बलात्कारीलाइ झुन्ड्याउनु पर्छ... बलात्कारीलाई हदै सम्मको कारबाही होस् ... सोहि घटनामा मुछिएका अरु कर्मचारीहरु लाइ केहि पनि गरिएन ... यस्ता यस्ता समाचार तथा टिप्पणीले अहिले नेपाल पनि तातेको छ ! छिमेकी भारतमा जस्तो हुन्छ नेपालमा पनि ठ्याक्कै त्यस्तै हुन्छ तर छिमेकीको ऐन कानुन अलि खरो छ ! हप्ता दिन काटेको छैन त्याहा पनि जबर्जस्ति करनीको घटना घटेको ! त्याहा पुरै दिल्ली नै तात्यो ! साराका सारा जागे र भर्खर सुनिए अनुसार बलात्कारीलाई नागरिकको माग अनुसार फांसीको संजाय हुने भयो ! बिडम्बना नेपालमा त्यस्तो हुन् सक्दैन ! संसारमा कहिँ नभएको नागरिक र मानब अधिकार नेपालमा मात्र छ ! ताक परे तिवारी नत्र गोतामे टाइपको नागरिक समाज र .....बिदेसिको अनुकम्पामा चलेको मानवअधिकारबादी र नक्कली प्रजातन्त्रको जामा ओढेका प्रजातन्त्रबादीहरुले मृत्युदण्डको संजायलाइ पंचायत संगै सति पठाइसक्यो ! आज नेपालमा पनि मृत्युदण्डको कति खाँचो छ भन्ने कुरा समयले नै देखाई सकेको छ ! सरकारी सम्पति लुट्ने होस वा देशलाइ बन्दकी राख्ने, चेलीको अस्मिता लुट्ने होस् वा निर्दोस माथि अत्याचार गर्ने यी सबै लाइ राणाकालमा जस्तो कि भचाखुसीमा लगेर छ्प्क्याउनु पर्छ कि झुन्ड्याउनु पर्छ अनि मात्र देशले दण्डहिनता बाट मुक्ति पाउला तर त्यसो गर्न दिदैनन ! किन दिदैनन भने भोलि देशमा यो कानुन लागु भयो देशका यी राजनीतिक पार्टीका सयमा आधा जसो कि झुन्डिन्छन कि आजन्म खोरमा जाकिन्छन भने अब जनता नै नजागे सम्म केहि हुनेवाला छैन ! त्यसैले जाग नेपाली अब त जाग ! कति कुम्भकर्ण बन्छौ !
Home »
टिका-टिप्पणी
» कति सुत्छौ नेपाली अब त जाग !
कति सुत्छौ नेपाली अब त जाग !
Written By खांट्टी कुरा on Saturday, December 22, 2012 | December 22, 2012
Tags
टिका-टिप्पणी
Subscribe to:
Post Comments (Atom)
0 Comments:
Post a Comment