Tuesday, October 16, 2012
२० सालमा ४१ पटक सरुवा !
ज्वाई साबले के के गर्नु भो कसो कसो गर्नु भो भनेर आँखा लाउने भन्दै विश्वकै सर्व श्रेष्ठ प्रजातन्त्र भन्ने तक्मा बाट पुरस्कार भाको महान देश 'मेरा भारत महान' का सासुमाको आदेशमा एक रास्ट्र सेवक कर्मचारीको सरुवा भएछ ! खाट्टीको कुरा के भने यो सरुवा समेत लाइ जोड्दा निजले सरकारी सेवामा प्रबेस गरे पछी अर्थात २० बर्षे जागिरे जीवनमा ४१ सरुवा ! अर्थात मोटामोटी छ महिनामा निजले गुन्टा बाध्ने गरेका रहेछन ! ति भाग्यमानी कर्मचारी रैछन बरा हरियाणा क्याडर 1991 ब्याचको 47 वर्षीय आईएएस अधिकारी अशोक खेमका ! सरुवा त तिनको पहिला पनी हुन्थ्यो तर यो पालिको सरुवाले चैँ हरियाणा राज्यमा मात्रै नभएर पुरै भारत बर्षमा तहल्का मच्चाएछ ! नियम र कानून अनुसार २ बर्ष नपुगी कर्मचारीको सरुवा गर्न पाइन्न भनेर भारतीय निजामति ऐनले भन्दो रहेछ ! यसपाली कमिस्नर सापको सरुवा किन भो भनेर पत्रकारले सोध्दा "माता सोनियाजी को एक्लो ज्वाई नारानले गरेको काम कार्यमा भाँजो के हाल्याथे तुरुन्त भोलिपल्ट हातमा आइपुगेछ सरुवाको प्रेम पत्र ! त्यो पनी कुर्चिमा बसेको ८० दिनमै ! कमिस्नर साब बहादुर रैछन ! सरुवाको चिठि बुझ्नु भन्दा पहिलानै सोनिया गान्धीको ज्वाई नारान रावर्ट वाड्राको सबै अनैतिक काम कारबाहीको फाइल रद्ध गर्देछन ! वाह वाह माताजी धन्य हो ! ज्वाई नारान भनेको यस्तै हुनु पर्छ ठ्याक्कै हाम्री सुजाता दिदीको जस्तो ! रुबेलले पनी त धेरै पुलिसको हाकिमलाई मुर्गा बनाएर Tap कसेका थिए ! यस्तो खन्चुवा ज्वाई चैँ कसैलाई पनी नपरोस है !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment