Saturday, October 06, 2012
मानव अधिकार !
नेपाली सेना होस वा प्रहरी कुनै माथिल्लो अधिकृत
दर्जाका रास्ट्र सेवकहरु बढुवा हुन लाग्दा मानव अधिकारको खेतीवालहरु जनयुद्धको कुरा
उठाउदै तगारो लगाउन आउछन किन ? हिजो जनयुद्धकालमा निर्दोस शिक्षक होस वा पुर्व
सेना, प्रहरी अथवा सुराकी को नाउँमा अन्य जनता तथा कर्मचारीहरु नै किन नहुन कति
विभत्स किसिमले यातनाको साथ् हत्या गरिएका थिए त्यो नेपाली जनताहरुले भुलेका छैनन
! त्यसैको कडीमा देशकै सम्मानित सर्बोच्च अदालतले कसुरवार ठहर्याई सजाय तोकिएका
व्यक्तिहरु मन्त्रि समेत भए ! कोहि पार्टी प्रबक्ता भन्दै मिडिया तथा देस हल्लाएर
बसेका छन ! कानुनको खिल्ली उडाउदै छात्ती देखाएर हिडेका छन ! त्यस तर्फचैँ चुँ नबोल्ने
तर निमकको सोझो गर्ने रास्ट्रसेवक कर्मचारीहरु माथि मात्रै मानव अधिकारको बिल्ला
भिरेकाहरुद्द्वारा पटक पटक किन औला ठड्याईन्छ ? नियम कानुन लाग्ने तथा लगाइने सेना
तथा प्रहरीहरु मात्रै हो ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment