Home » » सुखद खबर, दुखद खबर !

सुखद खबर, दुखद खबर !

Written By खांट्टी कुरा on Wednesday, November 07, 2012 | November 07, 2012


  • आज दुइटा सुखद खबर र एउटा दुखलाग्दो खबर सुनियो ! मुख्य खबरमा अमेरिकामा भएको रास्ट्रपतिय निर्वाचनमा बाराक हुसेन ओबामाले पुन: दोस्रो पटक पनि चुनाव जितेछन ! नेपाली जनताहरुको लागी चैँ यो खबर ‘कागलाई बेल पाक्यो न हर्ष न बिष्मात’ जस्तै हो ! अमेरिकाको सुभचिन्तक तथा तिनका जुठोपुरोमा बाचेकाहरुको लागि खुसीको खबर चैँ पक्कै हुन सक्छ ! बाराक हुसेन ओबामाले चुनाव जित्यो तर यसलाई केलाएर बिस्लेष्ण गर्ने हो भने अमेरिकी जनताहरुपनि हिंशा हैन शान्ती चाहन्छन भन्ने दर्साउछ ! जति गोराले शासन गरे प्राय एउटा न एउटा सरकार प्रमुखले बिश्वमा हिंशा फैलाको छ ! चाहे त्यो भियतनाम होस या इराक, अफगानिस्थान होस या अन्य कुनै देश ! बाराक ओबामा आए देखि त्यसमा कम भएको छ यो नै सुखद संकेत हो तर नेपालमा चैँ गिद्धे दृस्टी नलाउन ! बधाईको साथ् सुखद कार्यकालको सुभकामना रास्ट्रपति ओबामालाइ !

  • हत्याको अभियोगमा बिगत १५ बर्ष देखि नेपाली नागरिक गोबिन्द मैनाली जापानमा जेल परेको घटनाले दुख लागेको थियो ! आज निजको पक्षमा सुखद फैसला आयो ! सत्यको जित भयो मैनाली निर्दोष साबित भए ! उनलाई पनि बधाई छ !

  •   ने.क.पा.एमालेक केन्द्रिय सदस्य एवम पुर्व राज्य मन्त्री तथा कणाली क्षेत्रका नेता कमरेड डिल्ली बहादुर महतको आज असमयिक निधन भएको खबर सुन्दा दुख लाग्यो ! जन्मे पछी मृत्यु अबश्य छ ! स्व.कमरेडमा हार्दिक श्रदान्जली साथै सोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु !
 
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger