Monday, October 08, 2012
जनयुद्ध भाग-२ कहिले देखि सुरु गर्ने त बैद्य बा ?
ठ्याक्कै २०५२ कै झल्को दिने गरि ने.क.पा.-माओबादीले पुरानै गतिबिधि गर्न थाले ! अस्ति सुत्र माथी सुत्रिय थपेर माग बुझाए ! संच्चिक्कै हो कि ख्याल ख्याल हो हिन्दुस्थानी चलचित्र तथा सवारी साधनमा रोक लगाए ! पूर्वको भोजपुरमा जन सरकार गठन गरे ! रोल्पामा पहिला ने.क.पा.माओबादी प्राइभेट लिमिटेड कम्पनि गठन गरेका थिई ! अस्ति गरेको अंशबन्डामा लिमिटेड चैँ प्रचण्ड खेमा लाइ अनि प्राइभेट चैँ बैद्य खेमालाई परेछ ! रोल्पाली रिसाको देखेर होला हिजोबाट सुदुर पुर्बको भोजपुरबाट जन सरकार चलाउन थाले ! तर त्यता यार्शा गुम्बा पाइदैन ! रक्त चन्दन जाने बाटो तातोपानी हो त्यो इलाका अग्नि बाजेको परो ! सरकार चलाउन सुको चाहिन्छ ! अन्तररास्ट्रिय तथा रास्ट्रिय मनिप्लान्ट अस्ति अन्स बन्डा गर्दा उताका लाइ परेको छ ! बिना दामको रौ हल्लिन भन्छन ! हिमाली क्षेत्र रोल्वालिंग देखि गोला तिरका सप्पैले भेडा, चौरी तथा याक चराउन तिब्बती खर्कमा लान्छन ! त्यो बापतमा तिब्बती बन पालेलाई नौनी घ्यु दिने गरेका छन ! एउटा सजिलो उपाय छ बैद्यबा आजै हु जिन्ताओ अथवा बेंग जियाओ कामरेड हरुलाई च्याट अथवा मेल गरेर त्यो नौनी घ्यु को सलामी दस्तुर माफी गराएम भने त्यो नौनी घ्यु लाइ युरोप निकासी गरे पछी युरोको बर्षा ! ज्यान जाला जनताले अब चन्दा दिदैनन ! त्यो माटामा गाडेको खिया लागेको बन्दुक अब पडकिन्न भनेर जनताले बुझी सकेका छन ! जनयुद्द बाट धनयुद्द भाको देखेका हाम्ले ! मुखले जनयुद्द गर्दैनौ भने पनि तयारीमा गइ सक्नु भाको छ ! नानी देखि लागेको बानि हो किन चटक्क छुटाउन सकिन्थ्यो र त्यसैले जनयुद्ध भाग-२ कहिले देखि सुरु गर्ने त बैद्य बा ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment