हरेकमा प्रथम हुने बानि पलाएको नेपालको हालसम्मकै अलोकप्रिय प्रधानमन्त्रि
बाबुराम भटराईले २०० जना अपराधीको मुद्धा फिर्ता लिएर फेरी पनि नेपालको नम्बर १ मा
आफुलाई उभ्याउन सफल भए ! प्रधानमन्त्रीमा नियुक्ती भए देखि अलोकप्रिय काम गर्न
सुरु गरेका इनले आजका मिति सम्ममा देश तथा जनताको हित भन्दा बिदेशी तथा आफ्नो
आसेपासेका हितमा मात्र काम गरे ! हरेक क्षेत्रबाट बिरोध हुँदा पनि यीनी कोहि कसैको
सुन्ने वाला छैनन ! मेरै गोरुको बारै टक्का भन्ने सिद्धान्तमा हिडेका यी असफल तथा
इतिहासकै अलोकप्रिय मनुवाले अब देस लाइ भड्खालोमा हाल्ने सतप्रतिसत जस्तै
ग्यारेन्टी भै सकेको छ र यो २०० जनाको मुद्धा फिर्ता पनि त्यसैको कडी हो ! मर्न
तयार छु तर ....
प्रधानमन्त्रीको कुर्चि छोड्दिन भन्ने यस्ता सत्ताको लोभी व्यक्तिलाई हाम्रा लोकतान्त्रिक गणतन्त्रे नेताहरुले प्रधानमन्त्रीमा चुनेर आज देश र जनता माथि ठुलो अक्षम्य अपराध गरेका छन ! ऐन कानुनको पालना नगर्ने र यतिखेर म जस्तो ठुलो यो संसारमा कोहि छैन भनेर दम्भ पालेका यस्ता व्यक्तिले मलुक पार लगाउछ भनेर सोच्नु यो जस्तो ठुलो दुर्भाग्य अरु के नै हुन्छ र ! हाक्काहाक्की कानुनको धज्जी उडाउदै एक पछी अर्को कुख्यात अपराधीको मुद्धा फिर्ता लिने अधिकार काम चलाउ भै सकेकालाइ कसले दियो ? यो भन्दा अगाडी पनि इनले जति पनि अलोकप्रिय निर्णय गरे त्यो सबैमा सम्मानित सर्बोच्च अदालतले अंकुस लगाएको ज्ञात हुँदाहुँदै पनि फेरी पनि यस्ता अलोकप्रिय निर्णय किन गर्छन ? इनिलाई राम्रै संग ज्ञात छ यो मुद्धा फिर्तामा पनि सम्मानित अदालतमा रिट परेर रोक लाग्छ भन्ने कुरा ता पनि इनले आफ्नो बानि व्यहोरामा परिवर्तन नगर्नु भनेको ‘भिर बाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिन्न’ भन्ने उखान जस्तै हो त्यसैले कामचलाउ प्रधानमन्त्री बाबुराम तिम्रा दिन चैँ अब सकिए जस्तो छ !

0 Comments:
Post a Comment