Home » » पित पत्रिकाको चरम नमुना !

पित पत्रिकाको चरम नमुना !

Written By खांट्टी कुरा on Thursday, December 06, 2012 | December 06, 2012

बिगत केहि हप्तादेखि नेपालको छापाहरुमा एउटा खबरले निकै बजार गर्माएको छ ! पुर्व युवराज पारश शाह थाइल्याण्डको पर्यटकीय सहर फुकेतमा रहेको एक होटलमा लागु औषध सहित पक्राउ पर्यो ! तर यो खबर थाइल्याण्डको कुनै पनि छापामा तत्काल आएको भने चैँ होइन ! सन २०१२ अक्टोबर २३ तारिखका दिन घटेको घटना लाइ सन २०१२ नोभेम्बरको २७ तारिकमा नेपालको ‘Himalaya times’ भन्नेले यो खबर छाप्नुको साथै सोहि पत्रिकाले अन्य सबै रास्ट्रिय तथा अन्तरराष्ट्रिय मिडियामा सम्प्रेषण गरेको बुझियो ! अझ उदेकलाग्दो कुरो चैँ के छ भने थाइल्यान्द्को राजधानी बैंकक बाट प्रकाशित हुने अंग्रेजी भाषाको अनलाइन पत्रिका ‘Bangkok post’ ले समेत घटना घटेको ४ हप्ता पस्चात ‘ Himalaya times’ लै उदृत गर्दै समाचार प्रकाशित गर्यो भने यो जस्तो सातौ आश्चर्य के हुन सक्छ ! हेर्नुस ‘The Bangkok post’ मा प्रकाशित भएको समाचार जस्ताको तस्तै तल !
‘Bangkok post’
Phuket: Nepal ex-crown prince arrested

Published: 27/11/2012 at 08:08 PM

Online news:

A former crown prince of Nepal has been arrested in Phuket and charged with possession of marijuana.

Police confirmed a story in the Himalayan Times newspaper on Tuesday that Paras Shah had spent a night in jail in Phuket on Oct 23 on a charge of possessing an illegal drug.

The former crown prince was later released on bail of 10,000 baht, it added.

A senior police officer in Phuket told the Bangkok Post the report was true, adding that the former crown prince was arrested with a woman at a hotel in the resort island. He did not identify the woman.

The officer, who spoke on condition of anonymity, said Phuket police had been called by the hotel to break up a quarrel between a man and a woman and they found the drugs while mediating the dispute. The man turned out to be a former crown prince from Nepal, he added.

The woman confessed to the police but the former crown prince decided to fight the charge, the officer said.

The Himalayan Times said the Nepalese embassy in Bangkok was informed about the case on Oct 27. The Nepalese embassy and Thai embassy in Nepal "have remained mum over this matter," it added.
..
पारश शाह को हुन भनेर परिचय दिई रहनु नपर्ला ! आफ्नो निजि व्यापारको सिलसिलामा हाल थाइल्याण्डमा बसोबास गर्दै आएका छन पारश शाह ! माथिको समाचारको तथ्यलाइ केलाएर हेर्ने हो भने पारश शाह पक्राउ परेका हुन त्यहि पनि लागु औसध गाँजा सहित ! लागु औसधको परिणाम कति भनेर परिणाम खुलाइएको छैन तर नेपालको छापाहरुमा ३.५ ग्राम ग्राम गाँजा भनिएको छ ! थाइल्याण्डको प्रतिष्ठित पत्रिकाले यो खबर थाहा नपाउनु तर नेपालको ‘Himalaya times’ ले मात्र यो खबर प्राप्त गर्नुले यसमा संका गर्नु पर्ने ठाउ हरु प्रसस्तै देखिन्छ ! अपरिचित भनिएको थाई केटिले बिना करण पारश शाह सित निहु खोजेर झगडा गर्नु, सो पश्चात विवाद हुनासाथ तुरुन्तै प्रहरी आइपुग्नु, प्रहरीले झगडियालाइ सोधपुछ वा पक्राउ गर्नुको साटो सरासर पारसको कोठामा गएर खानतलासी लिनु र गाँजा बरामद गर्नु ! वादविवाद भाको छ बाहिर बरन्डामा तर कोठा खानतलासी गर्नुको अर्थ के हो त ? अनि हाल सम्म पारश शाहले ‘त्यो गाँजा मेरो हो’ भनेर भनेका पनि छैनन र अपराध कबुल पनि गरेका छैनन ! जो कोहिले पनि सजिलै अनुमान गर्न सक्छन हाल नेपालमा दलहरुको नालायिकी र बहुलट्ठी पूर्ण काम कार्यले गर्दा जनताहरुमा घोर निराशा उत्पन्न भै यो भन्दा त बरु पुरानै ब्यबस्था र राजा नै ठिक भन्दै राजालाई जनताको दिनप्रतिदिन बढ्दो समर्थन प्राप्त भाको देखेर सो बाट अत्तालिएर देशी बिदेशी प्रतिक्रीयाबादीहरुले यस्तो घृणित काम कार्य गराएको हो भन्नेमा कुनै दुइमत छैन ! घटनाको प्रकृति र बरामद भाको दसिले त्यहि देखाउछ ! यदि पारश शाह सांच्चिक्कै लागु औसधका ब्यापारी वा दुर्व्यसनी थिए भने नाम मात्रको दसी बरामद हुदैनथ्यो ! ‘Himalaya times’ का उक्त पत्रकारले बिदेशीको इसारामा घृणित पित पत्रकारिता गरेको हो भन्नेमा कुनै दुइमत हुन सक्दैन र यस्ता लाइ एक दिन नेपाली जनताले अबस्य नंग्याउने छन ! भरौटे पत्रकारहरुलाई बेलैमा चेतना भया र कागले कान लग्यो भन्ने हल्लामा कान नछामिकन कागको पछी दगुर्ने नेपालको सबै माहान पत्रिकाको माहान खबरकर्मी देख्दा चैँ उदेक लागेर आएको छ ! पत्रकारिताको धर्म र मर्म नबुझ्ने हरु कसरि पत्रकार भए र त्यस्ता लाइ पत्रकार भन्न मिल्छ ?
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger