Home » » हार्दिक श्रद्धान्जली मराठी मानुषलाइ !

हार्दिक श्रद्धान्जली मराठी मानुषलाइ !

Written By खांट्टी कुरा on Saturday, November 17, 2012 | November 17, 2012



मलेसियाको समय साँझको १९:१५ बजे फेसबुक खोल्नासाथ शिशिर तिवारी भाइको स्टाटस अपडेट भाको रैछ ! पढ्दा सारै नरमाइलो र मनै अमिलो भयो ! शिब सेना प्रमुख बाला साहेब ठाकरे सिकिस्त बिरामी भएर अस्ति अस्पताल भर्ना भाको समाचार आएको थियो ! उनि बिरामी हुँदा उनलाई भेट्न गएका बलिबुड हस्ती महानायक अमिताभ बच्चन र उनका सुपुत्र अभिषेक बच्चन माथी उनका समर्थकले दुर्ब्यबहार गरेको घटनाले मलाइ  नरमाइलो लागेर ब्लगमा लेखेको पनि थिए ! मान्छे जन्मे पछी मर्नु पर्छ यो सांसारिक नियम हो ! कार्टुनिस्ट बाट जीवन सुरु गरेका ठाकरे साहेबले जीवनको उचाई छोला भनेर कसलाई थाहा थियो र ! 'मराठी मानुष' भन्ने थेगो बोक्ने उनले 'शिब सेना' भन्ने संगठन खोलेरे भारतको राजनीतिक इतिहासमा खलबली मच्चाई दिएका थिए ! तर यी भला  मानुषले  जिबनमा कहिले पनि पदको लोभ गरेनन ! चाहेको भए भारतको सबै भन्दा ठुलो व्यापारिक सहर महारास्ट्र अर्थात मुम्बईको मुख्य मंत्री मात्रै हैन देशको प्रधान मन्त्रि बन्न सक्थे ! तर त्यसो गरेनन ! हिन्दु धर्म प्रति अथाह श्रद्धा यो नै उनको जीवनको मूल मन्त्र बनेको थियो ! काल लाइ कसले रोक्न सक्छ र ! मराठी मानुष शिब सेना प्रमुख बाला साहेब ठाकुरको निधनले आज हिन्दुस्थानमा मात्र हैन सारा बिश्व जगतका हिन्दु धर्म प्रेमीहरुले एउटा  नायक गुमाएका छन ! हार्दिक अश्रुपूर्ण नयनको साथ म र मेरा सम्पूर्ण परिवार तथा इस्टमित्र तथा साथि भाइ संगी हरुको तर्फ बाट श्रद्धान्जली व्यक्त गर्दछु ! साथै सोक सन्तप्त परिवारजनमा भगवानले घैर्य धारण गर्ने सक्ति प्रदान गरुन भन्दै समवेदना प्रकट गर्दछु ! स्व.बाला साहेब ठाकरे साहब सदा अमर रहुन ! 'जय भोले नाथ'
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger