Sunday, December 09, 2012

प्रधानमन्त्री थाग्ना सुतेरे !

बाबुराम सार्कीको घरा बास बसे ! बाबुराम चेपांगको
घरा बास बसे ! बाबुराम मुसहरको घरा बास बसे र घोंगी,गंगटा खाए ! बाबुराम थारुको मुक्त कमैया सिविरमा गएर बास बसे र मुसाको चट्नी संग जांड खाएर थान्ग्ना सुते ! बिगत ६ महिना देखि यस्तै उटपट्याग खबरहरु सबै छापामा छायका छन ! के यस्तै काम गर्न भनेर उनि प्रधानमन्त्रीमा चुनिएका हुन ? हरेक कुरा बाट चर्चामाआउन रुचाउने इतिहास कै असफल यी काम चलाउ प्रधानमन्त्रीले देश र जनतालाई चैँ के दियो ? जन्तीको लर्को जस्तो लस्कर लागेर युवाहरु बिदेसिने क्रम रोकिएको छैन ! हाक्काहाकी बिदेसी हस्तक्षेप बढेको छ ! अपराध र अपराधीको गन्ति गरेर साध्य नै छैन ! ४५ दिनमा संबिधान दिन सकिन भने कुर्चि छोड्छु, पदमा बस्नुको कुनै औचित्य छैन भनेर कुर्लने पनि इनै हुन ! बिपक्षी भनाउदाहरु कुर्चिको लागि मात्र मरिहत्ते गर्ने ! यस्ता कुलंगार नेताहरु बाट सुख, शान्ति र समृद्धिको आस गर्नु भनेको ‘स्यालले साढेको फल हेरेर थुक निल्नु’ जस्तै हो ! ‘बरालिएर हिड्ने कुकुर र काम नगरी बसी बसी खाने भाते हो’ भनेर यी प्रधानमन्त्रीकै पार्टीका अग्रज नेता स्व.रुपचन्द्र बिस्टले भन्थे ! तर तिनका आफ्नैले यस्ता काम कार्यहरु गरेर देखाई दिएका छन ! त्यसैले यस्ता यी रास्ट्रघाती, जनतामारा, कुलंगार नेताहरुलाइ बहिस्कार नगरे सम्म देश र जनताले मुक्ति पाउदैन !    

2 comments:

Unknown said...

हो नेताहरूको यस्तैचालाहोभने >>> स्याँलले साँढेको फल हेरेर थुक निल्नु’ जस्तै हो ! , हाँमी नेपालीकोलागी ....................





Unknown said...

हो नेताहरूको यस्तैचालाहोभने >>> स्याँलले साँढेको फल हेरेर थुक निल्नु’ जस्तै हो ! , हाँमी नेपालीकोलागी ....................