मेरै प्रधानमन्त्रीत्व कालमा २०४५ सालमा भारतले नेपालविरुद्ध आर्थिक नाकाबन्दी गर्यो । भर्खर जन्मेका शिशुहरूले खाने औषधि र 'बेबी फुड' लगायतका सम्पूर्ण वस्तुहरूको आयातमा भारतले प्रतिबन्ध लगायो । नेपालले चीनसँग हातहतियार किनेको लगायतका अनेकौ बहाना बनाएर भारतले नाकाबन्दी गरेको थियो । देशको स्थिति अत्यन्तै अप्ठ्यारो अवस्थामा थियो । तैपनि हामीले जनतालाई निराश हुन नदिन आवश्यक वस्तुहरू सुपथ मुल्यमा उपलब्ध गराएका थियौ । महंगी र कृतिम अभाव हुन नदिन कडा बन्दोबस्त मिलाएका थियौ । त्यस बेला भारतका विदेशसचिव एस॰ के॰ सिंह नेपाल आए । भारतले आर्थिक नाकाबन्दी गर्दै छ भन्ने कुरा करिब डेढ महिनापहिले नै हामीलाई थाहा थियो र हामीले जनतालाई दु:ख हुन नदिन आवश्यक खाधान्न, औषधिलगायतका वस्तुहरूको जोहो गरेर राखेका
थियौ । भारतले व्यापार र पारवहन सन्धिमा अनेकौ व्यवधान खडा गरेर नेपाललाई दु:ख दिन खोजेको थियो । नेपाल आएका भारतीय विदेशसचिव सिंहले ६ सुत्रीय प्रस्ताव ल्याएका थिए । सो प्रस्ताव नेपालले मन्जुर गरेमा नेपालमा भइरहेको पन्चायत व्यवस्थाविरोधी गतिविधि नियन्त्रण गर्न भारतले सघाउने र नेपालको विकासमा अनेकौ योगदान गर्ने कुरा सिंहले बताएका थिए । उनले ल्याएको सो प्रस्तावमा नेपालले तेस्रो मुलुकसँग कूटनीतिक सम्बन्ध राख्दा भारतसँग स्विकृति लिनुपर्ने, सैनिकहरूलाई भारतले तालिम दिने, हातहतियार भारतसँग मात्र किन्नेलगायत नेपालको सार्वभौम सत्तालाई समाप्त पार्ने खालका कुराहरू थिए । श्री ५ वीरेन्द्रबाट भारतको सो प्रस्ताव ठाडै अस्वीकार गरिबक्सियो । भारतका विदेशसचिवले राजासँग भेट्न पनि पाएनन । त्यसपछि उनी क्रुद्ध भएर फर्के । उनी फर्केको केही महिनापछि भारतका नेताहरू चन्द्रशेखर, हरकिसनसिंह सुरजित, सुब्रह्मण्यम स्वामी, एम॰ जे॰ अकबरलगायतका व्यक्तिहरू काठमाडौ पठाइए र गणेशमान सिंहको आँगनमा आमसभा गरे । सो आमसभामा नेपाली कांग्रेसका नेताहरुका सामु भारतीय नेताहरूले नेपाली राष्ट्रियता र राजाको घोर अपमान गरे ।- मरीचमानसिंह श्रेष्ठ, पूर्वप्रधानमन्त्री
(साभार आस्था नेपाल)
bado dukha lagdo kuro rahechha yo dhoti lai ta ke garne hola .....
ReplyDelete