Home » » झख मार्दै गु खादैछ्न !

झख मार्दै गु खादैछ्न !

Written By खांट्टी कुरा on Wednesday, October 17, 2012 | October 17, 2012

अकबर बादशाह मुसलमान तर उहाँको मन्त्री बिरबल चैँ हिन्दु रहेछन ! बीरबल बादशाहको सारै प्यारा ! तर अरु मुसलमान काजीहरुलाई चैँ बादशाहले बिरबललाइ मात्र मन पराको मन पर्दो रहेनछ !एक दिन बीरबल बादशाहको दर्शन भेट गर्न गाको बेला बादशाह आफ्नी प्यारी बेगम (महारानी) सित बसेर महको चाका केलाएर खादै रैछन ! अनि दर्शन भेट गरि वरी बीरबल निस्कदा बाटोमा मुसलमान काजी भेट भएछ ! मुसलमान काजीले ले बिरबल मन्त्रि लाइ सोधेछ  बीरबल बादशाह के गर्दै होइबक्सिन्छ ?  बीरबल मन्त्रीले जवाफ दिएछ  बादशाहत  झख मार्दै छन गु खादैछन भनेर जवाफ दिएछन ! के निहु पाउ भाको काजीलाई यो कुरा सुन्ना साथ दौडेर राजदरबारमा गएर बादशाहलाइ अझै कुरा थप थाप पारेर चुक्ली लगाई दिएछ ! बादशाह लाई पनी आफु अपमानित भाको महशुस भएछ र तुरन्त बीरबललाइ डाक्न पठाएछन ! बीरबल दरबारमा हाजिर भएछन ! बादशाह रिसले मुर्मुरिदै भनेछन मेरो अपमान गर्ने हिम्मत कसरि गरयौ ? बिरबलले भनेछन मैले कसरि हजुरको अपमान गर्न सक्छु ! कुरा के हो र हजुर किन रिसाई बक्सेको भनेर सोधेछन ! अनि बादशाहले तिमीले यो काजीलाई मेरो बारेमा के भन्येउ ! बिरबलले भनेछन यी काजीले बीरबल 'बादशाह के गर्दै होइबक्सिन्छ'  भनेर सोध्यो अनि मैले बादशाह त झख मार्दै गु खादै होइबक्सिन्छ  भनेर जवाफ दिए ! अनि मैले गु खाको कहिले देख्यो भनेर कड्के बादशाह ! बीरबलले फेरी नम्र हुदै भने 'जाहंपनाह' अगी हजुर आराम सित झख मार्दै मौरीको चाका खाइ बक्सेको थियो ! त्यो मौरीको चाका भनेको मौरीले फुलको रस चुसे पछी मल त्याग गर्छ र त्यहि मल बाट चाका हुन्छ र त्यो भित्र मह ! चाक बाट निस्केको भएर चाका अनि मौरीले हगेको लाइ गु भनिन्छ ! बीरबलले येती भने पछी बादशाह शान्त भएर उल्टै त्यो चम्चे काजीलाई झपारेछ्न !
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger