाग्छ ! देउता भनेको देउता नै हो नाम र पुजा गर्ने बिधि मात्र फरक छ ! चाइनिजले हरेक घडी, तिथि पलामा पुजा गर्छन ! २०१२/१२/१२ सकिन ५ मिनेट हुँदा आज पुजा गरे सायद त्यसको पनि कुनै अर्थ होला ! मेरो अनुमानमा चाहिँ कुनै अनिस्ट नभई कन २०१२ सकियोस भनेका होलान ! यो २१/२२/२३ को हल्ला चैँ मलेसियामा सुनियन !

0 Comments:
Post a Comment