Home » » सिन्डिकेटमा देश हाक्नेहरुको नयाँ नेपाल !

सिन्डिकेटमा देश हाक्नेहरुको नयाँ नेपाल !

Written By खांट्टी कुरा on Thursday, October 18, 2012 | October 18, 2012

"आज यौटा अचम्म लागेको कुरो मेरो मनमा साथिहरुको सुझाब चाहन्छु......हिजो अर्थात कार्तिक १ गते १७ अक्टूबर "बिश्व गरीबी निबारण दिबस" तर मेरो यो नजरले यो भित्तोमा कोही कसैले यसको बारे केही कोरेको देखिन....गरीबी निबारणको लागी कहीं कतै कुनै कार्यक्रम भा को जानकारी पढ्न पाईन....के हाम्रो देषाँ गरीबी निमिट्यान्न भाको हो...????"  ... भनेर हेटौडेली भाइ राम कुमार बजगाईले एउटा फोटो पोस्ट गर्नु भएको रहेछ ! भाइले फेसबुकमा राख्नु भएको फोटो फेसबुकको भित्तामा लाखौले हेरे होलान ! त्यहि फोटो देखाएर युरो तथा डलरे बाउसाप तथा मैसापहरुले यसपालीको दसैमा साप्राले दांत कोट्याउदै बियरले मुख कुल्ला गर्लान ! नारा, भाषण, आस्वासन धेरै दिए तर २०४६ देखि आज सम्मको यो २३ बर्षमा कसैले सिन्को भाचेनन ! पंचायती ब्यबस्था निरंकुस भन्थे तर कुन चाहिँ ब्यबस्था निरंकुश रहेछ ? बिजया दशमीको पावन अवसरमा यो तस्बिर सिन्डिकेट मा देश हाक्ने ४ पार्टीका ठालु नेताहरुलाइ स-प्रेम भेट गरेका छौ ! हाम्रा नेता तथा तिनका आसेपासे सबैको दसैँ सुखमय होस भन्ने कामना गर्दछौ !
..
 
तस्बिर मेरो वालमा राखिदिनु भएकोमा भाइ राम कुमार बजगाई लाइ हार्दिक धन्यवाद !
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger