मेरो साम्सुंग मोबाइलमा म्यासेज आको रैछ ! हेरेको ता जल विनायक, स्थल विनायक, कार्य विनायक, सिद्धि बिनायक समेत भए भरका सप्पै लम्बोदरहरु रिसायर आगो हुनु भाको रैछ ! किन म्यासेज गर्नु भाको विनायकहरु भनेको ता 'मुर्ख मनुष्य आफ्नाकै खुन समेत चुसेर पुगेंन अब मेरो बाहन माथि धरी आँखा लाउने' आमाको दुध चुसेर पुगेन अझै बाउको घुंडा चुस्ने ? भनेर सात्तो लिनु भो ! अनि मैले पनि डराई डराई भने प्रभो हामि हिन्दुहरुले काहाँ हजुरको सवारीमा आँखा लाउन सक्छौ ? हामि हिन्दुले हैन प्रभो ! सधै चिकेनले दांत माझ्दा माझ्दा आज फ्राई रयाटले दांत कोट्याउनु मन लाग्योरे त्यसैले त्यो काम ता जय मुसिका सन्तान ले गर्न लाका हुनरे प्रभु भनेसी लम्बोदर ता सान्त भए तर लम्बोदर प्रभुको कुरा सुनेर मेरो चैँ मन असान्त भै राछ ! अर्थोक खाने कुरा केहि पाएन छन बरा ! पिता पुर्खाले पुष माघको जाडोमा समेत थर थर हुदै 'जय गणेस, जय गणेस देव: माता पार्वती पिता माहदेव' भन्थे तर छोरा नातिले खानमा चैँ अब गनेस्जी को बाहन मुषक धरी छोडेनन् गाँठे !
Home »
» माफ गर लम्बोदर गल्ति हाउले गरेका हैनौ !
माफ गर लम्बोदर गल्ति हाउले गरेका हैनौ !
Written By खांट्टी कुरा on Friday, December 07, 2012 | December 07, 2012
Subscribe to:
Post Comments (Atom)
0 Comments:
Post a Comment