Home » » खै देशमा न्याय र निसाफ ?

खै देशमा न्याय र निसाफ ?

Written By खांट्टी कुरा on Friday, December 21, 2012 | December 21, 2012

जुन देशको सरकारको आयुको कुनै टुंगो हुन्न, जुन देशको आन्तरिक प्रसाशन भद्रगोल छ, जुन देशको गृह मन्त्रि सधै अपराधीको नाइके द्वारा संरक्षित हुन्छ, जुन देशमा देशकै सर्बोच्च सम्मानित अदालतले कैद संजाय तोकिएको अपराधीहरु सडकमा छोडिएको छाडा साढे जस्तो भएर घुमेका हुन्छन त्यो देशका जनताले न्याय र निसाफ कहिले पनि पाउन सक्दैन ! नेपालमा पनि अहिले यतिखेर त्यस्तै भाको छ ! देशमा फैलिएको बिकराल बेरोजगारीलाइ हल गर्न बिदेशमा श्रम गर्न गएकी  आफ्ने देशको चेलीको इज्जत र अस्मिता माथि खेल्दै धनमाल समेत लुटिनु ...
त्यो जस्तो ठुलो बिडम्बना अरु के नै हुन सक्छ र ! बाबुरामको सरकारलाई कुर्चि जोगाउदैमा फुर्सद छैन ! बिपक्षीलाइ सरकार माथि हमला गर्दैमा फुर्सद छैन भने जनताले यस्ता निकम्मा हरु बाट न्याय पाउनु र गोरुले बच्चा ब्याउनु एकै हो ! २०४६ पछी नेपालको सरकारी संयन्त्र यति सम्म अस्त्यब्यस्त भै सकेको छ कि याहा ‘कुकुरले पुच्छर हल्लाको हो कि पुच्छरले कुकुर हल्लाको हो त्यो कसैले भेउ पाउन सक्दैन ! मानव अधिकारबादी भन्छन बिदेसीको डलर र युरोमा चलेको मानवाधिकार बादी काहा छ त आज ? यत्रो ठुलो जघन्य अपराध आज बिकसित मुलुकमा घटेको भए त्यो देसको सम्बन्धित मन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनु पर्थ्यो तर नेपालमा त्यस्तो दिन कहिले आउला ? गल्ति गर्ने सम्बन्धित माथि हदै सम्मको कठोर कारबाही हुनु पर्दछ र पीडितले न्याय पाउनु पर्छ यो जन आवाज हो ! सम्बन्धित हरुलाई बेलैमा चेतना भया !    
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger