Sunday, November 18, 2012

आजको खाट्टी प्रश्न बुद्दिजीवी तथा नागरिक समाजका अगुवाहरुलाई !

हाम्रो देशको सतप्रतिसत बुद्धिजीवीहरु मध्ये ७० प्रतिसत भन्दा पनि माथिले नेपाली कांग्रेस लाइ समर्थन गर्छन ! तर यतिखेर नेपाली कांग्रेसमा "रास्ट्रीयता, प्रजातन्त्र, समाजवाद" भन्ने नारा लेखिएको नेपाली कांग्रेस भन्ने पार्टी बाहेक अरु केहि छैन रैछ ! यो भाको कसले गर्दा खेरि हो ? जब पार्टी मात्र छ तर त्याहा भित्र माथिको तिन वटै नारा अहिले कार्यान्वयनमा छैन भने नेपालका बुद्धिजीवी र नागरिक समाजका अगुवा हौ भन्नेले अझै पनि किन नेपाली कांग्रेसको पछी लागेर समय खेर फाली रहेका छन ? जन आन्दोलन गर्दै पंचायत फालेर २०४६ साल देखि आजको मिति सम्म अर्थात् २३ बर्षमा ल्याएको प्रजातन्त्रले देश र जनतालाई के दियो त ? देशमा अहिले भएको भद्रगोलको स्थिति नेपाली कांग्रेसले गर्दा भएको हो कि हैन ? यदि हो भन्ने कुरा थाहा पाउँदा पाउँदै पनि बुद्दिजिबि तथा नागरिक समाजका अगुवाहरुले अझै पनि नेपाली कांग्रेसको पछी लागेर देशलाई अस्तव्यस्त बनाउनमा सहयोग गर्छन भने त्यस्ता हरुलाई बुद्दिजीवी तथा नागरिक समाजका अगुवा हो भन्न मिल्छ ? यदि मिल्दैन भने जनताहरुले त्यस्ताहरुलाई किन बुद्दिजीवी तथा नागरिक समाजका अगुवा भन्ने  ? यो नै आजको यक्ष प्रश्न हो !  

No comments: