Tuesday, October 09, 2012
प्रोपोगान्डा !
हिजो रोल्पा दरबारमा माओबादीले 'प्रोपोगान्डा' भन्ने बिभाग गठन गरेका थिए ! प्रोपोगान्डा भनेको टोल समाजमा 'भ्रम' फैलाउने ! सान्ति सम्झौतामा आइ सकेपछी काग्रेसको गिरिजाले उनीहरुको मुलमन्त्र 'रास्ट्रीयता, प्रजातन्त्र र समाजवाद' लाइ कौडीको भाउमा लिलाम गरे ! ठ्याक्कै नक्कलेहरुले पनि त्यस्तै गरि त्यो 'प्रोपोगान्डा' लाइ पनि ठेक्का हाल्न लाएछन ! नेपाली बेपारिले डांक बोल्न नपाउने भनेर बिदेसीलाई बोल्न लगाउदा बराबर परेछ ! त्यहि भएर फिफ्टी उत्तर लाइ फिफ्टी दक्षिण लाइ भाग लगाई दिए ! अनि त्यसै प्रोपोगान्डाको सम्झनामा अर्को डमी राखेको को हुनाले एउटा डमी प्रोपोगान्डा उत्तर र अर्को डमी प्रोपोगान्डा दक्षिण भ्रमणमा जानु रुचाउदो रैछ ! चरा उड्ने चौरमा अहिले दुवै जनाले हकदाबी गरेको त्यसैको परिणाम हो रे !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment