Home » » यी बीर गोर्खाली हुनै सक्दैनन !

यी बीर गोर्खाली हुनै सक्दैनन !

Written By खांट्टी कुरा on Thursday, December 27, 2012 | December 27, 2012

हिजो राजा विदेश भ्रमणमा जान्थे ! छात्ती फुलाएर जोशले हात मिलाउथे ! कोहि कसै संग दब्दैनथे र दबिनु पर्ने कारण पनि थिएन ! देश सानो होस या ठुलो सबैको आ-आफ्नै समान हैसियत हुन्छ ! २०४६ साल पछी देशमा धेरै परिवर्तन आयो भनौं कि गराइयो भनौं ! जे हुनु या नहुनु थियो त्यो भै सक्यो ! बिर गोर्खाली, बिरांगना नेपाली, बिस्वकै एकमात्र हिन्दु रास्ट्र भनेर कहलिएको देश नेपाल बिगत ४/५ बर्ष देखि एक किसिमको पतन नै जस्तै भै सकेको छ ...

सेनापतिलाइ बिना कारण हटाउन खोज्दा पद नै दाउमा राखेर इज्जत र प्रतिष्ठा मा अब्बल ठहरिएको प्रथम संसदबाट निर्वाचित  रास्ट्रपति रामबरण यादब यो भन्दा पहिला पनि दुइ पटक भारतको भ्रमणमा गइ सकेका थिए ! देशमा हाल चरम राजनीतिक संकट छ यस्तो बेलामा छिमेकी रास्ट्रको भ्रमणमा जानु हुन्न भनेर बिज्ञ हरुले भन्दाभन्दै पनि हठी बाबुरामरलाइ पनि उछिन्दै बिनाकारण बिना उद्धेश्य भारतका भ्रमणमा गए ! रास्ट्रपती होस वा प्रधानमन्त्री दुबैको शिक्षा दीक्षा उतै को अनुकम्पामा भएको हो ! तस्बिरमा हेर्नुस र आफै अनुमान गर्नुस ! सोनिया गान्धी न भारतको रास्ट्रप्रमुख हुन न सरकार प्रमुख ! उनि केवल भारतीय कांग्रेस पार्टीकी मुखिया मात्र हुन ! सोनिया गान्धीको अगाडी किन नतमस्तक भए रास्ट्रपति रामबरण यादब ? अब उनि नेपाल आए पछी नेपाली जनताले सोध्नु पर्छ ! भारत अंग्रेजको गुलाम हुँदा पनि हाम्रो देश नेपाल स्वतन्त्र थियो ! हामी आज सम्म कसैको गुलाम भएका छैनौ र हुदैनौ पनि ! हिजो पनि हामि बीर गोर्खाली हौ र आज पनि छौ र भोलि पनि रही नै रहनेछौ ! सिमा नाघी सकेको छ त्यसैले अब पनि मुखा पट्टि बाँधेर बस्ने हो भने हाम्रो देश लाइ पनि सिक्किमीकरण नगर्ला भन्ने के बेर ?
(तस्बिर फेसबुकबाट साभार)
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger