Home » » सेठजीको पिडा !

सेठजीको पिडा !

Written By खांट्टी कुरा on Saturday, December 15, 2012 | December 15, 2012

सदाझै राममोहन सेठजी आज पनि कारखानामा आए ! मन्दिर परिसरमा रहेको मन्दिरमा दर्शन गरेर आफ्नो निजि अफिसमा पसे ! हिजो आज सेठजिको मुहार मलिन मलिन छ ! अनुहारमा कुनै चमक दमक छैन ! हतास हतास अनुहार लिएर कुर्चिमा बसे र टेबुलमा रहेको घन्टी बजाए ! ढोकामा बसेको पिउन भित्र आएर भने किन बोलाउनु भो सेठजी ? सेठजी ले भने म्यानेजरलाइ बोलाउनुस त ! हस भन्दै पिउन मेनेजेर को कोठामा गएर सेठजीको सन्देस सुनाइ दिए ! मेनेजर आएर नमस्ते गर्दै भने भन्नुस हजुर किन बोलाउनु भयो ? सेठजीले भने ब्यांक ब्यालेन्स त्यति राम्रो देख्दिन म किन हो ?

मेनेजरले भने उत्पादन गतिलो भएपो ब्यांक ब्यालेन्स पनि गतिलो हुन्छ ! सेठजी छक्क पर्दै भने भने तपाइँ मेनेजर हैन ? के हेर्नु हुन्छ त ? कि त्यो पनि मैले नै हेर्ने हो ? मेनेजरले सालिनता पुर्बक भने सेठजी म अब तपाइको कम्पनी बाट बिदा लिउकी भनेर सोच्दैछु ! म रात दिन यो कारखानाको टेन्सन लिएर अब बस्न सक्दिन ! सेठजी छक्क पर्दै भने किन ? के भो ? मेनेजरले भने भरे रातको सिफ्टमा आएर हेर्नुस मजदुर लिला अनि थाहा पाउनु हुन्छ बाध्य भएर मेनेजरले कुरा ओकले !
... ....
के रैछ त्यस्तो भनेर सेठजी रातिको दस बजे आफै कारखाना चेक गर्न गए ! मेसिन चलेको छ तर कच्चा माल हालेका छैनन ! कोहि गफ चुटेर बसेका कोहि कार्टुन ओछ्याएर सुतेका ! सेठजीको पारा चढीगो भने को हो यो सिफ्टको सुपरभाइजर ? को हो टिम लिडर ? लिम लिडर सुपर भाइजर डराई डराई आएर भने हामि हौ हजुर ! अनि के हो यो यस्तो चाला ? तपाइँ हरुले यस्तो गरे पछी उत्पादन हुन्छ ? बिना उत्पादन कसरि मार्केटमा माल जान्छ ? मार्केटमा माल नगए पछी मैले तपाइँ हरुलाई कसरि तलब दिन सक्छु ? एउटा जर्खरीएको मजदुरले हल्लिदै आएर भन्यो ‘बढ्ता किचकिच गर्ने हैन है मुला माडे साहु’ त्यसो भन्दा ह्वास्सै रक्सीको गन्ध आइ हाल्यो ! सेठजीले नाक थुन्दै भने दारु पिएर आउने हो ? त्यो मजदुरले भन्यो हो केगर्छस ? सेठजी जिल्ल पर्दै भने भोलि कुरा गरुँला ! फेरी मजदुरले भने जा जा केहि गर्न सक्दैनस तलाई मजदुर एकता र युनियन भनेको थाहा छैन होला ! उसैता हतास र निरास निरास भाको बेला झन् त्यो चालामाला देखेर खुईय्य गर्दै सेठजी घर तिर फर्के !
.. ...
भोलिपल्ट मेनेजरलाइ बोलाएर भने युनियनको नेता देखि सुपरभाइजर, सिफ्ट टिम लिडर सबैलाई बोलाउन लगाएर मिटिंग राख्नुस म कुरा गर्छु ! सबै आए मिटिंग सुरु भो ! मार्केटिंग मेनेजरले भने हाम्रो सामानको बजार माग धेरै भो तर पुर्याउन सकिएन ! यस्तै भो भने कार्खानाको साख गिर्छ ! यस्तै यस्तै कुरा हुदा हुदै युनियन नेताले भने उत्पादन बढाउने हो भने बोनस चाहिन्छ ! सेठजीलाइ पारा चढीगो लिलात बेलुकी देख्याथे र भने कस्तो बोनस ? काम नगर्ने, डिउटीमा दारु पिएर आउने, सुत्ने के चाला हो ? युनियन नेता झोक्किदै भने कसले भनेको तपाइले आफैले देख्या जस्तै गरि भन्नु भो ! सेठजीले भने मैले आफ्नै आँखाले देखेर नै भनेको हुँ ! तैपनि सेठजीले नरम हुँदै भने हेर्नुस मेरो बाबु बाजेले बडो दुख कस्टको साथ् यो कारखाना खडा गर्नु भाको हो ! मैले सके सम्म गर्दै आएको छु ! उहा हरुले यसैको आम्दानीले सबै लाइ दिएर पनि दान, धर्म र समाज सेवा समेत गर्न भ्याउनु भाको थियो ! बुवाले पनि त्यस्तै गर्नु भो ! कसैलाई एक पैसा ऋण तिर्नु थिएन ! गच्छे अनुसारको बोनस दिनु हुन्थ्यो ! हामीले बोनस खुवाको दखेर अरु सेठजीहरु रिसले भुतुक्क हुन्थे तर आज म करोडौ ऋणमा डुबेको छु ! पार्टी पिच्छेको युनियेन खडा गर्नु भाको छ ! बिना कारण कारखाना बन्द गरेर जुलुस आमसभामा भाग लिन जानु हुन्छ ! भन्नुस यो महिनामा कति पल्ट कारखाना बन्द गर्नु भयो ? त्यहि माथी लोड सेडिंग ! चर्को मुल्यको डिजेलले चलाएर भए पनि जेनतेन धान्दैछु ! बोनस दिएन भन्नु हुन्छ ! बोनसको अर्थ थाहा छ तपाइँहरुलाइ ? तपाइँ मजदुरहरुनै कारखानाको जग हो भने जग नै गतिलो नभए पछी के काम ! दारु पिएर डिउटीमा आउने, सुत्ने अनि बिना मालको खाली मिसिन चलेको छ के पारा हो यस्तो ? म आजित भै सके ! कारखानामा उत्पादन ठप्प, राजनीतिक पार्टीलाई चन्दा, बैंकको चर्को ब्याज,समयमा कर तिरेन भने कालो सुचिमा परिएला भन्ने डर ! लौ भन्नुस अब मैले के गरु ? लगानी पो मेरो हो ता यो कारखानामा काम गर्ने ता तपाइँ हरु नै हो नि ! कि मैले कारखाना बन्द गर्नु पर्यो कि तपाइँ हरु इमान्दार हुनु पर्यो भने देखि तपाइहरुले नै यस्तो गरे पछी मैले के गर्न सक्छु ! लौ भन्नुस त ???
..
समग्रमा कथा यत्ति हो ! यो कथा भए पनि देशमा अहिले भाको यस्तै छ ! मिठो नमिठो कस्तो भो ? त्यति राम्रो ले मिलाएर लेख्न नजाने पनि पस्किन चैँ पस्के ! सल्लाह र सुझावको पर्खाइमा छु !   

 
Share this article :

1 comment:

  1. मज्जाको छ , समय सान्दर्भिक लाग्यो !

    ReplyDelete

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger