Home » » अध्यक्ष कामरेड प्रचण्डले कुटाइ खानु भो !

अध्यक्ष कामरेड प्रचण्डले कुटाइ खानु भो !

Written By खांट्टी कुरा on Friday, November 16, 2012 | November 16, 2012

सुन्नु भो अध्यक्ष  कामरेड प्रचण्डले आज झापड खाएछननी ! ह्या कसले भन्यो तपाईलाई ? दिउसै तान्नु भो कि क्या हो ? आज बाट तिहार त सकियो क्यार ! कस्तो नपत्याउनु भाको भन्या .. सत्य कुरा हो क्या ! हैन उहाले कसरि कुटाइ खान सक्नु हुन्छ ? उहाँको आदेस बिना मुलुकमा अहिले पत्ता ता हल्लिन सक्दैन भने कसरि कुटाइ खान सक्नु हुन्छ ? मैले अझै पनि बिस्वास गर्न सकिन ! अनि सोधे के भाको हो बेली बिस्तार लगाउनुस न ता मित्र ! मित्रले भन्नु भो अध्यक्ष कामरेड आज चियापान कार्यक्रमको लागि बाग्लुंग जानु भाको रैछ ! उहाकै पार्टीका कार्यकर्ता तथा सहिद परिवारको सदस्य पदम कुँवरले लगाको चस्मा समेत फुट्ने गरि गालामा तोरीको फुल देखाई दिएछन ! बिचरालाई पनि प्रचण्डका हुक्केहरुले रक्ताम्य हुने गरि कुटेछ्न बरा !
सोचे प्रजातन्त्र आउना साथ कांग्रेसका रामचन्द्र पौडेललाई एमालेका  गोल्छे सार्कीले संसद भवनमै मुक्याये ! कमरेड झलनाथ खनाल लाइ पनि उहाँकै कार्यकर्ताले पोहोर गालामा बजाए ! अस्ति भर्खर कांग्रेसकै बुढा सुसिलदा लाइ आफ्नाले नै झ्यालको खापाले हाने ! लागेको भे यतिखेर सन्त नेता संगै बसेर 'पान' चपाउदै हुन्थे ! किन त आफ्नै नेता माथी यस्तो अभद्र ब्यबहार ? जवाफ त समयले नै देखाई राको छ नि २३ बर्षमा ! काम गर्ने कालु अनि मकै खाने भालु भए पछी यो माक्क दे मुक्क दे कुन चैँ नौलो र ठुलो कुरा मात्र भो र ! आज हात मात्र चलाए ! भोलि गोलि चलाउलान ! गोलि हान्न लाइ  सेना पुलिसले तालीम दिनु पर्ने हैन क्यार  ! पैला नै पूर्ण प्रसिक्षण भै सकेका छन ! तर मैले नबुझेको कुरा चैँ के हो भने कम्युनिस्टका ले कुटाइ खाए भने प्रधान मन्त्रि पक्का तर कांग्रेसका ले कुटाइ खादाचैँ केहि पनि नहुने ! यो त कांग्रेसलाई अन्याय भएन र ? 
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger