Home » » पुराना यादहरु !

पुराना यादहरु !

Written By खांट्टी कुरा on Saturday, November 24, 2012 | November 24, 2012

म १३ बर्षको हुँदाखेरी हेटौडाको देबी सिनेमा हलमा २०३५ सालमा हो क्यार भारतको प्रख्यात 70MM को पहिलो सिनेमा 'सोले' लागेको थियो ! भर्खर नि.मा.बि. बाट  हेटौडा बजारमा रहेको भुटन देबी हाइ स्कुलमा ८ कक्षामा भर्ना भाको बेला ! मुमाले अंग्रेजी किताब किन्न भनेर रु ५/- दिनु भाको थियो ! किताबको मारो गोलि भन्दै 'सोले' सिनेमाले अत्याधिक चर्चा पाको बेला साथीहरु सित गइयो 'सोले हेर्न ! त्यतिखेर थर्ड  क्लासको टिकट लाइ १ रुपिया पर्थ्यो ! हेरियो सेकेन्ड क्लासमा बसेर ! ब्ल्याकको टिकट ३ रूप्पे  र खाजा खादा समेत गर्दा त्यो ५/- रूप्पे च्याट ! तर बेलुका घरमा आए पछी चैँ नराम्रो दनक भेटियो 'सोले' ले गर्दा ! मैले त्यो सिनेमा जीवनमा ३ चोटि हेरी सके !
..
तलको दृश्य जेलर 'असरानी' ले जेल निरीक्षण गर्दाको बेलाको हो र 'सम्बाद' चैँ यस्तो थियो ! "हम अंग्रेजके जमानेके जेलर हे ... हमारी हुक्म बिना यहा परिन्दा भी पैर नही रख सकता"

चलचित्र : SHOLAY
निर्देशक : रमेश सिप्पी
कलाकारहरु : धर्मेन्द्र, हेमालिनी, अमिताभ बच्चन, जयाभादुरी, संजिव कुमार, अस्रानी तथा गब्बर शिंह अर्थात अमजद खान तथा अन्य !

 
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger