घरा बास बसे ! बाबुराम मुसहरको घरा बास बसे र घोंगी,गंगटा
खाए ! बाबुराम थारुको मुक्त कमैया सिविरमा गएर बास बसे र मुसाको चट्नी संग जांड
खाएर थान्ग्ना सुते ! बिगत ६ महिना देखि यस्तै उटपट्याग
खबरहरु सबै छापामा छायका छन ! के यस्तै काम गर्न भनेर उनि प्रधानमन्त्रीमा चुनिएका
हुन ? हरेक कुरा बाट चर्चामाआउन रुचाउने इतिहास कै असफल यी काम चलाउ
प्रधानमन्त्रीले देश र जनतालाई चैँ के दियो ? जन्तीको लर्को जस्तो लस्कर लागेर
युवाहरु बिदेसिने क्रम रोकिएको छैन ! हाक्काहाकी बिदेसी हस्तक्षेप बढेको छ ! अपराध
र अपराधीको गन्ति गरेर साध्य नै छैन ! ४५ दिनमा संबिधान दिन सकिन भने कुर्चि
छोड्छु, पदमा बस्नुको कुनै औचित्य छैन भनेर कुर्लने पनि इनै हुन ! बिपक्षी
भनाउदाहरु कुर्चिको लागि मात्र मरिहत्ते गर्ने ! यस्ता कुलंगार नेताहरु बाट सुख,
शान्ति र समृद्धिको आस गर्नु भनेको ‘स्यालले साढेको फल हेरेर थुक निल्नु’ जस्तै हो
! ‘बरालिएर हिड्ने कुकुर र काम नगरी बसी बसी खाने भाते हो’ भनेर यी प्रधानमन्त्रीकै
पार्टीका अग्रज नेता स्व.रुपचन्द्र बिस्टले भन्थे ! तर तिनका आफ्नैले यस्ता काम कार्यहरु
गरेर देखाई दिएका छन ! त्यसैले यस्ता यी रास्ट्रघाती, जनतामारा, कुलंगार नेताहरुलाइ
बहिस्कार नगरे सम्म देश र जनताले मुक्ति पाउदैन !
Home »
» प्रधानमन्त्री थाग्ना सुतेरे !
प्रधानमन्त्री थाग्ना सुतेरे !
Written By खांट्टी कुरा on Sunday, December 09, 2012 | December 09, 2012
Subscribe to:
Post Comments (Atom)
हो नेताहरूको यस्तैचालाहोभने >>> स्याँलले साँढेको फल हेरेर थुक निल्नु’ जस्तै हो ! , हाँमी नेपालीकोलागी ....................
ReplyDeleteहो नेताहरूको यस्तैचालाहोभने >>> स्याँलले साँढेको फल हेरेर थुक निल्नु’ जस्तै हो ! , हाँमी नेपालीकोलागी ....................
ReplyDelete