Monday, November 05, 2012

देशमा अब ठुलो भैचालो र सुनामी आउन मात्र बाकि छ !

जनताको लागि अहोरात्र मरिमेटदै खटेर नेपालका जनताहरुलाई गाँस बास र कपास अनि शिक्षा स्वास्थ्य सप्पै दिन सफल नया गणतन्त्रे नेपालका हाम्रा सम्माननीय आदरणीय महान नेताज्युहरु देशका कुनै स्थानमा भ्रमणमा जाँदा नेपालका जनताहरुले गच्छे अनुसार स्वागत सत्कार गर्छन ! त्याहा कोहि कसैलाई डर मान्नु पर्ने कुनै कारण छैन ! तर पुर्व राजा ज्ञानेन्द्र शाह आफ्नै जन्मभूमिमा घुम्न निस्कदा डरले किन थरथरी हुन्छन ? कतै तिनीहरु सबैजनाको कम्पनले नै गर्दा अगी तिब्बत समेत हल्लिने गरि नेपालमा समेत जाबो सानो भैचालो आको त हैन ? भैचालो आज सानो मात्र आको छ नेता हरु नडराओ तर जुन दिन ठुलो भैचालो र सुनामी आउछनी त्यो दिन तिमीहरुको के हालत हुन्छ हेर्नको निमित्त समयलाई कुरेर बसेका छन नेपालका जनताहरु !

"पुर्व राजा ज्ञानेन्द्रलाई आज मिति २०६९ ७/२० गते बिहान धादिङको नौबिसे-२ स्थित बाहुनडाँडामा भव्य स्वागत गरिएको थियो । भैरहवा जान लागेका शाहलाई बाहुनडाँडा स्थित मुक्तिनाथ मन्दिरमा स्थानीय राजसमर्थक तथा मुक्तिनाथ सेवा समितिले बाजागाजा सहित रातो कार्पेटमा भव्य स्वागत गर्नुका साथै सडकदेखि मन्दिर सम्म १ सय ५० मिटरलामो लाम लागेर महिला, बालबालिका, खेलाडीले जयजयकार गाउँदै फुल मालाले स्वागत गरेका थिए"
(तस्बिर : शन्तोष भुषालको फेसबुक बाट)

 

No comments: