बिस्व क्रिकेट सुरु भा रैछ तर म त बुझ्दिन यो क्रिकेट ! छक्का... चौका भनेर उफ्रिदा रैछन ! छक्का र चौका त नेपाला पनि सुरु भाको २३ बर्ष भो ! स्व. गिरिजा बाबुले आफ्नै गोतियारलाई ठिक पार्न बहुमतको सरकार गिराए पछी सुरु भा को यो छक्का र चौका कहिले सम्म चल्ने हो ?
..
अहिले डा.बाराभ छक्का, प्रचण्ड चौकामा रैछन ! अरु सबैलाइ पेभिलियेन लौटाई दियारे ! अब छिट्टै नै सम्बिधान सभामा क्रिकेट प्रतियोगिता आयोजना गर्ने भनेका रैछन ! जो जित्छ त्यहि बालवाटार मा बस्नेरे ! बलिंग र ब्याटिंग पनि पालै पालो गर्ने सहमती भै सक्या भएरपो अग्नि माड्सापले जनाउ दिया रैछन ! के गर्नु खै सुसिलदा, वली कमरेडहरले बलिंग ब्याटिंग गर्न सक्दैनन रे ! गच्छेदार बाबुको एम्पायरिमा डा.बाराभ र क.प्रचण्डले पालै पालो बलिंग र ब्याटिंग गर्ने भा रैछन ! अरु भुरे तथा टाकुरे पार्टीले यो म्याच बहिस्कार गरेछन ! अब क.प्रचण्ड र डा.बाराभ मध्य को को ले कती छक्का र चौका ठोक्ने हुन ? हेर्नको लागि समयलाई कुरम !
No comments:
Post a Comment