म बिसुद्ध ब्रान्हणको छोरालाइ अछुतको झैँ ब्यबहार गर्ने ? म संग वार्ता त परै जावस बोल्नै नहुने ? जे कुरामा पनि अड्को थाप्ने ? हरेक कुरामा निहु खोज्ने ? म गान्धी हो र एउटा गालामा बजाउदा अर्को गाला थाप्ने ? मैले ता मार्क्सवाद पढ्या अनि म खाँट्टी मार्क्सवादी अब जो जसले म संग निहु खोज्छन सबलाई ठिक पार्छु !बाल्वाटारा बस्न पुर्पुरोमा लेखेर ल्याउनु पर्छ रोयर स्वास्नी पाइन्छ ! दिन्न राजिनामा, कसैले दे भन्दैमा म किन दिन्छु राजिनामा कसैले छोड भन्दैमा छोड्ने लर्तरो मुन्छी म होइन भनेर बाउराम्ले दादालाइ औला ठड्याई ठड्याई च्यालेन्ज दयारैच्च्न ! अब क्यार्छौ ता .....सुसिलदा ? तिम्रो हस्तरेखा बालवाटार लेख्या रैनच्च ! समयलाई बुझेर नै देउवाकाजि र रुन्चे बाजेले ले तिम्लाई 'yes' गरेका रैछन ! घडीको पेन्डुलम र तिमीमा के नै फरक छौ र ? ठ्याक्कै त्यस्तै बनायो ! सिटौलाले जे भन्यो त्यहि हुन्छ उ ता माइ+बाप्को राइट ह्याण्ड भनेर सधै ‘गणेस’भगवान जस्तै गरेर दाहिने राख्थ्येउ मिटिंगमा ! अब माइ र बापले भनेच्च्न नेपाली कांग्रेस थारो भो अरे ! कति स्वार्थि छन दुनिया कति मतलबी छन मुन्छी ! त्यहि माथि जन्मे देखि हिन्दुस्थान संग दोस्ती गरेउ अहिले आर थारो गाईले दुध दिदैन क्यार भनेर नै माइ र बाप ले 'जंगली लाले' हरु संग हात मिलाको हुन ! अरु ता अरु तिम्रै भुरा गगने धारी आजकल लालमोहन प्रचण्डको कुरामा मक्ख् परेर अब उन्लाइनै प्राइममिनिस्टर बनाउनु पर्छ ! उनले मात्रै देशलाई बैतरणी तार्न सक्छ !नेपाली कांग्रेसको बुढाहरु संग अब देस हाक्ने दम नै छैनन् भनेर खोक्दै हिडेका छन !आफ्ना धारी पराइ भै सके त्यसैले खै कुरा बुझेको सुसिल दा ? हिजो घामहरुले टनकपुरको टनटन घण्टा बजाएर अरुण लाइ गर्भमै तुहाइद्या हैन ? समाजबादी र मार्क्सवादी आज कसरि यारी भो ? यो यारी ता डेन्जर छ भनेर थाहा हुँदा हुँदै पनि फेरी गाँड र गर्धन संगै जोडेर कसरि बस्न सक्या भनेर भन्दैछन ता लालेहरु ! हुनता घाम पनि लाले नै हो ! रहर आस हुँदाहुँदै पनि धित मर्ने गरि बस्नै नपाइ घामको च्यारम्यान लाइ बाल्वाटार बाट घोक्रेठ्याक लाको झल्झल सम्झिदै सुसिलदा सित यारी गरेका हुन भन्ने थाहा थियो कि नाइँ ? दादाको सगोत्रिलाई हिजो सर्खारा बस्या बेला कम्ताको दुख दियाथेनन घामहरुले ! सडकको रेलिंग एउटा बाकि राखेनन ! दुनियाको छोर छोरी लाइ जेमराजका काज फिर्ता पठाको तिनैले नै हैनन र यी सबै पाण्डे पुराण थाहा हुँदा हुँदै पनि फेरी घाम सिता यारी ! अब जति सुकै यारी र दोस्ती गरे पनि फेरी चुनाउ भयो भने अब जनताले कुहिएको बुढो ‘रुख’ र पावर नभा अस्ताको घामलाइ भोट दिन्नन क्यार! आफ्नै पार्टीमा बहुमत तागाधारी छ भन्ने था हुदाहुँदै र ८१ प्रतिसत हिन्दु नेपाला बस्छ भनेर थाहा पाउँदापाउँदै 'लालमोहन' बाजे प्रचण्डको कुरामा 'yes' गर्दै 'धर्म निरपेक्ष' मा ल्याउचे ठोक्या हैन ! त्यो ल्याउचे कति महँगो पर्छ हेर्दै जाउ सुसिल दा हेर्दै जाउ !
मिति २०६९ पौष १२ गते बिहिबारको अंकमा क्राइम चेकमा प्रकाशित !
0 Comments:
Post a Comment