Friday, November 23, 2012

बामपन्थी नेता स्व.रुप्चन्द्र बिस्ट रुदानेले अर्थ्याएको परिभाषा !

(क) मालिकको हड्डीमा बाच्नेहरु कुकुर हुन (ख) काम नगरी बसी बसी खानेहरु चैँ भाते हुन ! यो भनाइ मेरो होइन मकवानपुर जिल्लामा 'जनपक्षीय नेता भनेर चिनिएको "थाहा" वादको आबिस्कारक तथा अहिले सत्तासिन भएका डा.बाबुराम भटराईलाइ चिनाएको संयुक्त जनमोर्चा नेपाल नामक बामपन्थी पार्टीका नेता स्व.रुपचन्द्र बिस्टको हो !
माथि उल्लेख भएको (क) अनुसार अहिले बिभिन्न माउ पार्टी छोडेर जातिमार्का खेति गर्न हिडेका ति भूतपूर्व 'जय नेपाल' तथा 'लाल सलाम' नेता हरु पर्दछन ! पार्टी छाडेर सगरमाथाको टुप्पामा पुग्येउ भन्ने भान परेका यी स्व.बिस्टको भाषाको 'कुकुरहरु' साच्चिकै जनजाती प्रति उत्तरदायी तथा बफादारी थिए भने 'समाजवाद' र मार्क्सवाद' एकै भएर  एक पार्टी खोल्न किन सकेनन ? एकहुल कुकुरहरु 'समाजवाद' छाडन नसक्ने भने अर्का हुल कुकुरहरु 'मार्क्सवाद' छोड्न नसक्ने ! जव ति दुवै दर्शन पहिलाकै माउ पार्टीमा थियो भने किन छाडे माउ पार्टी ? त्यसैले ति कुकुरहरुको बथानले मालिकले फालेको हड्डी  चपाएको हो भन्ने प्रमाणीत भयो कि भएन ?
माथि उल्लेख भएको (ख) अनुसार अहिलेका सबै राजनीतिक पार्टीमा लागेका नेता तथा तिनका आसेपासे, हुक्के, बैठके, ढोके तथा चम्चेहरु जति सबै 'भाते' हुन ! किनभने २३ बर्ष सम्ममा जनता तथा तिनकै आफ्ना कार्यकर्ता तथा सोझा जनताहरुलाई सधै भरि छलछाम गरि धोकामा पार्दै जनताको करको पसिना बिभिन्न बाहानामा चुसी बिना परिश्रम खाने भएको ले 'भाते' भयो कि भएन ? त्यसैले यस्ता 'कुकुर' र 'भाते' हरुको जमातहरु लाइ चिनेर यदि बैसाखमा चुनाव भयो भने २३ बर्षको पाइपाई हिसाब गर्नुहोस ! यदि गर्न सक्नु हुन्न भने सधै भरि नेताले यस्तो गरयो उस्तो गरयो भनेर किन भन्ने ?
2012/11/23
www.janakdangol.blogspot.com/

No comments: