जेष्ठ १४ भन्दा अगी पनि नेपालमा भारतीय हस्तक्षेप थियो तर यसरि खुल्ला रुपमा प्रत्यक्ष देखिएको थिएन ! जेष्ठ १४ पछी बिस्तारै बिस्तारै बढ्न थालेको भारतीय हस्तक्षेप आज आएर खुल्लारुपमा देखिनु यो नेपाली जनताको लागि सुखद चैँ पक्कै पनि होइन ! हाम्रा कांग्रेस तथा एमालेका नेताहरु यतिसम्म डरपोक तथा काथर छन कि भारतको अगाडी चुँ सम्म गर्न सक्दैनन ! यदि इनका हुत्ति तथा शक्ति भै दिएको भए संसद बिघटन भए पश्चात कामचलाउ भै सकेको प्रधानमन्त्रीलाई हटायर बहुमतको सरकार बनाएर देखाउन सक्थे ! देखावटी रुपमा जनताको आँखामा छारो हाल्नलाइ मात्र इनिहरुले बिरोध गरेका हुन ! यदि साँच्चैका देश तथा जनताप्रति उत्तरदायी थिए भने भारती राजदुतले हरेक क्षेत्रमा ठाडो हस्तक्षेप गर्दा 'लाटोले केरा हेरेको जस्तो' गरि किन टुलुटुलु हेरेर बसे ? आज देशको बजेट धरी भारतीय राजदुतले भने पछी मात्र पास हुनु भने यो जस्तो लज्जा अरु के हुन सक्छ ? कतै राजदरबार हत्याकाण्ड पनि इनिहरुले नै मिलेर गरेको त होइन ? यदि होइन भने भारतको अगाडी पाइला पाइलामा किन नतमस्तक हुन्छन ? सिधा र सहि अर्थमा भन्ने हो भने अहिलेका सबै पार्टीका नेताहरु मिलेर देश लाइ अर्ध भुटान बनाइ सकेका छन ! रातारात राजतन्त्र फाल्नु पनि त्यसैको परिणाम हो ! त्यसैले खबरदार नेपाली जनताहरु हालको घटनालाई मध्यनजर गर्दै बेलैमा सचेत हौ ! यदि यस्तै गरि चुप लागेर बस्ने हो भने हातमा तिनकुने झण्डा हैन चारपाटे झण्डा लिएर 'सारे जाहाँसे अच्छा .. हिन्दुस्थान हमारा' भनेर गित गाए हुन्छ हैन गाउन बाध्य पार्नेछन ! सबैलाई बेलैमा चेतना भया !
Home »
» नाङ्गो हस्तक्षेप !
नाङ्गो हस्तक्षेप !
Written By खांट्टी कुरा on Friday, November 23, 2012 | November 23, 2012
Subscribe to:
Post Comments (Atom)
0 Comments:
Post a Comment