मैले लेखेको स्टाटस वा लेखहरुमा केहि मित्रज्युहरुले तपाइले खाली नेताहरु लाइ घोचेर लेख्नु हुन्छ तर राजाको चैँ समर्थन गर्नु हुन्छ किन ? भनेर सोध्नु हुन्छ ! हुन त म त्यस्तो राम्रो लेखक अथवा पत्रकार पक्कै पनि होइन ! समय र परिस्थितिले मान्छेलाई केहि लेख्न र सोच्न बाध्य बनाउदो रैछ ! सबैको सोचाई एकै नासको पक्कै पनि हुँदैन ! मैले २०३६ सालको आन्दोलनलाइ बिधार्थी जीवनमा देखेको थिए ! भाग पनि लिए तर नबुझिकन ! बिना उद्धेश्य भाग लिएको आन्दोलन थियो त्यो ! १३ /१४ बर्षको लाइ के थाहा राजनिती ! त्यतिखेर जसले त्यो आन्दोलनको नेतृत्व गर्यो त्यो मान्छेहरु पटक पटक सांसद मंत्री भएर आज विलासी जीवन बिताई रहेका छन ! हामि कुरै नबुझी 'जिन्दाबाद र मुर्दाबाद' अनि उनीहरुको बहकाउमा लागेर ढुंगामुढा तथा तोडफोड गर्नेहरु आज पेटको आगो र स्वास्नी बालबच्चाको भविष्य लाइ सोचेर बिदेसिन बाध्य भएका छौ ! लौ भन्नुस २०४६ साल देखि आज सम्म २३ बर्षमा के दियो देश र जनताहरुलाई हाम्रो नेताहरुले ? देशमा बिकास र रोजगार भाको भए लाखौ लाख नेपाली किन अर्काको देशमा रोजगारी गर्न जानु बाध्य भए ? २०४५ अन्त्य सम्ममा बिदेशमा काम गर्ने नेपाली लाख हैन हजारमा सिमित थिए भने कसले गर्दा यो भाको त ? अहिले एकान्तमा सोच्छु मैले त्यसो गरेर कसलाई फाइदा भो ? मैले जस्तै लाखौ मित्रहरुले त्यहि सोच्नु भाको होला ! देश र जनताको लागि केहि नसोच्ने तर आफ्नो मात्र स्वार्थ हेर्ने नेताहरुलाइ अब पनि मैले समर्थन र मान सम्मान गर्नु मेरो नैतिकताले दिदैन भने मैले किन र कसरि उनीहरुको समर्थनमा बोल्न र लेख्न सक्छु ? यो नै हजुरहरुको प्रश्नको जवाफ हो मेरो !
Home »
» मैले किन र कसरि नेताहरुको समर्थनमा लेख्ने र बोल्ने ?
मैले किन र कसरि नेताहरुको समर्थनमा लेख्ने र बोल्ने ?
Written By खांट्टी कुरा on Saturday, November 24, 2012 | November 24, 2012
Subscribe to:
Post Comments (Atom)
0 Comments:
Post a Comment