एक जाना जान्ने जैसीले पनि ब्लग
साइट खोलेका रैछन ! ‘आउनुहोस जे जे मन लाग्छ सोध्नुस पैसा लाग्दैन ! सप्पै फिरिमा सेवा
गरिन्छ भनेर लेखेका रैछन ! हो कि हैन भनेर एउटा प्रश्न सोध्नु पर्यो भनेर लेखि
पठाए !
नमस्ते ज्योतिष ज्यु.हजुरको अनलाइन बाचन गर्ने मौका पाउदा नाक हजुर हरुकै जस्तो भाच्च ! एउटा कुरा खसखस लागेर सोधेको छु ! हैन हजुर हाम्रो जनताको छोरा बाबुराम पुर्ब जन्म मा पनि राजनेता नै हुनुहुन्थ्यो ? मैले त्यस्तो सोध्नासाथ उहाँले ब, बा, बि, बि, बु, बु नाम लाइ कम्युटरमा हालेर क्लिक क्लिक गरेर भिडाउनु भएछ र अनि जवाफ यसरी पठाउनु भो ! “हेर्नुस मैले उहाँको बिषयमा खोतल खाताल पारेर हेरे ! उहाँ त पुर्व जन्ममा त भियतनाममा पो जन्मिनु भाको रैछ ! त्यहि भएर यो जन्ममा पनि उहाँको रिस कडा ! बाकि भियतनामीको बारेमा तपाइँ लाइ थाहा नै होला” भनेर जवाफ पठाउनु भो ! भियेत्मानी भन्ना साथ अम्रिकाको बिरोधि ! ३० बर्ष सम्म अम्रिकासंग युद्ध लडेका र जित्न नदेका ! सारोमा ढुंगा र गिलोमा मल बाहेक सप्पै खाने ! औरेजिमा यस्ता लाइ ‘सरभाइवल’ भन्छन र त्यो भनेको बाच्नको लागि खान हुने चिज सप्पै खाने ! त्यहि भएर पो हाम्रा बाबुराम पनि खालि घोंगी, गंगटा, सिद्रा खोज्दै हिड्दा रैछन अझ त्यो भन्दा १ कदम यो पाला त मुसाको चटनी खाने भन्दै सुदुर पश्चिम तिरपो हिडेका रैछन ! पुर्ब जन्म देखिको बानि किन सजिलै छोड्थे ! धन्यवाद ज्योतिषाचार्य ज्यु प्रश्नको उत्तर दिनु भएकोमा भने मैले ता !
0 Comments:
Post a Comment