Sunday, December 30, 2012

कतिलाई मार्ने ?

बिगत केहि महिना, हप्ता तथा दिन देखि चितवन जिल्लाको मध्यवर्ती इलाका माडी तथा त्यस वरपरको इलाकामा एउटा जंगली हात्तीले उत्पात मच्चाई रहेको छ ! चितवन इलाकामा रहेको हात्तीलाई बिभिन्न नाम बाट पुकारिनु कुनै नयाँ र नौलो कुरा होइन ! २०६५ सालसम्म अहिलेको ध्रुवे हात्ती कता थियो कसैलाई पत्तो थिएन। स्थानीय र सरकारी अधिकारीका अनुमानमा सायद आफ्नै झुण्डसँग रमाउँदै थियो। तर २०६६ सालमा अचानक झुण्डसँग छुट्टिएको एक्लो जवान हात्ती चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ रहेको सेनाको ध्रुव पोष्टमा हिउँदताका छिर्यो । बसेका सेनाका जवानलाई लखेट्दै र त्यहाँका घर भत्काउदै उसले रातभरी आतंक मच्चायो। सेनाको टोलीसँग रहेको पोथी हात्ती उसको आकर्षण थियो। तर त्यहाँ रहेका सैनिक जवानले भेट्न नदिएको ठानेर उसले घर भत्काउने र मान्छे ताक्ने गर्न थाल्यो। त्यतिखेर निकुञ्जभित्र तैनाथ गोरखनाथ गण थियो। गणका सुरक्षाकर्मीले पोष्टतिर ढिम्कनै नदिने गरेर पटक पटक उसलाई धपायो। ध्रुवपोष्टमा हैरान पारेकाले त्यहाँका सुरक्षाकर्मीले उसको नामै ध्रुवे हात्तीभनेर राखिदियो। अहिले रहेको नाम त्यहीबेला रहेको नाम हो। ध्रुव नामको व्यक्ति मारेको भएर भने हैन। तात्कालिन चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीले भने 'त्यही पोष्टबाट नै उसले आतंक फैलाउन शुरु गरेको हो उनका अनुसार पहिले पनि जंगली हात्तीले कहिलेकाँही घर भत्काउने बाहेक अरु क्षति गरको थिएन। आफुले मन पराएको ढोई हात्तिनीलाइ भेट्न नदिएको झोक र आफूमाथी गरेको दुर्ब्यबहार सहन नसके पछी उक्त हात्तीले निकुन्ज वरपरको बस्तीमा पसेर मान्छे मार्ने, घाइते


बनाउने, घर भत्काई दिने बालीनाली नास गर्न थाले पछी जनताको अनुरोधमा निकुन्जले उक्त हात्तीलाई पक्रेर एउटा दाह्रा काटी सरिरमा रेडियोकलर जडान गरेर छाडीदिएको थियो ! बिगत हप्ता देखि उक्त हात्तिको आतंकले चितवनको माडी बासिको निन्द्रानै उडाईदिएको छ ! जनताको आन्दोलन पश्चात उक्त हात्ती मार्न भनेर बिशेषज्ञ सहितको टोलि खटाएको पनि आज हप्तौ भै सयो तर सफलता हात पार्न सकेको छैन !
बिदेशी अनुदानमा नेपालमा पशु अधिकारकर्मी खडा गरेर बस्ने संस्थाहरु धेरै छन !राजधानीको तारे होटलमा बसेर बर्षमा एउटा दुइटा गोष्ठी गरे पछी नेपालको सबै पशुपन्छीहरुको अघिकार सुरक्षित हुन्छ तर मात्र रंगिन कितावमा ! जंगली जनावरले किन दुख दिन्छ त्यो तर्फ ध्यान कसैले दिदैनन ! पशु पनि प्राणि हो र उनीहरुलाई पनि बस्नलाइ बासस्थान र पेट भर्नलाई भोजन चाहिन्छ तर २०४६ साल पछी राजनीतिक पार्टीको आडमा जंगल माफियाहरुले जंगल आधा भन्दा बढी नै सखाप बनाइ सके ! एक त आफ्नो बासस्थान मा मानवको तिब्र आक्रमण त्यस माथी सुकुम्बासी भन्दै नक्कली सुकुम्बासीले जंगल फाडेर कब्जा गर्न थाले पछी ति निरिह प्राणीहरु जाउन काहा ? जुन देसको राजनीतिक ब्यबस्था सधै भद्रगोल छ, सरकारको आयुको कुनै ठेगान छैन, राजनीतिक पार्टीका नेताहरुलाई सत्ता र कुर्सिको लागि लडाई लड़दैमा फुर्सदनै छैन भने देश र जनताको लागी सोच्ने कसले ? जंगल बिनास रोक्नको लागि र पशु पन्छीको रक्षाको लागि भनेर बिदेसिले युरो र डलरको बर्षा गरेका छन ! त्यसको लागी भन्दै दर्जनौ INGO NGO खुलेका छन तर सोच्ने र गर्ने कोहि छैनन ! त्यो अबोध निरिह प्राणी ध्रुबे हात्तीलाइ पनि त्यतिखेर नछाडेर सधायेर पालेको भए अथवा त्यो बहुलाएको भए समयमै उपचार अथवा मारी दिएको त्यो ध्रुबेनामको हात्तीले माडी इलाका लगायत विभिन्न इलाकामा तहल्का मच्चाउदैन थियो ! मरे पछी ओखती गर्ने चलन छ हाम्रो नेपालमा ! ढिलो चाँडो त्यस लाइ मार्लान तर त्यसलाई मार्दैमा समस्याको समाधान त पक्कै हुदैन होला ! भोली पनि त अरु ध्रुबेनामका हात्तीहरु लगायतका अन्य बन्यजन्तु निस्केर जनधनको क्षेती गर्लान त्यस पछी गर्ने के ?
..
धन्यवाद मित्र रामचन्द्र बस्याल ज्यु यो लेख लेख्न सहयोग पुर्याई दिनु भएकोमा !
(मिति २०६९ पौष १२ गते क्राइम चेक शाप्ताहिकमा प्रकाशित)
 


No comments: